© २०२३
सैनामैना नगरपालिकाले ५ बर्षभित्र ५ सय जना युवालाई स्वरोजगारी वनाउने लक्ष्य लिएको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताएका छन् ।
सोमबार कोरिया नेपाल इन्स्टिच्यूट अफ टेक्नोलोजी र सैनामैना नगरपालिकाको प्रायोजनमा सञ्चालन भएका छोटो अवधिको तालिमको समापन कार्यक्रममा बोल्दै नगरको निति अनुसरा ५ बर्षमा ५ सय जनालाई स्वरोजगार वनाउने उद्देश्यका साथ नगरपालिकाले कार्य अगाडी बढाएको बताए । जस अन्तरगत यो पहिलो चरणको तालिम रहेको र केही दिनमै दोस्रो चरण अन्तरगत १८ महिने तालिममा १ सय २० जनालाई सहभागि गराउनको लागि बिद्यार्थीको नाम छनोट गर्ने लगायतका काम सम्पन्न भएको उनको भनाई थियो । सिप सिकेको र सिपयुतm ब्यतिmले जिवनमा कहिलै दुःख नपाउने भन्दै बाध्यतामा परेर धेरै नेपाली बैदेशिक रोजगारीमा जाने तर सिप नभएका कारण धेरै समस्या पर्ने गरेको तितो यर्थाथ हामी माझ रहेको बताउँदै अबको युवाबर्ग सिप सिकेर स्वरोजगार हुन तर्फ लाग्न सकुन् भन्ने उद्देश्यले तालिम संचालन गरिएको नगर प्रमुख कार्कीले बताए । ३ महिने (३९० घण्टा) तालिममा ४ बिधा अन्तरगत बिल्डिङ्ग ईलेक्ट्रिसियन, मोटरसाईकल रिपेरिङ्ग, आर्ट वयल्डर र असिष्टेष्ट ब्युटिसियनमा पहिलो चरणको तालिम सम्पन्न भएको हो ।
नगरको ८० प्रतिशत लगानी र स्वय बिद्यार्थीको २० प्रतिशतको लगानीमा कार्यक्रम सञ्चालन भएको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताए । सुरुवाती चरणको ठूलो मेहेनत पश्चात तालिम संचालन गर्न सकिएको बताउँदै तालिमलाई अवसरको रूपमा लिनु पर्ने बताएका थिए । कोरिया नेपाल इन्स्टिच्यूट अफ टेक्नोलोजीका प्रमुख राम नारायण चौधरी, सैनामैना नगरपालिकाका प्रमुख चित्र ब. कार्कीको उपस्थितीमा सम्पन्न कार्यक्रममा सैनामैना नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारी,शिक्षा शाखा प्रमुख धनिश्वर पन्थि, अजय कुमार सिंह ललित रेग्मी, बिजय भुजेल, दिपक पौडेल,किरण काफ्ले, राधा सिंजालीलगायतले बोलेका थिए । उक्त तालिममा ८० जनाको सहभागिता रहेको थियो ।