© २०२३
अपरिचित व्यक्तिस“ग मध्यरातमा श्रीमानले भेट्टाएपछि प्रेमीस“ग मिलेर श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । बोरामा बा“धेर खोल्सामा फालेको अवस्थामा वेवारिसे सव फेला पारेको थियो ।
प्रहरीले अनुसन्धानको क्रममा कपिलवस्तु वाणगंगा नगरपालिका–७ धैरेनीडा“डाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको हुनसक्ने आंशकामा उनकी श्रीमती राधालाई बोलायो । मंगलबार राती सन्धिखर्क अस्पताल आएर राधाले आफ्नो श्रीमानको सव हुन नसक्ने दाबी गरेर फर्किइन । प्रहरीले थप अनुसन्धानका लागि राधालाई बोलाएर सोधखोज गरेपछि पतिको हत्या स्वीकारिन् ।
डिभर्नाको बस्याल टोलको खोल्सामा बोरामा बा“धेको अवस्थामा शव घा“स काट्ने महिलाले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक खिमबहादुर घर्ती मगरका अनुसार साउदी अरबमा रहेका प्रेमी रुकुम घर बताउने रमेश विक भदौ १० गते नै नेपाल आएर राधास“ग सम्पर्कमा थिए । धनबहादुर कामको शिलसिलामा बाग्लुङ जान राधालाई भनेर घरबाट हिँडे । तीन दिन बसेर उनी घरमा आइपुग्दा राधा, उनकी आमा ६१ वर्षीय बसुन्धरा बस्याल र रमेश माइती घर डिभर्नामा आइपुगेका थिए । श्रीमानले फोन गरेर घर आउन राधालाई बोलाउ“दा समेत भनाभन भएपछि धनबहादुर ससुराली घर डिभर्ना १३ गते आइपुगे ।
श्रीमती रातीमा अपरिचित व्यक्तिस“ग भेटिएपछि श्रीमान–श्रीमतीबीच झगडा भयो । मध्यरातीमा तीन जनाबीच कुटाकुट भएर धनबहादुरको मृत्यु भयो । राधाले रिसको झोकमा कुटपिट गरेको स्वीकारेकी छिन, उनले भने । राधा, बसुन्धरा र रमेशले धनबहादुरलाई कुटपिट गरेपछि घटनास्थलमै मृत्यु भएको राधाले स्वीकारेकी छिन् ।
घटनाको थप अनुसन्धान भैरहेको उनले बताए । रमेशका पनि घरमा श्रीमती र छोराछोरी छन् । उनी साउदी अरबमा रहेका बेला दुई वर्ष देखि फेसबुकमा चिनजान भएर एकअर्काबीच प्रेम सम्बन्ध बसेर निरन्तर सम्पर्कमा थिए । साउदीबाट नेपाल फर्किएका रमेश सुटकेश थन्काएर घरमा नगई राधास“ग भेट भएको उनले बताए । राधास“ग रमेशको बुधवारसम्म फोन सम्पर्क भएको थियो ।
à