ट्रेंडिंग:

>> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान
जहाँ नेता त्यहाँ ज्ञापन पत्रः

मत माग्दा विकासको कसम खुवाउँदै मतदाता

१९ कार्तिक २०७९, शनिबार
१९ कार्तिक २०७९, शनिबार

बुटवल,  कार्तिक । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको दौरानमा नेताहरू घर दैलोमा छन् । निर्वाचन आयोगले औपचारिक प्रचार प्रसारको समय दिएपछि नेताहरू घरदैलो कार्यक्रम सहित जनतासंग मत माग्न व्यस्त छन् ।
५ बर्षसम्म जनताको घरदैलोमा नपुगेका नेताहरू अहिले मत माग्न पुनः जनताको दौलोमा पुगेका छन् । पछिल्लो समयमा जनतामा बिस्तारै सचेतना समेत बढ्दै गएको छ । जनताको दैलामा पुगेका अधिकांस नेताहरूलाई विगतमा गरेका काम र आगामी दिनमा गर्ने कामको विषयमा जनताले प्रश्न समेत उठाउने गरेको पाइएको छ भने अर्कोतर्फ समूहकृत भएर जनताले ज्ञापन पत्र समेत बुझाउँदै आएका छन् ।
जनताले आफूमा परेको पिर मर्का, विकास निर्माणका काम सहित तत्काल नेताले पहल गर्नुपर्ने कुरालाई लिएर ज्ञापन पत्र बुझाउँदै आएका छन् । जनतासँग मत माग्दा नेताहरूले जनताबाट ज्ञापन पत्र पाउने गरेका हुन ।
गत हप्ता भैरहवामा हालका बहालवाला गृहमन्त्री समेत गरेका रूपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधि सभा उमेद्बार बालकृष्ण खाँणलाई स्थानीयले ज्ञापन पत्र बुझाए । गत कार्तिक ३ गते भैरहवा नेता खाँणलाई बैंक व्याज पीडितहरूले ध्यानाकर्षण समेत गराए । बैंकले जथाभावी ब्याज बृद्धि गरिरहेको चौतर्फी गुनासो आएको भन्दै ब्याज बृद्धि तत्काल रोक्नुपर्ने बताएका बताएका थिए ।
मुलुकको आर्थिक विकासको मेरुदण्ड निजी क्षेत्र धरासायी भए यसले नराम्रो असर गरेको भन्दै उनले जनाउँदै खाँणले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थालाई यसतर्फ ध्यान दिन सुझाव समेत दिए ।
उनले भनेका थिए–‘‘मैले अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग पनि कुरा गरिसकेको छु, तत्काल ब्याज बृद्धि रोक्न भनेको छु’,
उद्योगी–व्यवसायीलाई व्यवसाय संचालनको वातावरण बनाउने, शान्ति सुरक्षा दिने, नियमन गर्ने, प्रबद्र्धन गर्ने र निजी क्षेत्रसँगै मिलेर मुलुकको अर्थतन्त्र बलियो गराउने राज्यको दायित्वको भएको बताउँदै गृहमन्त्री खाँणले पछिल्ला घटनाक्रमसँग सरकार जानकार रहेको बताए ।
उनलाई भुपु शैनिक संगठनले समेत ध्यानाकर्षण गरायो । गत कार्तिक १२ गते नेपाल पूर्वप्रहरी संगठन, जिल्ला समिति रूपन्देहीले भैरहवा उनलाइै भुपुको विषयमा विभिन्न समस्या रहेको भन्दै समाधानका लाग माग पत्र पेश गरेको थियो । खाँणले पूर्वप्रहरीहरूलाई अवकास पछि पनि गतिशील बनाउन सकिए राष्ट्र र स्वयं व्यक्तिसमेत लाभान्वित हुने जनाएका थिए ।
गत कात्तिक १७ रूपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरू प्रतिनिधि सभाका उम्मेदवार छविलाल विश्वकर्मा र प्रदेश सभा (२) का उम्मेदवार दधिराम न्यौपाने बिहीबार रोहिणी गाउँपालिकाको वडा नम्बर १ र २ तथा ओमसतियाको वडा नम्बर ४ का मतदाताको ले ज्ञापन पत्र बुझाए ।
घरदैलोमा पुगेका उनीहरूलाई बसन्तपुर–गणेशनगर सडक छिटो पूरा गर्न सके दक्षिणी क्षेत्रका जनतालाई पुर्व पश्चिम राजमार्ग पुग्न सहज र छिटो हुने भन्दै उम्मेदवारको ध्यानाकर्षण गराए । यस्तै मतदाताहरूले सडक, पिउने पानी र सिंचाईको राम्रो व्यवस्था गर्न माग गरे गरेका थिए । यस्तै गत कार्तिक १५ गते नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रूपन्देही क्षेत्र न २ (१) का उम्मेदवार लिला गिरीले तिनाउ दानव कोरिडोरका जनताले ज्ञापन पत्र बुझाए ।
कोरिडोर क्षेत्रभित्र पर्ने स्थानियले आफूहरूलाई विस्तापित गर्न नहुने भन्दैउनलाई ज्ञापन बुझाएका थिए ।
कोरिडोर भित्र पर्ने स्थानियहरूलाई बुटवल भित्रको कुनै स्थानमा स्थापित गर्ने योजनाबाट कोही पनि विस्थापित हुनु नपर्ने उनको आश्वासन थियो । यी केही उदाहरण मात्रै हुन ।
पछिल्लो समयमा नेताहरू घरदैलोमा चुनावी अभियानमा रहँदा अधिकांस सचेत मतदाताहरूले ‘तपाईंलाई भोट किन ?’ भनेर पश्न गर्ने गरेको पाइएको छ । समाजिक सञ्जालहरूमा समेत यसरी नेताहरूलाई प्रश्न, प्रति पश्न र चुनावी बाँचाहरूबारेमा सोध्ने, सम्झाउने र ध्यानाकर्षण गराउने गरेको पाइएको हो ।
केन्द्रीय राजनीतिमा प्रभाव राख्ने ‘हेभीवेट’का नेताहरू एमाले उपाध्यक्ष विष्णु पौडेल रूपन्देही–२, कांग्रेसका नेता बालकृष्ण खाँण रूपन्देही–३, एमाले परित्याग गरेका नेता घनश्याम भुसाल रूपन्देही–१ मा, नेपाली काग्रेसका केन्द्रीय नेता भरत साह रूपन्देही ५ मा उम्मेदवार छन् । यी नेताहरूको अलवा प्रदेश सभामा उमेद्बार बनेका नेताहरूलाई समेत जनताले मत प्रतिको प्रतिवद्धता खोज्ने गरेको हुन ।
एमालेका नेता तथा पूर्वअर्थमन्त्री समेत रहेका विष्णु पौडेलले त उद्योगी व्यवसायीलाई भेला गराएरै यो साता भोट मागे । नेताहरूले यसरी भोट मागिरहँदा यहाँका उद्योगी व्यवसायी भने बैंकको चर्को ब्याज तिर्न नसकेर आन्दोलन गर्न सडकमा छन् । उनीहरूले बैंकको चर्को ब्याजविरुद्ध चरणबद्ध आन्दोलन गरेको भन्दै बैंकको व्याज वृद्धि रोक्न माग समेत गरेका थिए ।
रूपन्देही व्यापार संघले चर्को बैंक ब्याजविरुद्ध एकल एवं संयुक्त आन्दोलनको कार्यक्रम गरिहरेको छ । नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालु पुँजी प्रकृतिका कर्जा सम्बन्धमा कार्तिक १ गतेदेखि लागू हुने गरी जारी गरेको चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ र त्यसबाट उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै त्यसका विरुद्ध संघले आन्दोलनको घोषणा गरेर सडकमा छ । बुटवलमा उद्योग बाणिज्य संघ बुटवलको अगुुवाईमा रूपन्देहीका ५ वटा नगरका उद्योग बाणिज्य संघहरूले पनि अघिल्लो आसोज ३१ गते चर्को ब्याजबिरुद्ध सडकमा धर्ना दिएका थिए । सैनामैना उद्योग बाणिज्य संघ, देवदह उद्योग बाणिज्य संघ, तिलोत्तमा उद्योग बाणिज्य संघ र सिद्धार्थ वाणिज्य संघले संयुक्त रूपमा सडकमा धर्ना दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%