ट्रेंडिंग:

>> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

‘बेचबिखनबाट जोगिन सचेत बनौं’

२१ भाद्र २०७५, बिहीबार
२१ भाद्र २०७५, बिहीबार

मानब बेचबिखनबाट जोगिन स्वयं व्यक्ति सचेत हुनुपर्नेमा एक कार्यक्रममा बोल्ने बक्ताहरूले जोड दिएका छन् । १२ औँ मानव बेचबिखन तथा ओसारपसारबिरुद्धको दिवसमा घोराहीमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूले लोभ रमायाका कारण मानब बेचिने गरेको भन्दै सचेतता अपनाउनु नै बुद्धिमानी हुने बताएका हुन् ।
घोराही उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय रसामुदायिक प्रहरी सेवा केन्द्रको अगुवाईमा दाङको घोराहीमा प्रभातफेरी समेत गरिएको छ । कार्यक्रममा घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले विभिन्न प्रलोभनमा पारेरवेच्ने गरेका उदाहरणहरू देखिएको भन्दै छिट्टै बिश्वास गर्दा हुने घटनालाई रोक्न सचेतना नै मुख्य कुरा भएको बताए । प्रेम गर्ने बाहाना रविदेशमा पैसाको सपना देखाएरमहिलाहरूलाई ओसारपसारगर्ने उदाहरण रहेको भन्दै यसलाई रोक्न स्वयं व्यक्ति रराज्यका निकायलाई चलायमान बनाउनु पर्ने उनको भनाई छ । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुरश्रेष्ठ, घोराही उप महानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रहरी प्रमुख कृष्णहरी शर्मा, सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकारभुपेन्द्र सुबेदीले बेचविखन रोक्नको लागि व्यक्ति चनाखो हुनुपर्नेमा जोड दिए । जोगिनका लागि विभिन्न प्रलोभनमा नपर्ने रराज्यका निकायहरू चनाखो भए मानव बेचबिखनलाई नियन्त्रण गर्न सकिने उनीहरूको भनाई छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसारवितेको आर्थिक बर्षमा ३ जना व्यक्ति माथि बेचविखनको मुद्धा परेको छ ।
उता तुलसीपुरमा मानव बेचबिखन तथा ओसारपसारबिरुद्धको अन्तराष्ट्रीय दिवसको अबसरमा जनचेतना मुलक नारा लेखीएका प्ले कार्ड सहित प्रभातफेरी कार्यक्रम गरिएको छ । प्रभातफेरी पछि आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै तुलसीपुरउप महानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले मानव बेचविखन जघन्य अपराध भएको बताएका छन् । मानव बेचविखन रोक्नका लागि अभिभावकको भुमिका महŒवपूर्ण हुने भन्दै मेयरपाण्डेले परिवारमा असल संस्कारसिकाउनु पर्ने बताए । “पहिला भन्दा अहिले मानव बेचविखनमा कमि आएको छ तरघरपरिवारमा अभिभावकले सचेतना दिने हो भने यसको अन्त्य हुन्छ” मेयरपाण्डेले भने । अहिलेपनि कहि कतै मानव वेचविखनमा परेका कुराहरू सुन्नमा आएको बताउँदै मेयरपाण्डेले सुरक्षाका संयन्त्रहरू चनाखो हुनुपर्नेमा जोड दिएका छन् । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै पाँच नं प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक शेरबहादुरबस्नेतले मानव ओसारपसारको मोडेल परिर्वतन भएको बताएका छन् । “पहिला महिलाहरूलाई कोठिमा लगेरवेचिन्थ्यो भने अहिले बैदेशिक रोजगारका नाममा बेच्ने गरेका छन्” बस्नेतले भने ।
कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरको आयोजना, इलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वय तथा तुलसीपुरउप महानगरपालिकाको आर्थिक सहयोगमा भएको हो । तुलसीपुरको अरनीको मैदानबाट सुरु भएको प्रभातफेरी कार्यक्रम बजारका विभिन्न ठाउँ परिक्रमा गरिविपी चौकमा पुगी कोणसभामा कार्यक्रममा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?