ट्रेंडिंग:

>> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान
प्रमुख समाचार

सुकुम्बासी समस्या समाधान गर्ने पार्टी एमाले मात्रै हो : भोजप्रसाद श्रेष्ठ

२३ कार्तिक २०७९, बुधबार
२३ कार्तिक २०७९, बुधबार

सैनामैना, लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा आसन्न मंसिर ४ गतेको चुनावमा रूपन्देही २९२० का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले सुकुम्बासी समस्या समाधान गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् । बिहीबार सैनामैनामा चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठ आफ्नै नेतृत्वमा २०५१ सालमा सुकुम्बासी समस्या समाधानमा उल्लेख्य काम गरेको, त्यसयता गर्न खोज्दा पनि जनविरोधी पक्षको असहयोगका कारण रोकिए पनि अब एमालेको नेतृत्वमा सो सुकुम्बासी समस्या समाधान हुने बताए ।

२०५४ सालमा बुटवल नगरपालिकाको प्रमुख हुँदा योजाबद्ध बिकास गरेका कारण देशमै योजनावबद्ध विकासको नमुना पेश गरेको, विकासका हरेक पक्षमा काम गरेका कारण उत्कृष्ट नगरपालिकामा पुरस्कृत गर्न सफल भएको सोही उत्कृष्टताको बाटो बुटवल, सैनामैना अगाडि बढेको श्रेष्ठले बताए ।

कोभिड महामारीमा लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री हुँदा प्रदेशका सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएको, निस्शुल्क रक्तसञ्चार सेवाको सुरुवात गरेको, लुम्बिनी प्रदेशका प्रादेशिक अस्पताल र जिल्ला अस्पताल लगायत ठूला ३१ अस्पतालको स्तर बृद्धि गर्न अभियान चलाउनुको साथै स्वास्थ क्षेत्रमा बृहत सुधारका काम भएको श्रेष्ठले बताए ।

राष्ट्रियताको पक्षमा, जातीय, धार्मिक, सांस्कृतिक रुपमा समतामूलक समाज निर्माणमा नेकपा एमाले हिजो प्रतिबद्ध थियो, आज पनि छ र भोलि पनि हुने श्रेष्ठले बताए । लोकतन्त्रमा दल बदल हुन्छ, नयाँ पार्टी जन्मिन्छन्, पार्टी छनौटको अधिकार हुन्छ, कसलाई मत दिने जनताको रोजाइ हुन्छ तर राष्ट्रियताको पक्षमा काम गर्ने, जनताको पक्षमा काम गर्ने पार्टी एमाले रहेको हिजोका हाम्रा काम र गठबन्धनको सरकारको अहिलेको कामले पुष्टि गरेको श्रेष्ठले बताएका छन् । श्रेष्ठले अहिलेको गठबन्धनको सरकाले भड्किलो मन्त्रीमण्डल गठन गरेका कारण जनतामा प्रदेश सरकारप्रति बितृष्णा रहेको बताउँदै प्रदेश सरकार चुस्त, जनमुखी, कम खर्चिलो बनाएको हाम्रो इतिहास छ, भविष्यमा पनि एमालेले त्यहीँ गर्ने श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%