ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने

२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

काठमाडौँ ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार बन्ने भएका छन् ।

२०४८ सालदेखि अहिलेसम्म भएका सबै प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निरन्तर प्रतिस्पर्धा गर्दै जीत हासिल गर्दै आएका देउवाले यस पटक अन्तिम पटकका लागि उम्मेदवार बन्ने तयारी गरेका छन् ।

कांग्रेसले मंसिर १५ गते मातहतका पार्टी कार्यालयलाई परिपत्र जारी गर्दै मंसिर मसान्तभित्र उम्मेदवारका नाम सिफारिस गर्न निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेर पठाइएको परिपत्रमा प्रत्येक निर्वाचन क्षेत्रबाट दुई पुरुष र एक महिला गरी तीन जनाको नाम सिफारिस गर्न भनिएको छ ।

नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदका अनुसार जिल्ला स्तरीय नेता–कार्यकर्ता र स्थानीय नागरिकको इच्छा देउवाले फेरि एक पटक निर्वाचन लडून् भन्ने रहेको छ, र सो जानकारी आफूहरूले सभापति देउवालाई भेटेर गराइसकेका छन् । ‘डडेलधुराका पार्टीका साथीहरू र पब्लिकको आकाङ्क्षा सभापतिज्यू एक पटक निर्वाचन लडिदेओस् भन्ने छ,’ साउदले भने, ‘उहाँ यसबारे सकारात्मक हुनुहुन्छ ।’

उनका अनुसार उम्मेदवार सिफारिसका लागि मंसिर २४ गते जिल्ला कार्यसमिति बैठक बस्नेछ र सो बैठकमा देउवाको नाम सिफारिस गर्ने तयारी भइरहेको छ । यता देउवाले पनि जिल्लावासी र पार्टी नेता–कार्यकर्ताको आग्रहअनुसार अन्तिम पटक निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी रहेको बताएका छन् ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इंजिनियर भुवन भट्ट मंगलबार बिहान देउवालाई भेट्न पुगेका थिए । भेटका क्रममा उम्मेदवारीबारे जिज्ञासा राख्दा देउवाले अन्तिम पटकका लागि निर्वाचन लड्ने मनसाय व्यक्त गरेको भट्टले बताएका छन् ।

देउवा डडेलधुराबाट २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमा भएका प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका छन् । २०४६ सालको जनआन्दोलनपछि अहिलेसम्म भएका सबै निर्वाचनमा लगातार प्रतिस्पर्धा गरी अपराजित रहने उनी एकमात्र नेता हुन् । ७ पटकको विजयी यात्रापछि देउवा अब आठौँ पटक प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

देउवा २०४८ सालमा गृहमन्त्री बनेका थिए र त्यसपछि ५ पटक प्रधानमन्त्री भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?