© २०२३
पाँचौ मणिुकुन्द अन्तरमावि जिल्लास्तरिय छात्रछात्रा भलिबल प्रतियोगिताको उपाधि सिद्धार्थ बोर्डिङ्ग स्कुलले हात पारेको छ । मणिमुकुन्द भलिबल क्लबको आयोजनामा सोमबार सिद्धार्थ बोर्डिङ्ग स्कुलको खेल मैदानमा भएको फाईनल खेलमा छात्रतर्फ एक्सिस माविलाई ३–१ का् सेटमा पराजित गर्दै सिद्धार्थ बोर्डिङ्ग स्कुलले उपाधि हात पारेको हो । यसैगरि छात्रातर्फको खेलमा पनि न्यु होराईजन माविलाई ३–१ का सेटमा पराजित गर्दै सिद्र्धाथले नै उपाधि हात पार्न सफल भयो । छात्र र छात्रातर्फको उपाधि विजेता टिमले नगद १२ हजारसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरि उपविजेतातर्फको टिमले नगद ७ हजारसहित कप, प्रमाणपत्र र मेडलबाट पुरस्कृत भएका छन । छात्रतर्फ न्यु होराईजन मावि र छात्रातर्फ सगरमाथा ईगलिस बोर्डिङ्ग, देवदह तृतिय हुदै नगद ५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।
यसैगरि छात्रतर्फ सिद्धार्थका शंकर बलामी, बेष्ट स्पाईकर एक्सिसका मिलन परियार, बेष्ट डिफेन्डर न्यु होराईजनका दिनेश भण्डारी, बेष्ट सर्भर सिद्धार्थका थमिर चौहान, बेष्ट ब्लकर सिद्धार्थका निर्मल बलामी, बेष्ट प्लेयर सिद्धार्थका रोहन श्रीष, वेष्ट कोच सिद्धार्थका लोकेन्द्र भण्डारी भएका छन ।
प्रतियोगितामा छात्रातर्फ बेष्ट सेटर न्यु होराईजनका अरूणा राना, वेष्ट सर्भर सिद्धार्थ बोर्डिङ्ग सुस्मिता चन्द, बेष्ट डिफेन्स न्यु होराईजनका मनिषा राना, वेष्ट स्पाईक सिद्धार्थकी दिपिका पुन, बेष्ट प्लेयर सिद्धार्थकै दिब्यज्योती चन्द र वेष्ट कोच न्यु होराईजनका नरेन्द्र सारु घोषित भएका छन ।
एक समारोहका बीच तिलोत्तमा नगरपालिका नगरप्रमुख बासुदेव घिमिरेले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै खेलको विकासमा युवाहरूको योगदानको महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा क्लबका अध्यक्ष मिलन रानाले विद्यालयस्तरमा लुकेर रहेका खेलाडीहरूलाई प्लटफर्म दिने गरि कार्यक्रम गरिएको बताए । क्लबका उपाध्यक्ष लोकेन्द्र भण्डारीले जिल्लामा नै निरन्तर आफुहरूले प्रतियोगितामार्फत खेल विकासमा लागेको बताए ।
भदौ १४ गतेबाट शुरु भएको प्रतियोगितामा रूपन्देहीका २७ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गरेको खेल संयोजक सुरेन्द्र गुरुङ्गले बताए ।