© २०२३
लमही, ०४ मंसिर ।
दाङमा पछिल्लो समय चाक्लाबन्दी केराखेती सुरु भएको छ । देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यवसायिक केराखेती गर्ने ब्यक्ति तथा सहकारी बढ्दै गएका छन ।
कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लमहीले लमही ६ ढिकपुरमा चाक्लाबन्दी केरा खेती सुरु गरेको छ । राप्ती नदि नजिकै रहेको बन्जर जमिनलाई पटान गरि २५ बिघाह क्षेत्रफल बाजो जमिनमा २० हजार परम्परागत मालबोक केराको बिरुवा रोपेको सहकारीका ब्यबस्थाप तथ सचिब बिश्व राज अधिकारीले बताए । सो सहकारीले दाङमा खाली जमिन भाडामा ३ लिएर पहिलो पटक चाक्लाबन्दी खेती सुरु गरेको हो ।ब्यक्तिको नाममा श्रेष्ता कायम रहेको तर उपयोगमा नआएको खेर गएको ५३ बिगाह जग्गा प्रती कठ्ठा भाडा तिरेर चक्लाबन्दी खेती सुरु गरेको सहकारीकी अध्यक्ष लक्ष्मी शर्माले बताइन् । उनका अनुसार २५ बिघाहमा खेर, २२ बिघाह्मा मकै, ३ बिघाहमा बदाम र ३ बिगाहामा सखरखन्ड खेती लगाइएको छ । मकै, बदाम र शखरखन्डको उत्पादन उत्साहजनक रहेको बताउँदै केरा भने पसाउने अबस्थामा रहेको शर्माले बताइन् । हालसम्म कुनै पनि रोगहरूको समस्या देखानपरेको बताउँदै पहिलो लडको उत्पादनसँगै क्षेत्र बिस्तार गर्ने योजना रहेको ब्यबस्थापक अधिकारीले बताए । लमही नगरपालिका सहाकारीसँगै ब्यक्तिगत रूपमा पनि केरा खेती गर्ने किसान बढ्दै गएका छन ।लमही जस्तै राप्तीमा पनि व्यवसायिक केरा खेती गर्नेको संख्या बढेको छ ।
राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरी विगत चार वर्षदेखि केराखेती गर्दै आएका छन् । तीन बिघा जग्गा भाडामा लिएर व्यवसायिक केराखेतीमा लागेका उनले वार्षिक १३–१४ लाख बराबरको केरा बिक्री गर्दै आएको बताउँछन् ।
केराखेतीबाट राम्रो आम्दानी लिँदै आएको किसान चौधरी बताउँछन् । ‘अन्य कृषि व्यवसायको तुलनामा केराखेतीले राम्रै आम्दानी दिने गरेको छ । खासै मेहनत पनि गर्न पर्दैन ।’ रोपेपछि समय–समयमा गोडमेलसँगै पानी र मलको व्यवस्था गर्नुपर्ने भएपनि अन्य बालीजस्तो मेहनत गर्न नपर्ने उनी सुनाउँछन् ।
अन्य कृषिबालीजस्तो जोखिम नहुने र परिवारसँग घरमा बसेर राम्रो आम्दानी गर्न सकिने भएकाले केराखेतीबाट सन्तुष्ट रहेको र आगामी दिनमा खेतीलाई बढाउँदै लैजाने तयारीमा रहेको उनी बताउँछन् । किसान चौधरीले भने ‘उत्पादन भएको केरा बिक्रीमा समस्या छैन, अहिलेसम्म उत्पादन भएको केरा व्यवसायीले बारीबाटै लग्ने गरेका छन् ।’ भारतबाट आउने केराले स्थानीय व्यवसायीलाई असर गर्ने गरे पनि जिल्लामा थोरै उत्पादन हुने गरेकाले अझै त्यो खालको समस्या बेहोर्नु नपरेको उनी बताउँछन् । उनीजस्तै सोही ठाउँका रणप्रसाद सुवेदीले पनि छ बिघा जमिनमा व्यावसायिक केराखेती गर्दै आएका छन् ।
अन्य कृषि बालीको तुलनामा कम मेहनतमै राम्रो आम्दानी लिन सकिने भएकाले विगत तीन वर्षदेखि व्यावसायिक केराखेतीमा जोडिएका हुन् । केराखेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नदेखिएकाले धानखेती हुने जमिन मासेर केराखेतीमा लागेको बताए ।
थोरै लगानीमा एक्लै गर्न सकिने र रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले केराखेतीमा लागेको बताउँछन् । उत्पादन भएको केरा अहिले बिक्रीको समस्या नभएको भन्दै सुवेदीले भने, ‘केराको बिक्रीमा पनि समस्या छैन । उत्पादन भएको केरा राम्रै मूल्यमा बिक्री हुने गर्छ ।’कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा छ सय झण्डै १ सय हेक्टर जमिनमा व्यवसायिक केराखेती हुने गरेको छ । त्यसमध्ये पाँच सय ३० हेक्टरमा रोपेको केराले वार्षिक चार हजार पाँच सय ३५ मेट्रिक टन उत्पादन दिने गरेको छ । यो उत्पादनले अन्य समयमा बजारको करिब ६० प्रतिशत माग धान्ने गरे पनि चाडपर्वमा बाहिरी जिल्लाकै भर पर्नुपर्ने अवस्था रहेको कृषि अर्थविज्ञ लामिछाने बताउँछन् । जिल्लामा देउखुरीको लमही, राप्ती, गढवाका किसान व्यवसायिक तरकारी खेतीसँगै केरा खेतीमा आकर्षण भएका छन ।