ट्रेंडिंग:

>> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न
फोटो कथा

रुपन्देही–३ मा बालकृष्ण खाँणको एक दिन(फोटो फिचर)

२९ कार्तिक २०७९, मंगलवार
२९ कार्तिक २०७९, मंगलवार

बुटवल,  कात्तिक  नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण यतिबेला मंसिर ४ को चुनाव प्रचार प्रसारको दौरानमा आफ्नो निर्वाचन क्षेत्र रुपन्देही ३ मा ब्यस्त छन् । उनी रुपन्देही ३ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् । सत्ता गठबन्धनको उम्मेदवार उनी बिहानैदेखि दिनभर चुनावी सभा, कार्यकर्ता भेटघाट, घरदैलो, कोणसभा र अन्य भेटघाटमा दौडधुप गरिरहेका भेटिन्छन् ।
गृह मन्त्रालयको जिम्मेवारी निर्वाह गर्नुपर्ने समेत भएकाले सरकारी कामकाजमा पनि केही समय निकालेर गृहमन्त्रीको भुमिका पनि निभाइरहेका खाँणलाई १० घण्टा पछ्याउंदा यस्तो पाइयो ।

 

उम्मेदवार खाँण सोमबार बिहान ८ बजे सिद्धार्थनगर नगरपालिका वडा नं.७ मा रहेको ओम् आध्यात्मिक प्रतिष्ठानमा आयोजना गरिएको भेटघाट कार्यक्रममा उपस्थित भएर करिब १ घण्टा बिताए । कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले समाजमा शान्ति र अमनचयन कायम राख्न आध्यात्मिक तथा धार्मिक संघसंस्थाहरु भुमिका महत्वपुर्ण हुने बताए । लगत्तै वडा समितिको घरदैलो कार्यक्रममा केहीबेर सहभागी भै मतदाता समक्ष भोट मागेर वडा नं.३ दरखसवातिर हान्निए तिब्र गतिमा ।

 

 

९ बजे दरखसवास्थित संजयलाल गुप्ताको घरमा आयोजना गरिएको सत्ता गठबन्धनको कार्यकर्ता भेटघाटमा प्रदेश सभा सदस्य उम्मेदवार सन्तोषकुमार पाण्डे सहित सहभागि भै करिब १ घण्टा बिताए । कार्यक्रममा सम्बोधन गर्दै खाँणले नागरिकता ऐन किन लयाइएको भन्ने प्रष्ट पारे ।
त्यसपछि करिब १ घण्टाजति पैदल घरदैलो अभियानमा सरिक भएका उम्मेदवार खाँणले मतदाताका ईच्छा, आकांक्षा, भावना र चाहनाबारे बुझ्दै आफुलाई भोट दिएर जिताउन आग्रह गरे । मतदाताहरुले सडक, सिंचाई, खानेपानी लगाएतका समस्याहरु समाधान गरिदिन आग्रह गरे । यसअघि जितेर गएका नेता (घनश्याम भुसाल) हरु फर्केर नआउने गरेकोले आफुहरु पीडित हुने गरेको मतदाताको गुनासो थियो । उनीहरुका माग सम्बोधन गरिदिने आश्वासन बाँडेर ११ बजेतिर खाँण खानाका लागि दलबलका साथ घरतर्फ हुँईकिए ।

 

घरमा पनि भेटघाटका लागि केही शुभेच्छुकहरुको उपस्थिति रहेकाले ११ बजे आयोजना गरिएको कार्यक्रममा झण्डै १ घण्टा ढिलोगरी करिब १२ बजेतिर ओमसतिया गाउँपालिका वडा नम्बर २ पड्सरीमा पुगे । त्यहाँ पार्टी प्रवेश कार्यक्रममा सहभागी भए ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले रुपन्देहीको बिकासका लागि सक्षम नेता चयन गर्न आग्रह गरे ।
पड्सरीमा झण्डै २ घण्टा समय खर्चेका खाँणले त्यसपछि २ बजे फर्साटिकर वडा नम्बर ३ मा आयोजित सभालाई सम्बोधन गर्न त्यसतर्फ प्रस्थान गरे । फर्साटिकरको रामेश्वर खेल मैदानमा आयोजना गरिएको गठबन्धनको कार्यकर्ता भेटघाट कार्यक्रममा आधा घण्टा मात्र ढिला पुगेका गृहमन्त्री खांणले विभिन्न पार्टी छाडेकालाई कांग्रेसमा प्रवेश गराए ।

 

 

त्यहां खाँणले औद्योगिक कोरिडोर निमाण गर्दा कसैलाई घरबारबिहीन बनाउने काम सरकारबाट नहुने बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चापागाईं, शुद्धोधन गाउंपालिका अध्यक्ष बिष्णु बस्याल, काँग्रेसका युवा नेता रमेश खनाललगाएतका नेता कार्यकर्ताले स्थानीयका समस्याहरु राख्दै समाधानका लागि आग्रह गरे ।
फर्साटिकरको कार्यक्रम सक्काएर करिब ४ बजे सेमलार चम्किपुरस्थित भेराइटीचोक पुगेर त्यहाँ आयोजित कार्यक्रममा सहभागी भए । त्यहाँ नेपाली काँग्रेसका नेता हरिध्वज मल्लसहित उपस्थित मतदाताले स्वागत गरे । प्रदेश सभाका उम्मेदवार रामचन्द्र ढकालसहित पुगेका मन्त्री खाँणले सो कार्यक्रमलाई सम्बोधन गर्दै किसानको हकहित संरक्षणमा प्रतिबद्ध रहेको बताए । सो अवसरमा प्रदेश सभा उम्मेदवार रामचन्द्र ढकालले आफ्नो पार्टीलाई बहुमत दिएर जिताउन आग्रह गर्दै पार्टीका बहुमत सदस्यहरुले जितेमा प्रदेश राजधानी पुनः बुटवल फिर्ता ल्याउने दावी समेत गर ।

 

करिब १ घण्टा समय बिताएपछि मन्त्री खाँण फेरि फर्साटिकरतर्फ लागे । त्यहाँ रिद्धीसिद्धी पार्टि प्यालेसमा आयोजित नेपाली काँग्रेस निकट शिक्षकहरुको भेलामा सरिक भई झण्डै १ घण्टा बसेर पुनः भैरहवातर्फ गए । भैरहवा जाने बेला खाँणले भन्दै थिए–भैरहवामा अझै २ वटा भेटघाट कार्यक्रम छ ।

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?