ट्रेंडिंग:

>> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

प्रदेश ५ को प्रोफाइल बनाइँदै

२४ भाद्र २०७५, आईतवार
२४ भाद्र २०७५, आईतवार

समग्र प्रदेशको तथ्यांक सहितको जानकारी मुलक दस्तावेज प्रदेश प्रोफाईल निर्माणका लागि प्रदेश नम्बर पाँचको सरकार जुटेको प्रादेशिक योजना आयोग जुटेको छ । प्रदेश सरकारले बनाउने निति, कार्यक्रम र योजनाका लागि सबैभन्दा महत्वपूर्ण पक्ष तथ्याङ्क हुने भएकाले प्रदेश भित्रका १२ वटै जिल्लाका महत्वपूर्ण क्षेत्र र बिषयहरूको तथ्यांक समेटेर प्रदेश प्रोफाइल बनाउन थालिएको जनाइएको छ । प्रोफाइलमा प्रदेशका १२ जिल्ला, ५२ निर्वाचन क्षेत्र र १ सय ९ स्थानिय तहका जनसंख्या, क्षेत्रफल, शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधार, उद्योग, व्यापार, उत्पादन, पर्यटकिय क्षेत्र, कृषि, बैंक तथा वित्तिय संस्था, सहकारी, बन, आवास लगायतका क्षेत्रबारे तथ्यपरक जानकारी प्रोफाइलमा समेटिने प्रादेशिक आयोगले जनाएको छ । आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठका अनुसार संघियता कार्यान्वयनसँगै मुलुक प्रादेशिक संरचनामा गएकोमा प्रदेशको आफ्नै तथ्याङ्क आवश्यक भएकाले प्रोफाइल बनाउन थालिएको हो ।
प्रोफाइल बनाउन असारदेखि शुरु गरिएको र हालसम्म ९० प्रतिशत काम पुरा भएको उपाध्यक्ष श्रेष्ठको भनाई रहेको छ । श्रेष्ठका अनुसार यसरी बनाइएको प्रोफाइल विश्लेषणात्मक नभई पुरै जानकारी र तथ्यांक प्रदान हुने छ । प्रोफाइल तयार भएपछि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माण र बजेट विनियोजन तथा तिनको कार्यान्वयन समेत प्रभावकारी हुने छ ।
प्रदेश ५ मा रहेका कुल १२ जिल्ला मध्ये ६ जिल्ला तराईमा र ६ जिल्ला पहाडमा रहेका छन् । १२ जिल्लाको २०६८ को जनगणना अनुसार ४४ लाख ९९ हजार जनसंख्या रहेको छ । राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्र बाहेक प्रदेशको क्षेत्रफल १७ हजार ८ सय १० वर्ग किलोमिटर रहेको छ । मानव विकास प्रतिवेदन २०१४ अनुसार प्रदेशका जनताको प्रतिव्यक्ति आय ९ सय ५० अमेरिकी डलर रहेको छ जुन राष्ट्रिय औसत आय ११ सय ६० अमेरिकी डलर भन्दा कम हो । यो प्रदेशमा करिब एक चौथाई जनता निरपेक्ष गरिबीको रेखामुनी रहेका छन् ।

प्रदेश सरकार कानुन निर्माण ब्यस्त
बुटवल, २३ भदौ– प्रदेश नम्बर पाँचको सरकारले हालसम्म कुल २१ वटा महत्वपुर्ण कानुनहरू निर्माण गरेको छ भने ७ वटा कानुन अहिले निर्माणाधिन अवस्थामा छन । अझै १ सय भन्दा बढि नीति, नियम, कार्यबिधि, नियमावली र कानुन बनाउन बाँकी रहेको प्रदेश सरकारले जनाएको छ । निर्माण भैसकेका कुल २१ कानुन मध्ये १५ वटा बिधेयक बनेर प्रदेश सभाबाट पारित भै कार्यान्वयन समेत भैसकेका छन ।
कानुन निर्माण, बजेट कार्यान्वयन र कार्यालय ब्यबस्थापनलाई चालु आर्थिक बर्षका लागि प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रादेशिक कानुन मस्यौदा तथा सुझाव आयोगको समन्वय र सहकार्यमा ति कानुन निर्माणका कार्यहरू भैरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा. मानबहादुर बिकले बताए ।
प्रदेश सभा, प्रदेश सरकार र स्थानीय तहसँग सम्बन्धित अत्यन्त आवश्यक निति, नियम, कार्यबिधि, नियमावली लगायतका कानुनहरू निर्माण भै कार्यान्वयनमा आईसकेको र अन्य महत्वपुर्ण कानुनहरू तिब्रताका साथ निर्माण भैरहेको सचिव बिकले बताए । प्रसारण ऐन, संघसंस्था ऐन, मानपदवी ऐन लगाएतका महत्वपुर्ण कानुनहरू निर्माण भैरहेको उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?