ट्रेंडिंग:

>> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन

सुरुभयो विपद्को त्रासदी

१९ असार २०७५, मंगलवार
१९ असार २०७५, मंगलवार

बुटवल यस बर्षको मनुसुन सुरु भएको छ । आईतबार रात देखि निरन्तर रुपमा देशभर पानी अविरल बर्षा भैरहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखा काठमाण्डौका अनुसार प्रदेश नम्बर ५ को आइतवार रातिदेखि सोमवार साझ सम्म भैरहवामा २२६ दशमलव ९ मिलिलिटर वर्षा भएको मौसमबीद समिर श्रेष्ठले जानकारी दिए । भैरहवा पछी नेपालगञ्जमा वर्षा भएको छ । नेपालगञ्जमा २०६ दशमलव ६ मिलिलिटर वर्षा भएको छ । यो वर्षा यस वर्षकै सबैभन्दा बढी हो । यस्तै कपिलवस्तुमा १ सय ७८ दशमवल २ मिलिलिटर वर्षा भएको छ । पहाडी पाल्पा, गुल्मि अर्धाखाची जिल्लामा पनि सोमवार बढी नै वर्षा भएको छ ।
गौतम बुद्ध विमानस्थाल मौसम शाखाका अनुसार मौसम प्रतिकुल भएको कारण सोमबार विहान देखि साँझ सम्म विमान स्थलमा कुनै पनि विमान अवतरण भएन्न् । प्रदेश नम्बर ५ कै दाङ्ग जिल्लामा सोमबार साँझ सम्म १ सय ६ मिलिमिटर पानी परेको छ ।
यस्तै जल तथा मौसम पुर्वानुमान महाशाखाका मौसम विद् बरुण पौडेलका अनुसार नेपागञ्जमा नेपालगञ्जमा २०६ दशमलव ६ मिलिलिटर वर्षा भएको छ । मौसम विद् बरुण पौडेल भन्छन्–‘मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले देशका अधिकांश स्थानहरूमा तीन दिन हल्का देखि मध्यम, केही स्थानमा भारी र एक दुई स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको छ । ’ मनसुन सक्रय संगैपरेको अविरल बर्षको कारण ठाउँ ठाउमा सडक अवरुद्ध भएको छ भने तराईका विभिन्न स्थानहरु जलमग्न भएका छन् ।
प्रदेश नम्बर ५ का बुटवल देखि पाल्पा सडक सोमबार राती देखि अवरोध भएकोमा सिद्धबाबा सडक खण्डमा पानी परेर पहिरो खसेको कारण केही समय दिउसो सञ्चालनमा आएको थियो । यद्यपी पहिरो खस्ने र पुनः बाटो अवरोध हुने क्रम सोमबार साँझ सम्म पनि जारी रहेको छ ।
सोमवार बिहानैदेखि जहाज अवतरणका लागि आवश्यक भिजिबिलिटी नभएर उडान हुन नसकेकोमा साझ पख वर्षा कम भएपछी भिजिबिलिटी बढेको बिमानस्थलका बरिष्ट अधिकृत प्रदीप अर्यालले जानकारी दिए । उडानका लागि आवश्यक भिजिविलिटी भएपछी बुद्ध र यति एयर लायन्सका एक एक वटा उडान साझ भएका छन । यसअघिको ८ वटा उडान भने रद्द भएका थिए ।
प्रदेश सकारको तयारी ?
प्रदेशकाविभिन्न स्थानमा बाढि, पहिरोको कारण जलमग्न भैरहेको बेला प्रदेश सरकारले यसको तयारी थालेको छ । प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार मन्त्री तथा प्रवक्ता बैजनाथ चौधारीका अनुसार ६ करोड रुपैयाँको प्रदेश स्तरिय विपत कोष निर्माण गरिएको छ । स्थानिय तहमा प्रत्येक स्थानिय तहले कोष निर्माण गरेको परिपेक्ष्यमा प्रदेश सरकारले छुट्टै विपत व्यवस्थापन कोष बनाएको हो । प्रवक्त चौधरी भन्छन्–‘स्थानिय तहमा आ आफ्नो पालिकाहरुले पनि विपत पुर्व तयारी तथा उद्धार, राहत कोष बनाउनुभएको छ, हामी प्रदेश सरकारले पनि यसको तयारी गरेका छौं । ’
प्रदेश सकारले आर्थिक बर्ष २०७५÷०७६ को बजेटमा नै व्यवस्था गरी बाढी, पहिरो, डुवान, खडेरी, आगलागी, हावाहुरी, डढेलो, शीतलहर, भुकम्प, महामारी आदि जस्ता विभिन्न प्रकारका प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकहरुलाई तत्काल राहत दिन ‘प्रादेशिक विपद् व्यवस्थापन कोष’ स्थापना गरेको थियो ।
जसको कार्याविधि बनाएर प्रभाविकारी रुपमा सञ्चालन गरीने छ । बजेटमा बढी जोखिमयुक्त नदीहरुमा पूर्व सूचना प्राप्त गर्न आधुनिक पूर्व सूचना प्रणाली जडान गर्नको लागि पनि प्रदेश सरकारले १ करोड ५० लाख रकम विनियोजन गरेको थियो । यस्तै विपद व्यवस्थापन सामाग्री खरीद र भण्डारणको लागि १ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
यता, बुटवल उपमानगरपालिकाले गत बर्षदेखि नै सुरु गरेको ‘प्रकोप व्यवस्थापन कोष’ स्थापना गरी सञ्चालन गर्दै आएको छ । उक्त कोषमा विभिन्न संघ संस्थाहरु लगायत बुटवल उपमहानगरपालिको गरि ४५ लाख रुपैयाँ बजेट जम्मा भएको छ ।
गत बैशाख २७ गते प्रदेश ५ मा विपत्ती व्यवस्थापनको उपयोगी हुने सामग्री भण्डारण केन्द्र र प्रकोप पूर्व तयारीका लागि बुटवलमा प्रदेशस्तरीय सहायता कक्ष समेत स्थापना हुने गरी विपत् व्यवस्थापनका लागि बुटवल उपमहानगर र यूएनएफपिएबीच भएको सम्झौता अनुरुप सामानहरु ल्याउर भण्डारण गरिएको छ । असार महिना सुरु भएपछि बाढि, पहिरो तथा अन्य कुनै पनि समयमा विपत्ती आउन सक्ने संभावना हुन्छ । सोहीलाई मन्ध्य नजर गर्दै दातृ निकायको सहयोगमा आएका विभिन्न विपत्ती व्यवस्थापनको उपयोगी हुने सामग्री उपमहानगरपालिकामा आएका हुन । उप–मेयर गुमादेवी आचार्यको संयोजकत्वमा गठन भएको प्रकोप पूर्व तयारी समितिको समेत गठन गरेर कार्य अगाडी बढाएको छ । बुटवल–उपमहानगरपालिकाका बरिष्ठ अधिकृत विजयदेव भुर्तेल र ईन्जीनियर रुकमांगत बस्याल सदस्यमा रहेका छन् ।
विपत व्यवस्थापन समितिका सदस्य तथा बुटवल उपमहानगरपालिका का बरिष्ठ अधिकृत विजयदेव भुर्तेलका अनुसार उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएकाबीच सम्झौता पश्चात के कसरी विपत व्यवस्थापन गर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीको समेत संलग्नतामा विभिन्न चरणमा बैठक समेत सम्पन्न भएका छन् ।
उनी भन्छन्–‘महिला र बालबालिकाहरुलाई तत्काल आपुर्ती गर्नुपर्ने गरी दातृ निकायको सहयोगमा सामग्रीहरु आएका छन्, हामी संग पनि छुट्टै कोष भएको कारण विपत्तीको बेला आत्तीनु पर्ने अवस्था छैन । ’आवश्यक परेको बेला जुन सुकै चरणमा पनि बैठक बसेर यस विषयमा निर्णय गर्न सकिने अधिकृत भुर्तेलको भनाई रहेको छ ।
विपत्ती व्यवस्थापन मुल समितिका संयोजक समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवाराज सुवेदीले पनि पुर्वतायरीका विभिन्न चरणमा बैठक, छलफल गरेको कारण सामान गर्न सक्ने क्षमता आफुहरु संग रहेको बताउँछन् ।
दाङ्ग जिल्लामा प्रदेश कार्यालय रहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए) ले प्रदेश स्तरका महिला तथा वालबालिकारुलाई लक्षित गरेर विपत व्यवस्थापनको लागि भण्डारण केन्द्र बुटवलमा बनाएको छ ।
जसमा आपत्तीको बेला चाहिने त्रिपाल, खाना पकाउने भाडाकुडा, मेट बेड, सुरक्षाका विभिन्न सामग्रीहरु सहितको कन्टेनर नै बुटवल उपमहानगरपालिका ल्याएको हो । जसको विस्तृत जानकारी केही दिन पश्चात दिने गरी कार्यक्रम तय गरिएको छ । प्रदेश ५ का महिला तथा बालिबालिका लक्षित भनिएपन ति सामग्रीहरु उपोग अन्य विपत्तीमा परेका व्याक्तिहरुले प्रयो गर्न सक्नेछन् । बुटवलमा यूएनएफपिएले विपत् व्यवस्थापनका लागि आवश्यक उद्दार सामग्रीसहितका दुई ठूला कन्टेनरहरू राखेको छ ।

दाङको घोराही–लमही सडकखण्ड अन्तर्गत बबई नदीमा सोमबार आएको बाढीले रो किएका सवारी साधन । तस्वीर: बालाराम खड्का /रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?