ट्रेंडिंग:

>> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास >> पाकिस्तानमा सुन्नी र सियाबिचको झडप, १३० बढीको मृत्यु >> सुनको मूल्य १ हजारले बृद्दी >> रास्वपा सभापति लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी >> होटल पौवा र एति एअरबीच सम्झौता >> १५औँ कपिलवस्तु महोत्सवको तयारी पुरा >> किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा बिस्तार >> बन्द बाकसमा नेपालीको शव कहिलेसम्म ? >> रवि लामिछानेलाई पठाइयो पोखरा >> दीगोपन हुने परियोजनामा काम गरौं — नगरप्रमुख पाण्डेय >> प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने >> जनतालाई गुमराहमा नराखियोस् >> जहाँ भयो ‘निजी क्याम्पस मर्ज’ >> सिमेन्ट उद्योग नै वन अतिक्रमणमाः सरकार नै नदेखे झैं गर्छ >> घरघरमा खानेपानी पुगेपछि स्थानीय खुसी >> ‘राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’ >> गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा मगर विजयी >> कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी >> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा

वहुउद्येश्यीय हल निमार्णमा बिबाद

२० असार २०७५, बुधबार
२० असार २०७५, बुधबार

बुटवल तिलोत्तमा नगरपालिका वडा नं ६ मा निर्माण थालिएको वहुउदेश्यीय हलको काम राजनीतिक विवादका कारण रोकिएको छ । नगरपालिकाको बोर्ड बैठकले निमार्णका लागि दुई पटकसम्म निणर्य गरीसकेपछि स्थानिय राजनीतिक दलका नेताहरुले वडा कार्यालयलाई पार्किङ्ग अभाव हुने भन्दै काम रोकेको हो । वडा नं. ६ को वार्ड कार्यालयको उत्तरतर्फ दुर्गा मन्दिर र हुलाक घरले चर्चेको करीब ५ कठ्ठा क्षेत्रफलमा अत्याधुनिक बहुउद्येश्यीय हल निमार्णको लागि योजना बनाएर कागजी काम पुरा भैसकेको अवस्थामा राजनीतिक दबाबमा काम रोकिएको निमार्ण समितिका संयोजक तथा क्लबका सल्लाहकार गणेश पाठकले आरोप लगाए । दुर्गा मन्दिर र ईलाका हुलाकलाई वैकल्पिक व्यवस्थापन गर्ने निर्णय सहित नगरपालिकाका वडाअध्यक्षहरुको दोस्रो बैठकले निर्णय गरेको भएपनि अहिले काम रोकेको उनी बताउछन । ‘भवनको नक्शा पास र कागजी सबै प्रक्रिया समेत पुरा भएको छ ।’– उनले भने । अहिले आएर सुन्दर बस्तीमा निर्माण गर्न मौखिक सल्लाह दिएपनि त्यसलाई नमान्ने क्लबका पदाधिकारी बताउछन ।
नगरपालिकाको २२ औ बैठकको पत्रमा क्लबको सहलगानीमा निमार्ण गर्ने गरि आफुहरुलाई जिम्मा दिएको क्लबका अध्यक्ष दुर्गा भट्टराईले बताए । पार्किङ्ग व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा आफुहरुले समाधानका उपायसमेत छलफलमा पेश गरेको उनले दाबी गरे । नक्शा नाप्ने र प्रस्तावित स्थलमा तारबार गर्ने काम भएपछि अनावश्यक विवाद ल्याउने काम भएको उनले बताए । ‘हामीले बहुउद्येश्यीय हलसहितको कवड हलको योजना वडाबाट सिफारिस गरि नगरपालिकाबाट निणर्य गराएका हौ ।’– उनले भने । यसअघि क्लबको एकल लगानीमा निमार्ण अघि बढाईएको भएपनि नगरपालिकामा वडाअध्यक्षहरुको बैठकले नगरपालिका र क्लबको सहलगानीमा निमार्ण अघि बढाउने भनिएको थियो ।
वडाका स्थानिय समाजसेवी र राजनीतिक दलको रोहबरमा नै सो भवन निमार्णका लागि वडाकार्यालयबाट सिफारिस गरिएको वडाअध्यक्ष सुखदेव न्यौपानेले बताए । वडामा बहुउद्येश्यीय भवन र कवड हलको खाचो रहेको अवस्थामा स्थानिय युवाहरुबाट निमार्णको जिम्मेवारीसहित योजना आएपछि वडाले सिफारिस गरेको उनले बताए ।
यता कार्यपालिकाको मंगलबार दिउसो बसेको बैठकले पुर्बवत अवस्थामा नै सो जग्गा संरक्षण गर्ने निर्णय गरेको छ । विवाद बढ्दै गएपछि नगरपालिकाले यो निणर्य गरेको हो । सामाजिक गतिविधिमा उपयोगी हुने हल र विहान साझका लागि खेलकुद गतिविधि गर्ने गरि ५५ लाख लागतको बहुउद्येश्यीय भवन नगरपालिकासंग सहकार्यमा हुने गरि अघि बढाईएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?