ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता 

२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

‘भ्रष्टाचारविरुद्ध युवाहरूको ऐक्यबद्धता’ भन्ने नाराका साथ आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि मनाईदैछ ।

प्रत्येक वर्षको डिसेम्बर ९ लाई भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा नेपालले पनि मनाउँदै आएको छ । यो वर्षको नाराले जेनजीहरूको भूमिकालाई अझै सशक्त बनाउनुपर्ने आवश्यकतामा जोड दिएको छ । जेनजी भनेका आजका युवाहरू नै हुन ।

तसर्थ यो वर्षको नाराले भ्रष्टाचारविरुद्ध युवाहरू एक हुनुपर्ने जुन उद्घोष गरेको छ, त्यसले अव देशमा युवाहरू नै अघि बढ्नुपर्दछ भन्ने सन्देश दिएको छ । युवाहरूमा देशमा बढिरहेको भ्रष्टाचारप्रति साँच्चै चिन्ता देखिएको छ ।

यो दिवस मनाउँदै गर्दा राष्ट्रिय गौरवको आयोजनाका रूपमा परिचित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । यस अनियमिततामा संलग्न रहेको दाबी गर्दै आयोगले पूर्व मन्त्री, पूर्व सचिव, पूर्व सहसचिवहरू तथा अन्य उच्च अधिकारीसहित ५५ जना र विमानस्थल निर्माणमा संलग्न कम्पनी सिएएमसी इन्जिनियरिङलाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विमानस्थल निर्माणका क्रममा आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपियाँ भ्रष्टाचार भएको देखिएको छ । भ्रष्टाचारविरुद्धको दिवस मनाउँदै गर्दा सार्वजनिक भएको यो खबरले नेपालमा कति भ्रष्टाचार हुँदो रहेछ भन्ने कुरा स्पष्ट गरेको छ ।

नेपालमा हजार, लाख, करोडमा मात्रै होइन अरबमा भ्रष्टाचार हुने गरेको अख्तियारले मुद्दा दायर गरेको यो तथ्यबाट स्पष्ट भएको छ । भ्रष्टाचारविरुद्धको दिवस मनाई रहँदा नेपालीहरूले यस्ता समाचार सुन्न अभ्यस्त हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

अर्कोतर्फ नेपाल दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीको शीर्षस्थानमा यथावतै छ । नेपालले भ्रष्टाचार धेरै हुने सूचिबाट नेपाललाई थोरै हुने देशको सूचीमा झार्न सकेको छैन । यसैबाट नेपालको सार्वजनिक प्रशासन कति पारदर्शी छ भन्ने कुरा स्पष्ट हुन्छ ।

भ्रष्टाचारका काण्डै काण्ड एकपछि अर्को खुल्दै गएको छ । वास्तवमा नेपालका नेता र कर्मचारीहरू कत्तिको बदनाम छन् र उनीहरूले मौका मिलेमा के गर्दैनन् ? भन्ने प्रश्न पनि उठेको छ । नेपालले धेरै पहिलेदेखि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा अघि सार्दै आएको छ ।

नेपालका नेताहरू भ्रष्टाचार नगर्ने कसम खान्छन् तर घरभरि पैसाको गोदाम भेटिन्छ । यो गम्भीर चिन्ताको कुरा हो । वास्तवमा नेपालका ठुला नेताहरू भ्रष्टाचारबाट अलग हुन सकेनन् यो विडम्बनाकै कुरा हो । ट्रान्सपरेन्सी इण्टरनेशनल नेपालको भ्रष्टाचार सूचकाङ्कमा नेपाल अझै पनि ११७ औँ स्थानमा यथावत् छ ।

यसले के देखाउँछ भने नेपालमा भ्रष्टाचार रोकिएको छैन । बरु भ्रष्टाचारमा ठुलो ठुला काण्ड जोडिँदै, मुछिँदै गएका छन् । धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा अगाडि नम्बरमा आउनु देशको सुखद सङ्केत होइन ।

यद्यपि नेपाल दक्षिण एसियामै भ्रष्टाचार नियन्त्रणको संस्थागत प्रयास थालनी गर्ने पहिलो राष्ट्र हो तर विडम्बना नै भन्नुपर्दछ– नेपालले आफ्नो साख जोगाउन सकेको छैन र भ्रष्टाचार हुने देशको सूचीमा नेपालले अग्रता कायम राख्दै आएको छ र विश्वमै नेपालको नाम बदनाम भइरहेको छ ।

दिवस मनाउँदै गर्दा आगामी दिनमा भ्रष्टाचार नियन्त्रण गर्ने हो भने नेपालले अभियानकै रूपमा भ्रष्टाचार नियन्त्रणमा काम गर्नुपर्नेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो भूमिका अझै प्रभावकारी बनाउनु जरुरी छ । अबको दिनमा पोखरा विमानस्थलमा भएको भ्रष्टाचार जस्तै अरू ठुला ठुला भ्रष्टाचारका फाइल खोल्ने काम होस् ।

जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध सरकार आक्रामक रूपमा प्रस्तुत हुने घोषणा गरेकी छन् । तर कार्की नेतृत्वको सरकारको घोषणा केवल औपचारिक नहोस् । भ्रष्टाचार नियन्त्रणमा नेपाल सरकार, यहाँका राजनैतिक दल, नागरिक समाज सबैको गम्भीर ध्यानाकर्षण होस् ।

भ्रष्टाचारविरुद्धको दिवसको नाराले भनेजस्तै अव भ्रष्टाचार नियन्त्रण गर्ने हो भने युवाहरू अघि बढ्नु जरुरी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?