ट्रेंडिंग:

>> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन
फोटो कथा

उम्मेदवार घरदैलोमा, मतदातालाई खेतीपातीको चिन्ता (फोटो फिचरसहित)

२९ कार्तिक २०७९, मंगलवार
२९ कार्तिक २०७९, मंगलवार

बुटवल, २९ कात्तिक ।

धानको भारी बोकेर खलोमा ल्याउँदै गरेका धकधई, अडरिया टोलका रामअचल यादवलाई चुनावको भन्दा खेतीपातीकै चिन्ता छ । मंगलबार परिवारसहित खलोमा धान बोकिरहेका उनी यो वर्ष उब्जनी कम भएको गुनासो गरे । चार सय मिटर दूरीमा धानको भारी बिसाएर सुस्ताएका उनी सिचाईको राम्रो ब्यवस्था नहुँदा सधै आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको बताए । ‘हामी आकासे पानीमा खेती गर्न बाध्य किसानहरु सधै जोखिममा छौ’–उनले भने ।

उनी एक विगाहामा खेति गर्छन । यो वर्ष एक कठ्ठामा ५० किलो भन्दा बढी उब्जनी नहुने उनको आंकलन छ । ‘पहिले पहिले एक कठ्ठामा डेढ क्विन्टलससम्म उत्पादन हुन्थ्यो’–उनले भने । समयमा बीउ, मलखाद र पानीकै कारण उत्पादन ह्रास भएको उनको दाबी छ । खेतमा गहुँ लगाउने तयारीमा रहेका उनी अब मलखाद कहाँबाट ल्याउने समस्यामा छन् । पहिले २ हजार रुपैयाँ प्रतिबोरा भारतबाट पाईने खाद अहिले भने चोरीनिकासा गरेको पनि ३ हजार ५ सय रुपैयाँमा पाउन कठिन भएको उनले बताए । कृषि पेशा अपनाउन धेरै समस्या भएको उनको दुखेसो छ ।

‘कृषि मल विउ सबैभन्दा ठूलो समस्या छ । ‘एक विगाहामा २ बोरा डीएपी, ३ बोरा युरिया र १ बोरा पोटास हाल्नुपर्छ’–उनले भने । वर्षमा धान र गहँु गरी दुई खेति गर्ने उनी जस्ता किसानलाई धेरै समस्या छ । खेतमा काम गरिरहँदा धेरै नेताहरु चुनाव प्रचारमा गाउँ छिरेको उनले देखे । उनीहरु चुनावको बेलामात्र गाउँ पस्ने गरेको उनको दुःखेसो छ । ‘पाँच वर्षसम्म कता हराए कुन्नी ?’–उनले प्रतिप्रश्न गरे । पटकपटक मन्त्री बन्ने तर जनताको समस्याबारे भने नेताहरु अनभिज्ञ हुने गरेको उनको गुनासो छ । ‘हामी जनता दुखःी छौ ।’–उनले भने ।

अडरिया टोलको चोकमा सानो टंकी पसलमा ५५ वर्षीय सलिम उननिशा ग्राहकको पर्खाईमा छिन् । झुपडी घर अगाडि टंकी राखेर चहलपहल हुने चोकको सदुपयोग गरेकी उनी किराना सामानहरु बेचिरहेकी छिन् । खेतिपातीबाट जीवन चल्न नसकेपछि टंकी पसल थापेको उनले बताईन् । पाच वर्षसम्म कुनै नेता नआएको गाउँमा दैनिक हुल बाँधेर नेताहरु आएको उनी बताउँछिन् । ‘चुनावको प्रचारमा दैनिक नेताहरु गाडी चढेर आएका छन्’–उनले भनिन् । टंकी पसलबाट उनी चिहाएर बसेकी छिन । डिजे साउण्ड बजाएर नेताहरु गाउँ छिरे पनि माहौल भने नबनेको उनी बताउँछिन् । ‘नेताहरुलाई कुर्सी चाहिएर भोट माग्न आएका छन’–उनले भनिन ।

खेति किसानी गर्ने धकधई वडा नं. ३ की ४२ वर्षीय रामकली कहाँरको एउटा खुट्टा नचल्ने समस्या छ । लौरोको सहारामा हिडडुल गर्ने उनी काम गर्न सक्दिनन् । ब्लड प्रेसरकै कारण प्यारालाईसिस भएको उनले दुःखेसो गरिन् । ‘गाउँमा राम्रो अस्पताल छैन’–उनले भनिन् । बिरामीहरु सही उपचार पाउन नसक्ने अवस्थामा रहेको उनले बताईन् । नेताहरु चुनावको बेलामात्र गाउ पस्ने गरेको भन्दै उनले हाम्रो समस्या कहिलै पनि बुझने र समाधान गर्नेतर्फ ध्यान नदिएको दुःखेसो गरिन् ।

ससुराबाले भएको सम्पत्तिकै १२ कठ्ठा जग्गा समेत मन्दिरलाई दान गरेपछि बचेको ८ कठ्ठा जग्गामा उनको श्रीमान महेश कोहाँर खेती गर्छन् । खेतीबाट वर्षदिन खान नपुग्दा कोहार ज्यालादारी काम गरेर जिविका चलाउँछन् । परिवारमा १ छोरा र २ छोरीहरु ९ कक्षासम्म पढेर छोडेको उनले बताईन् । गाउँ डुलेर हिड्छन तर घरमा नसघाउने उनले दुःखेसो गरिन । ‘खेतमा धान झुलिरहेका फसल समेत काट्न समस्या छ’–उनले भनिन् ।

गाउँका चल्ताफुर्ता युवा १८ वर्षीय गौतम यादव राजनीतिक दलप्रति सकारात्मक छैनन । नेताहरु चुनाव जितेपछि एकपटक फर्केर नआएको उनी दुःखेसो गर्छन् । निःशुल्क शिक्षा भने पनि गरिब विपन्न परिवारका बच्चाहरु पढ्न सक्ने अवस्थामा नरहेको उनी बताउँछन् । आफ्नो ४ महिना खेति गर्ने धेरै युवाहरु रोजगारका लागि नजिकका शहर र विदेशमा जाने गरेको उनी बताउँछन् । परिवारको सदस्य आर्थिक रुपमा सबल भएमात्र छोराछोरी स्कुल जान्छ भन्ने नेताहरुले बुझन जरुरी रहेको उनको सुझाव छ । गाउँमा बुढाबुढीहरु भने वृद्ध भत्ताको ब्यवस्था गरेको भन्दै एमाले उम्मेदवारप्रति सकारात्मक रहेको उनी बताउँछन् । पढेर नोकरी मिल्दैन त्यसैले किन पढ्ने भन्ने गाउँमा धेरैको सोच परिवर्तन गर्न जरुरी रहेको उनले बताए ।

पोखरीभिण्डीका ६९ वर्षीय ओसिउल्ला खान पटकपटक निर्वाचनमा भाग लिएका छन् । मधेशको जनताको एकमात्र माग भौतिक विकास भएको बताउँछन् उनी । नेताहरुले गठबन्धन गरेर जनतालाई ठग्ने काम गरेको उनको दुःखेसो छ । विकासको नाममा दलका नेताहरु मिलेर बजेट खाने काम गरेको उनी बताउँछन् ।

भारतीय सिमा भगवानपुरदेखि धकधईसम्म पाँच किलोमिटर दूरी पक्की हुन नसकेको उनको दुःखेसो छ । यो सडक खैरेनी हुँदै पाल्पा जोड्ने लक्ष्य हरेक पार्टीको प्रचारमा भेटिन्छ । मुस्लिम र यादव जातिको बाहुल्यता रहेको सो क्षेत्रमा निर्णायक भोट मानिन्छ । रोहिणी, ओमसतिया, देवदहका क्षेत्रका ७५ प्रतिशत जनसंख्या खेतिपातीमा निर्भर छन् । उनीहरुको एकमात्र माग कृषि उपजका लागि बिउबिजन, मलखादको सहजता, सिचाईको ब्यवस्था, सडकमार्गको पहुँच, शिक्षा, स्वस्थ्य नै मुख्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?