© २०२३
दाङमा बुहारीले आफ्नै सासुलाई बोक्सिको आरोपमा हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीले शनिबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर घटनाको बारेमा जानकारी गराएको हो । तुलसीपुर उपमहागनरपालिका वडा नं. ९ बेलुवा निवासी ६९ बर्षकी सासु खोपी रावतलाई हत्या गरेको आरोपमा साईली बुहारी दंगीशरण गाउँपालिका ३ हेकुली निवासी ४० बर्षकी टंकी रावतलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
बुहारीले सासुलाई झारफुक गर्न भन्दै गत भदौ ३ गते सल्यानको कपुरकोट लगेको र पाँच गते त्यहाबाट फर्कने क्रममा कपुरकोट गाउँपालिका वडा नं. २ स्थित शिवमन्दिर सामुदायिक वनको भकम जंगलमा हत्या गरेको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताएका छन् । धामीझाँक्रीलाई हेराउँदा घरमै बोक्सी भएको भने पछि आफूले हत्या गरेको उनले प्रहरीलाई बयान दिएको सापकोटाले बताए ।
बुहारी टंकीलाई प्रहरीले भारतको कृष्णनगरबाट शनिबार बिहान पक्राउ गरेको प्रहरी नायब उपरिक्षक सापकोटाले जानकारी दिए । झारफुक गर्न जाने भन्दै घरबाट निस्केको ९ दिन सम्म घरमा नफर्कीए पछि बुहारीले नै हत्या गरेको भन्दै छोरीले भदौको १२ गते ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन् ।
हत्या आरोपी टंकीकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा आमाले फोन गरेर शुक्रबार दिउँसो बोइको हत्या गरी आफु कृष्णनगर आएको जानकारी गराएपछि प्रहरी आरोपीलाइ पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरिक्षक सापकोटाले बताए । à