ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

लन टेनिस प्रशिक्षक र विजेता खेलाडीलाई सम्मान

१५ भाद्र २०७५, शुक्रबार
१५ भाद्र २०७५, शुक्रबार

काठमाडौंमा संचालन भएको ११ औं एलए÷जेटए अन्तर मावि जुनियर खुल्ला च्याम्पियन २०१८ मा रुपन्देहीबाट विभिन्न उमेर समुहमा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई नगद सहित सम्मान गरिएको छ ।
बुटवल लन टेनिस क्लबले प्रतियोगितामा सहभागी भएर पदक विजेता खेलाडीहरु तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरेको हो । लन टेनिस खेल र खेलाडीको विकासका लागि स्थापना भएअनुसार छोटो समयमा नै बुटवलका खेलाडीहरुले राष्ट्रिय स्तरमा पदक जित्न सफल भएको हो ।
प्रदेश नं. ५ का प्रदेशका सामाजिक विकासमन्त्री सुर्दशन बरालले प्रशिक्षक विकास खड्कालाई नगद २० हजार तथा स्वर्ण पदक विजेता खेलाडीलाई ५ हजार तथा रजक र कास्य पदक विजेतालाई ३ हजारका दरले सम्मानित गरे । कार्यक्रममा मन्त्री बरालले प्रदेश ५ लाई खेल क्षेत्रबाट पहिचान बनाउने गरि भौतिक पूर्वाधारमा सरकारले जोड दिने बताए ।
लिटल एन्जलस स्कुलको आयोजनामा हात्तीबन ललितपुरको टेनिस कोर्टमा भदौ ६ गते १३ गतेसम्म भएको आठ वर्षमुनिको उमेर समूहमा बुटवल पब्लिक वृजेस अर्यालले स्वर्ण पदक जित्न सफल भएका हुन ।
यसैगरि सोही उमेर समुहमा न्यु होराईनका यमन राना रजत पदक जित्न सफल भएका छन । न्यु होराईजनकै योगेस ज्ञवाली कास्य पदक जित्न सफल भएका छन । यसैगरि १० वर्षमुनिको उमेर समूहमा न्यु होराईजनका रितेस ज्ञवालीले कास्य पदक जित्न सफल भएका छन । दुई वर्षको अवधिमा सिकेका ज्ञानले आफनो क्षमता देखाउन सफल भएको उनले प्रशिक्षक विकास खड्काले बताए ।
नियमित, निरन्तर र लगावका साथ अभ्यास भएकाले बुटवलका खेलाडीहरुले पदक जित्न सफल भएका उनले बताए । अन्तर्राष्ट्रियस्तरको खेल प्रर्दशन गर्न सक्ने क्षमताका खेलाडीहरु तयार भएको उनले बताए । बुटवल पब्लिक, कालिका मावि र न्यु होराईजन माविका २० जना खेलाडीहरुले विभिन्न उमेर समूहको प्रतिस्प्रर्धा गरेका थिए । लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले पछिल्लो दुई वर्षदेखि जिल्लाबाहिरको राष्ट्रिय प्रतियोगितामा खेलाडीहरुले उपलब्धि हासिल गर्दै आएको बताए ।
प्रदेशमा नै पहिलो लन टेनिस कोर्ट बनाएर क्लबले निरन्तर खेल पर्यटन विकासमा योगदान दिएको बताए । क्लबमा हाल २५ जना खेलाडीहरु प्रशिक्षण लिँदै आएका छन । काठमाडांैमा भएको प्रतियोगितामा ८, ९, १०, १२, १४ वर्षमुनिका समुहमा देशभरका २ सय ६८ जना खेलाडीहरुले विभिन्न ईभेन्समा प्रस्प्रर्धा गरेका थिए । काठमाण्डौ, भक्तपुर, ललितपुर, पोखरा, धरान, बिराटनगर, बुटवलका ७५ विद्यालयहरुबाट खेलाडीहरु सहभागि रहेका छन । कार्यक्रममा रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ्ग, औद्योगिक सुरक्षा गुल्मपति शस्त्र प्रहरी नायक उपरिक्षक गम बहादुर कुवँरले खेलाडीहरुलाई सम्मानबाट हौसला दिएको बताए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?