ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु
प्राधिकरणको निर्देशन तत्कालका लागि स्थगित

भैरहवामा चैतदेखि अनिवार्य उडान

२५ मंसिर २०७९, आइतबार
२५ मंसिर २०७९, आइतबार

बुटवल, २५ मंसिर ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य व्यावसायिक उडानका लागि जारी गरेको निर्देशन तत्कालका लागि स्थगित गरेको छ ।

यसअघि प्राधिकरणले हिउँदे उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्दै आएका हवाई कम्पनीलाई दैनिक एक उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत, काठमाडौँमा हवाई चाप कम गर्न र गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसाय बढाउन गरेको निर्णय हाललाई चार महिनाका लागि पछि सारिएको प्राधिकरणले जनाएको छ ।

गौतम बुद्व विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले यसअघिको प्राधिकरणको निर्णयमा केही परिवर्तन भए पनि हाल उडान गर्दै आएका र उडान तालिका स्वीकृत भएका हवाई कम्पनीको उडान यथावत् रहने बताए ।

उनले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत गर्ने प्राधिकरणको पूर्वतयारीअनुसार हाललाई अनिवार्य भनिएको उडान निर्देशनमा केही परिमार्जन गरिएको हो । चैत १२ देखि सुरु हुने ग्रीष्मकालीन उडान तालिका अनुसार भैरहवामा उडान गर्न प्राधिकरणले थप निर्णय गर्नेछ ।”

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आगामी साताबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्ने तयारी रहे पनि स्पेनिस कम्पनी सान्जोसेले निर्माण सामग्री हटाउन नसक्दा समय सारिएको बताए ।

उनले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजनाले मङ्सिरको अन्त्यबाट धावनमार्ग मर्मतको काम सुरु गर्ने तयारीअनुसार प्राधिकरणले योजना बनाएको थियो तर दुई पटकसम्म टेन्डर गर्दा पनि निर्माण कम्पनीले साइटबाट सामान पन्छाउन नसकेपछि यो काम आगामी मार्चसम्मलाई सारिएको हो ।”

यसअघि आगामी चैत ११ सम्म रहने हिउँदे उडान तालिकाअनुसार भैरहवाबाट दैनिक एक उडान अनिवार्य गरेपछि प्राधिकरणले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सको काठमाडौँबाट हुँदै आएका उडान कटौती गरेको थियो ।

हिमालयले कात्तिक १७ गतेदेखि भैरहवाबाट मलेसियामा चार्टर उडान सुरु गरेको थियो भने निगमले पुस ४ गतेबाट साताका तीन उडान गर्ने तयारी गरेपछि कटौती भएका उक्त उडान फुकुवा भएका थिए । त्यस्तै अङ्ग्रेजी नयाँ वर्षदेखि विदेशी हवाई कम्पनीलाई समेत दैनिक एक उडान भैरहवाबाट गर्न प्राधिकरणले निर्देशन दिएको थियो ।

हवाई कम्पनीले भैरहवामा सहज हवाई रुट, यात्रु अभाव, म्यानपावर सेवा, मेडिकल, नयाँ श्रम स्वीकृति, अभिमुखीकरणलगायत सबै सेवा उपलब्ध नरहेको देखाउँदै अन्तर्राष्ट्रिय उडान भर्न आनाकानी गर्दै आएका छन् । भैरहवामा विमानस्थल सञ्चालनमा आएसँगै कुबेतको जजिरा एयरवेजको १६२ यात्रु क्षमता भएको न्यारोबडी उडाउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?