ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

बलात्कार विरुद्ध हस्ताक्षर अभियान

२२ भाद्र २०७५, शुक्रबार
२२ भाद्र २०७५, शुक्रबार

सञ्चारिका समुह लुम्बिनीको आयोजनामा बिहीवार बुटवलको पुष्पलाल पार्कमा बलात्कार विरुद्ध हस्ताक्षर संकलन अभियान सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष अमृता अनमोलले पछिल्लो केहि समय यता धेरै महिला तथा बालिका माथि भईरहेको बलात्कारका घटनाहरूले समाजमा डरको अवस्था सृजना गरेको र छोरीहरू जुनसुकै स्थानका पनि असुरक्षित रहेको बताईन ।
उनले बलात्कार गर्ने जोसुकैलाई पनि आजीवन काराबासको सजाय हुनु पर्ने माग गर्दे सबै महिला दिदीको यो अभियानमा पुरुषको सहयोग जरुरी रहेको बताईन । बिहीबार संकलन गरिएको हस्ताक्षरहरूलाई आईतबार मुख्यमन्त्री शंकर पोखरेललाई बुझाईने बताईन ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले बलात्कारका घटनाहरूले समाज तताई रहेका बेलामा गरिएको हस्ताक्षर अभियानले सरकारलाई दबाव दिने भएकाले सबै क्षेत्रबाट बलात्कार विरुद्धमा आवाज उठाउनु पर्नेमा जोड दिए ।
उनले केही समय यता घटिरहेका यस्ता घटनाहरूका पीडितहरूले समयमै न्याय पाउनु पर्ने भन्दै त्यसका लागि पनि सबैले पहल गर्नुपर्ने बताए ।
पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष निरु गौतमले बोल्दै बलात्कारीलाई आजीवन काराबासको सजाय सरकारले नतोक्दा सम्म यस्ता घटनामा कमि नआउने बताईन । कार्यक्रममा बुटवल महिला जेसिज, कदम नेपाल, सिद्धार्थ सामुदायिक समाज, अन्तरपाटी महिला सन्जाल लगायतका संघ संस्थाको सहभागिता रहेको थियो । हस्ताक्षर अभियानमा करिव एकहजार जनाले हस्ताक्षर गरेको कार्यक्रम संयोजक मिना ढकालले बताईन । 

बलात्कारीलाई मृत्युदण्डको सजायको माग
कावासोती, २१ भदौ–अन्तरपार्टी महिला सञ्जाल जिल्ला कार्य समितिले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै बलात्कारीलाई कानुन संशोधन गरी मृत्युदण्डको सजाय हुनु पर्ने माग गरेको छ ।
अन्तरपार्टि महिला सञ्जालले एक प्रेस विज्ञप्ती जारी गर्दै देशभर महिला तथा बालबालिका माथि हत्या, हिंसा र बलात्कारका घटना बृद्धि हुँदै गएकोले यस्ता खाले अपराधलाई न्यूनीकरणको लागी विभिन्न कदमहरू चाल्दै आएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । देशमा बढ्दै गइरहेको हत्या हिंसा, बलात्कार तथा यौन दुव्र्यवहार जस्ता जघन्य अपराधका कारण देश अधोगति तर्फ धकेलिएको बताउँदै अध्याक्ष अमृता सिग्देलले सरकारले दोषिलाई कारबाहीको दायरामा ल्याउन नसकेको बताएकी छिन् । पछिल्लो समय समाजमा महिला माथि विभिन्न प्रकारका हिंसा भैरहेकोले सबै पक्ष संवेदनशील भइ यस्ता विकृति हटाउनुपर्ने आवश्यकता रहेको समेत अध्यक्ष सिग्देलले पत्रकार सम्मेलनमा बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?