© २०२३
राणा प्रधानमन्त्री जुद्ध समशेरले १९९८ मा अवकास सैनिकलाई पेन्सन डेको रूपमा बिदा दिएको दिन भदौ १७ गते रूपन्देहीमा पनि मनाइएको छ । रूपन्देहीमा निवृत्त राष्ट्र सेवक समाज रूपन्देहीको आयोजनामा पेन्सन डे मनाइएको छ । जिल्लामा सेवा निवृत्त प्रहरी, सेना, निजामती कर्मचारी, प्राध्यापक, शिक्षक तथा बैक तथा वित्तीय क्षेत्रमा कार्यरत व्यक्तिहरूले संयुक्त रूपमा पेन्सन डे मनाएका हुन् ।
कार्यक्रममा सेवा निवृत्त राष्ट्रसेवक संघ रूपन्देहीका अध्यक्ष रामचन्द्र पन्थी, पूर्व जिल्ला शिक्षा अधिकारी तथा निवृत्त समाजका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश ५ का संयोजक टेक बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । यस्तै कार्यक्रममा टेकनाथ ज्ञवाली, सैनामैना भुपु सैनिक कार्यकारी अध्यक्ष हरिप्रसाद भट्टराई, तिलकराम पौडेल, चिन्तामणी ज्ञवाली, हेम बहादुर पछाई, एक कुमारी लगायतले कर्मचारीहरूको बीचमा एकता आवश्यक रहेको बताएका थिए । कार्यक्रममा पुर्व जिशिअ थापाले देशमा आएको संघीयताको कारण योजना निर्माणदेखि हेरक क्षेत्रमा विज्ञको आवश्यकता पर्ने भएकोले भूपू कर्मचारीहरूलाई अनुभवको आधारमा स्थानीय सरकारले विज्ञमा नियुक्ति गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा जिल्ला अध्यक्ष रामचन्द्र पन्थीले विविधि विषयमा प्रकाश पारेका थिए ।