ट्रेंडिंग:

>> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु >> तोलामा ९ सयले बढ्यो सुनको मुल्य >> दुर्गा प्रसाईलाई आज अदालतमा पेश गरिदै >> माटोमा हराउँदै उर्वरा शक्ति >> स्वर्गद्वारी मन्दिरको पुनः निर्माण गरिँदै >> एनसेलद्वारा नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजनका लागि समझदारी >> प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

हिउँदेबालीलाई प्रदेश सरकारसँग मल माग्दै किसान

४ मंसिर २०८१, मंगलवार
४ मंसिर २०८१, मंगलवार

नवलपरासी , ०४ मंसिर ।
लुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश साँसद) बैजनाथ कलवारले जिल्ला स्थित कृषि कम्पनीको गोदाममा मल हँुदा हुँदै विक्रि वितरण नगरिएको भन्दै मुख्यमन्त्री र कृषि मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । मल हुँदा पनि कम्पनीले सो मल किन वितरण नगरेको र जिल्लाको मलको कोटा घटाइएको प्रति मुख्यमन्त्री चेतनारायण अचार्य र कृषि मन्त्री दिनेश पन्थीलाई सो ज्ञापनपत्र बुझाएका हुन् ।

मुख्यमन्त्रीको निवासमै पुगेर प्रदेश साँसद कलवारले किसानको समस्या प्रति गम्भिर हुन आग्रह गरेका थिए । कम्पनीको गोदामा तीन हजार बेरा मल स्टक छ, उनले मुख्यमन्त्री अचार्यको ध्यानाकर्षण गराउदै भने, गोदाममा मल राखिएको छ, किसानहरू हिउँदेबालीमा मल राख्न भौतारिदै छन् । मुलुकमा सरकार भएको के काम ? यसबारे गम्भिर भएर सोच्नु पर्ने आवश्यकता उनले औल्याएका थिए । किसानले खेतमा बिउँ छरिसके पछि मलको के काम हुन्छ ? पर्याप्त मात्रामा त मल सरकारले पुर्याउन सकेको छैन्, त्यसमा पनि भएको मललाई पनि अरू जिल्लाको कोटाको मल भन्दै किसानलाई वितरण गरिएको छैन्, यो दुःखद भएको कुरा प्रदेश सांसदले दर्साएका थिए । मुख्यमन्त्रीले ज्ञापनपत्र बुझ्दै तत्कालै कम्पनीका जिम्मेवार अधिकृतलाई फोनबाट निर्देशन दिएका थिए । यो मेरो मौखिक निर्देशन हो, यो मुख्यमन्त्रीको निर्देशन हो, भएको मल तपाईहरू छिटो वितरण गर्नुस । किसानको समस्या प्रति गम्भिर हुनुस् भनि निर्देशन फोन मार्फत गरेको प्रदेश साँसद कलवारले सुनाएका थिए ।

नवलपरासी जिल्ला उखु, केरा र अन्नबालीका लागि पहिचान बनाएको जिल्ला हो,तर सरकारी स्तरबाट अहिले मल आपुर्तिको मात्र ७ प्रतिसत कोटा राखिएको छ । यसबारे पनि आफुले कृषि मन्त्री पंथीलाई कोटा वृद्धिका लागि ज्ञापनपत्र बुझाइएको जानकारी गराएका थिए । मुख्यमन्त्रीसँग जिल्लाकै बन तथा वातावरण मन्त्री समेत रहेका प्रदेश साँसद देवकरण कलवारसँगै आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री धनेन्द्र कार्कीलाई पनि सो समस्याबारे जानकारी गराइएको थियो ।

रूपन्देही जिल्लालाई २३ प्रतिसत र कपिलबस्तुलाई १५ प्रतिशत मल उपलब्ध गराउने तर नवलपरासीलाई ७ प्रतिशतमा सीमित बनाउने कार्य गलत भएको प्रति प्रदेश सांसद कलवारको आक्रोस थियो । बजारमा जैविक मलको नाममा कमसल मल वितरण गरेर पनि किसान ठग्ने कार्य हुदै आएको ज्ञापनपत्र बुझाउन प्रदेश राजधानी पुगेको साँसदसँगै पुगेका नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले मलको आपुर्तिसँग कमसल मलबारे अनुगमन र निरिक्षण तथा परिक्षण गर्न आवश्यक रहेको बताएका थिए । किसानलाई चाहिएको बेला मल ब्यवस्थापन नगर्ने त्यो बेला तस्करहरूले किसानलाई कम गुणस्तरका मल महगो मुल्यमा बिक्री गरेर करोडौं कमाउने र त्यसको केही अंश कर्मचारी तथा नियमन निकायमा पुर्याउने र किसान लुट्ने कार्य समेत भएको उनको मन्त्रीहरूलाई त्यसको नियमनमा पहल गर्न आग्रह गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?