© २०२३
राप्रपा बाट फुटेर गएका तिन पार्टीबीच पार्टी एकताका लागि कार्यदल समेत गठन भैसकेको अवस्थामा राप्रपा अध्यक्ष कमल थापाले एकता महाधिबेशनले तय गरेका एजेण्डाको आधारमा मात्रै पार्टी एकता हुने बताएका छन् ।पार्टीबीच एकता भए नेतृत्व छाड्न तयार रहेको भन्दै पार्टी एकताका लागि आह्वान गरेका अध्यक्ष थापाले हिन्दु राज्य र राजसंस्था सहितको प्रजातन्त्रको एजेण्डा छाडेर पार्टी एकता गर्न नसकिने स्पष्ट पारे ।
सोमबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई संबोधन गर्दै उनले हिन्दु राज्य र राजसंस्था सहितको प्रजातन्त्रको एजेण्डाकै कारण तत्कालीन राप्रपा नेपाललाई जनताले २४ सिटमा बिजयी गराएको स्मरण गराउदै पार्टीको मूल आत्मालाई छाडेर एकता नहुने बताए ।
एउटा चुनावमा पराजय व्यहोर्दैमा निरास हुनुपर्ने अवस्था नरहेको भन्दै अध्यक्ष थापाले राप्रपालाई पुन मुलुककै अग्रणि स्थानमा पु¥याएरै छाड्ने दृढता व्यक्त गरे ।चुनावको पुर्व सन्ध्यामा पार्टी फुट्नु,स्थानीय तहको निर्वाचनमा कांग्रेससँगको तालमेलमा इमान्दारीता नदेखाइनु,आफ्नो एजेण्डा छाडेर राप्रपा सरकारमा सहभागि भयो भनि फैलाइएको भ्रम चिर्न नसक्नु र संगठन कमजोर हुनुका कारण निर्वाचनमा पार्टीले हार व्यहोर्नुपरेको बताउदै उनले केही बर्ष भित्रै पार्टीलाई मुलुकको अग्रणि पार्टीको रुपमा स्थापीत गरेर छाड्ने विश्वास व्यक्त गरे ।
सरकारमा सहभागि हुनु राप्रपाको कमजोरी नभएको भन्दै थापाले तर सरकारमा सहभागि हुनु अघी सोच बिचार गर्नुपर्ने रहेछ भन्ने महसुस भएको बताए ।ओली नेतृत्वको सरकारमा सहभागि हुनु ठिकै रहे पनि त्यस पछिको सरकारमा सहभागि हुनु गल्ती भएको बताउदै थापाले सरकारमा सहभागि नहुदा पार्टी एकता नहुने अवस्था आएपछि नचाहेरै पनि सरकारमा सहभागि हुनुपरेको जानकारी गराए ।
धेरै निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाएकै कारण पार्टीलाई कम मत आएको बताउदै उनले एक्लै चुनावमा गएको भए अहिलेको भन्दा धेरै मत आउने दाबी गरे ।
राप्रपाका स्थानीय नेताहरुले पार्टीको काममा खट्ने नेता कार्यकर्ताहरुको उचित मुल्याङ्कन हुन नसक्दा कार्यकर्तामा निरासा छाएको भन्दै कार्यकर्ताहरुको उचित मुल्याङ्कन गरेर जिम्मेवारी दिन सुझाव दिएका थिए ।कार्यक्रममा केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल इन्चार्ज शक्ति सापकोटा,पुर्व मन्त्री प्रकाश चित्रकार परियार लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी