© २०२३
रूपन्देहीमा एक १० बर्षिय बालीका जबरजस्ती करणी उद्योगमा परेकी छन् । नवलपरासी रामग्राम १८ घर भई अध्यनका लागी तिलोत्तमा बडा नम्बर ६ मा डेरा गरी बस्ने जनक बस्यालले आफ्नै मामाकी छोरी माथि करणीको प्रयास गरेका हुन् ।
बिहीबार घरमा कोही नभएको मौकाछोपी बालीकामाथि जबरजस्ती गरेको आफन्तले प्रहरीलाई बताएका छन् । आमा दाजुभाइहरू नजिकै मामा घर गएका बेला दाजुको नातामा रहेका आफनै फुपुका छोेराले घरमा कोही नभएको मौकाछौपी जबरजस्ती गर्न खोज्दै गर्दा बालीका भागेर बच्न सफल भएकी हुन छोरी मामा घर रुँदै गएपछी घटना बाहीर आएको हो । बालीका रुदै दाजुले कोठामा लगेर केही हुँदैन भन्दै ढोकाको चुकुल लगाउँदै गर्दा बालीका भागेर मामा घर पुगेको पिडीत बालीकाकी आमाले बताइन् ।
घटना बारे जानकारी पाएपछी आफैमा पिडा दिएको भन्दै आमाले भनीन घरमा हामी कोही थिएनौ भान्जाले यस्तो गर्लान् भन्ने सोचपनी भएन घरमा आउने जाने भएकाले एकाएक यो घटनाले त्रसित बनाएको बताईन् । घटना थाहा भएपछी प्रहरीलाई खबर गरी दोसीलाई नियत्रणमा लिएको र बच्चाको मेडिकल समेत गरीएको बताईन ।
यता इलाका प्रहरी कार्यालय बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले नाताले फुपुको छोरा दाजु पर्ने जनक बस्याललाई नियन्त्रणमा लिएको बताए । दुबैको मेडीकल भएको छ । सोधपुक्ष भएको छ । बस्यालले बच्चीलाई फकाएर जबरजस्ती गर्न खोजेपनी भागेर करणी हुनबाट बच्न सफल भएको प्रमुख मल्लले बताए ।