© २०२३
बुटवल, १७ असार/ नेपाल एथलेटिक्स संघ जिल्ला कार्य समितिको शनिबार भएको तेस्रो अधिवेसनबाट लालहरि पाण्डेको नेतृत्वमा ११ सदस्यीय नया कार्यसमिति गठन भएको छ । जसको प्रथम उपाध्यक्ष राजकुमार गुरुङ्ग, द्धितिय उपाध्यक्ष तुल बहादुर थापा, सचिव रामू पाण्डे, कोषाध्यक्ष साहबानु पठान, सदस्यहरुमा मोहन घले, दुर्गा बिक, सनम गुरुङ, नैना गुरुङ्ग, अमृत काफले, अर्जुन राज उपाध्याय सर्वसम्मत चयन भएका छन । समितिले मोहन घलेलाई केन्द्रिय प्रतिनिधि चयन समेत गरेको छ ।
कार्यक्रमको संघका केन्द्रिय महासचिव धनबिर चौधरीले उद्घाटन गर्दै बजेट अभावमा नेपाली खेलकुदले गति लिन नसकेको दुखेसो गरे । एथलेटिक्स खेल सबै खेलमा आवश्यक पर्ने भएपनि यो उपेक्षामा परेको उनले दुखेसो गरे । चितवन जिल्ला एथलेटिक्स संघका अध्यक्ष मन बहादुर रजालीले युवाहरुलाई एथलेटिक्समा आर्कषित गरेर लैजान जरुरी रहेको बताए । जिल्लास्तरमा तालिम दिएर खेलाडी उत्पादन गर्न नसक्दा यो ओझेलमा परेको उनले बताए ।
समितिका अध्यक्ष दिनेश आचार्यले खेलका पदाधिकारीहरुलाई आफनो आवश्यकता अनुसार कजाउने परिपार्टी अन्य हुनुपर्ने बताए ।
पूर्व राष्ट्रिय एथलेटिक्सका खेलाडी दुर्गा बिकले आफुहरुलाई सरकारले उपयोग गर्न नसकेको बताए । सरकारले पूर्व खेलाडीहरुलाई उमेर समुहका खेलाडी उत्पादनमा लगाउन सके धेरै फाईदा मिल्ने उनको सुझाव छ । विसं. २०३० देखि २०३८ सम्म आफु क्रियाशिल रहेर खेलको विकासमा लागेपछि त्यसपछि भने सोधखोज नभएको उनले दुखेसो गरे । पूर्व खेलाडीहरुलाई समेट्ने गरि सरकारबाट योजना ल्याए त्यसबाट धेरै नया युवा खेलाडीहरु जन्मिने उनले दाबी गरे ।