ट्रेंडिंग:

>> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग

महिला हिंसा विरुद्ध तेक्वान्दो तेक्वान्दो सिक्दै छात्राहरू

२२ भाद्र २०७५, शुक्रबार
२२ भाद्र २०७५, शुक्रबार

अक्सफोर्ड मावि कक्षा ८ मा अध्ययरत दिया भुषालको दैनिकी फेरिएको छ । उनी पछिल्लो १५ दिनेदेखि विहान ५ देखि ६ बजे एक घण्टाको समय तेक्वाण्दो सिक्न शुरु गरेकी छिन् ।  बजारमा महिला हिंसाका घटनाहरू बढेसंगै आत्मरक्षाको सिप सिक्न उनी तेक्वाण्दो सिक्न शुरु गरेको बताईन । बौद्धिक क्षमता र शारीरिक विकासका लागि अन्य धेरै खेलहरू भएपनि मार्शल आर्टको विद्याका रूपमा रहेको तेक्वाण्डो आत्मरक्षामा उपयुक्त मानिन्छ । तेक्वाण्दोमा विपक्षी ब्यक्तिले हात र खुट्टाले गरेको प्रहारलाई ब्लक गर्न सिक्ने धेरै विधिहरू सिकाइन्छ ।
छोटो समयमा नै आत्मविश्वास बढेको उनी बताउँछिन् । उनिजस्तै बुटवल पब्लिक स्कुल कक्षा ८ की छात्रा राखी मल्ल पनि बिहान तेक्वाण्दो सिक्न लागेकी छिन । विहान ५ बजेदेखि डेढ घण्टा दैनिक उनी साथीहरूसंग मैदानमा नियमित परिश्रम गर्छिन । ‘विहानै समुहमा फिजिकल गर्छौ ।’–उनले भनिन । खेलाडीहरूलाई किकिङ्ग, पञ्चिङ्ग लगायतका विधीबाट प्रशिक्षकले सिकाउने गर्दछन् ।
अक्सफोर्ड माविमा एक दशकदेखि तेक्वान्दो प्रशिक्षण गराउँदै आएका प्रशिक्षक तथा रूपन्देही तेक्वान्दो स्कुल समितिका अध्यक्ष राजकुमार पाण्डे यो खेल आत्मरक्षामा उपयुक्त खेल भएको बताउँछन । ‘यसमा हिर्काउने, बचाउने धेरै कलाहरू छन् ।’– उनले भने । महिला हिंसाका घटना बढेसंगै अहिले छात्राहरूमा तेक्वाण्दो मोह बढेको उनि बताउछन । ‘संख्यामा वृद्धि भएको छ ।’– उनले भने । यो एक हप्ताका अवधिमा विद्यालयमा पुगेर समितिले सचेतनाका कार्यक्रमहरू चलाएसंगै अझ खेलमा रुचि लिने छात्राहरू बढेको उनले बताए । तेक्वान्दो खेल र छात्राहरूको आत्मरक्षाको विषयमा विद्यालयमा गएर चेतनामुलक कार्यक्रमहरू चलाउदा प्रभावकारी भएको उनले बताए । ‘हामीले अहिले १५ दिने सेल्फ डिफेन्सका प्याकेज तयार गरेर विद्यालय ब्यवस्थापनसंग लगेका छौ ।’– उनले बताए । कक्षाहरूमा विद्यार्थीहरूलाई तेक्वान्दो खेलका विभिन्न कलाहरू प्रदर्शन समेत गरिएको उनले बताए । अर्कोतर्फ नियमित सिक्दै आएका खेलाडीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत सहभागि हुने अवसर पाउँदा खेलाडीहरूमा हौसला बढेको उनले बताए । एउटा खेलाडीले ३ महिना सिक्न थालेसंगै थप सिपहरू सिकाउने गरिएको उनले बताए । जसमा खेलाडीहरूलाई पुम्से (काता) का विभिन्न तहहरू सिकाईन्छ । पछिल्लो समय कक्षा ६, ७, ८ र ९ का छात्राहरूलाई लक्षित गरि प्याकेज तयार गरेको उनले बताए ।
यता जीतगढि तेक्वाण्दो डोजाङ्ग प्रशिक्षक तथा समितिका उपाध्यक्ष रामु बरुण पछिल्लो समय छात्रभन्दा छात्राहरूमा तेक्वान्दोप्रति आर्कषण बढेको बताउँछन । ‘दैनिक सिक्न आउने चाप बढेर दोब्बर भएको छ ।’– उनले बताए । पहिले एक सेसनमा ३० जना थिए भने अहिले बढेर ६० जना पुगेको उनी बताउछन । समितिका सचिव राजीव सिह क्षेत्रीले ७ सयको हाराहारीमा छात्रछात्राहरूले प्रशिक्षण लिदै आएको बताए । जिल्लाका एक दर्जन बढि विद्यालयहरूमा रूपन्देही तेक्वान्दो स्कुल समितिका प्रशिक्षकहरूले छात्रछात्राहरूलाई नियमित प्रशिक्षण गराउदै आएको छ ।

कक्षामा आत्मरक्षा र तेक्वाण्दो खेलबारे अभिमुखिकरण गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?