ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

‘मुलुकी संहिताले निर्माण व्यवसायी त्रसित’

२४ भाद्र २०७५, आईतवार
२४ भाद्र २०७५, आईतवार

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष बिष्णु भाई श्रेष्ठले निर्माण कार्य गुणस्तरीय नभए फौजदारी प्रकृतीको मुद्दा चल्ने बिषयले निर्माण व्यवसायी त्रसित भएको बताएका छन । कपिलवस्तु निर्माण व्यवसायी संघको तौलिहवामा आयोजित आठौं साधारण सभा तथा पाँचौ जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै उनले सो बिचार व्यक्त गरे ।
सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले निर्माण व्यवसायीलाई फौजदारी अभियोगको कारवाहीका नाममा तर्साएर देशको बिकासमा सहयोग नपुग्ने बताए । उनले निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरे वा करार अनुसारको गुणस्तर कायम नभए करार ऐन अनुसार कारवाही गर्नु पर्ने उनको भनाई थियो । “जंग बहादुर शैलीमा निर्माण व्यवसायीलाई तर्साएर देश बिकास हँुदैन । हाम्रो कार्यमा समस्या आए करार ऐन अनुसार कारवाही हुनु पर्छ,” अध्यक्ष श्रेष्ठले भने । पुर्ववर्ती सरकारले ल्याएको मुलुकी संहिताबाट त्रसित नहुन प्रदेशसभा सदस्य धर्मबहादुरलाल श्रीवास्तबले आग्रह गरे । “मुलुकी संहिता र करका बारे अनाहक हल्ला चलाईएको छ । केहि कमी कमजोडी भए सुधारै गर्न नसकिने पनि होईन ।” श्रीवास्तबले भने ।
सो अवसरमा प्रदेशसभा सदस्य अर्जुन केसीले निर्माण व्यवसायी महासंघ साना व्यवसायीका पक्षमा नरहेको आरोप लगाए । ठुला निर्माण व्यवसायीले अरबौको ठेक्कामा बदमासी गर्दा समयमै काम सम्पन्न गर्ने साना व्यवसायी बदनाम हुने गरेको उनको आरोप थियो । “१० महिनामा काम सक्ने भन्दै १० अर्बको काम लिएर अलपत्र पार्नेलाई नभई ५ लाख देखी करोडका काम लिएर समयमै सम्पन्न गर्ने व्यवसायीलाई बदनाम गर्ने कार्य उपयुक्त होईन,” केसीले भने । ठुला ठेक्का मिलाउन केन्द्रबाटै चलखेल हुने गरेको र महासंघले साना व्यवसायिका समस्या नबुझनु दुर्भाग्यपुर्ण रहेको उनको तर्क थियो । महासंघले साना व्यवसायीलाई संरक्षण नगरे व्यवसायी धरासायी हुने उनले बताए । महासंघका बरिष्ठ उपाध्यक्ष लक्ष्मण रानाले प्रतिशत नदिई कुनै निर्माण व्यवसायीले कार्य सम्पादन गर्दा समेत भुक्तानी नपाउने अवस्थामा सबैको तारोमा निर्माण व्यवसायी मात्रै पर्नु दुःखद भएको बताए । महासंघका नीतिगत उप–महासचिव तथा प्रवक्ता बिष्णु बुढाथोकीले मुलुकी संघियताका कारण निर्माण व्यवसायी समस्यामा परेको बताए । सरकारले खरिद ऐन अनुसार करार गर्ने भएकाले सोही ऐन अनुसार नै नियमन गर्नुपर्ने तथा स्थानिय तहमा उपभोक्ता समिती मार्फत बिकास कार्य अगाडी बढाउदा कामको गुणस्तर खस्किएको उनको भनाई थियो । “उपभोक्ता समितीको न त कार्य सम्पादन गर्ने क्षमता छ । नत उपकरण नै छन । यस बारे समयमै समाधान नखोजिए निर्माण कार्यको गुणस्तर खस्किदै जाने अवस्था छ ।” बुढाथोकीले भने । साना निर्माण व्यवसायीको अधिकार संरक्षणका लागी महासंघले पहल गर्नु पर्ने कपिलवस्तु निर्माण व्यवसायी महासंघका अध्यक्ष चन्द्रशेखर श्रेष्ठले बताए ।
साधारणसभामा संघका महासचिव गुन्जन कुमार गुप्ताले हाल सम्मका प्रगती प्रतिबेदन सगै भावी निती तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसै गरि कोषाध्यक्ष अखिलेश कुमार गुप्ताले गत आवको १३ लाख ५९ हजार ६ सय २५ रूपैया बराबरको आय व्यय बिवरण पेश गरेका थिए । कार्यक्रममा निर्माण व्यवसायी रही स्थानिय तहमा निर्वाचित नगर प्रमुख नेत्रराज अधिकारी, किरण सिंह र सञ्चारकर्मी मनोज पौडेललाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?