ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना

विद्यालयस्तरीय महिला फुटबल

१४ भाद्र २०७५, बिहीबार
१४ भाद्र २०७५, बिहीबार

बुधवारदेखि गुल्मीमा माध्यमिक विद्यालय स्तरीय खुल्ला महिला फुटवल प्रतियोगिता शुरु भएको छ । सदरमुकाम तम्घास स्थित चिदिचौर खेल मैदानमा संचालन भएको उक्त खुल्ला महिला फुटवल प्रतियोगितामा जिल्ला भित्रका माध्यमिक विद्यालयतर्फका ११ वटा विद्यालयका छात्राहरूको सहभागिता रहेको छ ।
स्थानीय पुल्चोक स्पोर्टस क्लवको आयोजनामा संचालन गरिएको उक्त प्रतियोगिताको वुधवार सम्पन्न खेलको पहिलो चरणमा सिद्धवावा माध्यमिक विद्यालयर ब्रिलीयण्ट माध्यमिक विद्यालय विच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धामा सिद्धवावा माध्यमिक विद्यालयले ब्रिलीयण्ट माध्यमिक विद्यालयलाई सून्यका विरुद्ध तीन गोल गरेको थियो ।
त्यसैगरि दोश्रो चरमा आदर्श विद्याश्रम माध्यमिक विद्यालय र रेसुंगा बहुमुखी क्याम्पसका छात्राहरू वीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा आदर्श विद्याश्रमले रेसुंगा वहुमुखि क्याम्पसलाई एकका विरुद्ध तीन गोल गरेको थियो । बर्षायामको झरिमा पनि छात्राहरू निकै उत्सुकताका साथ खेलमा रमाई रहेका देखिन्थे भने छात्राहरूको फुटवल खेल हेर्नका लागि दर्शकहरू पनि पानी र झरी नभनि छाता ओढेर खेल हेर्दैै खेलाडीहरूलाई हौसला प्रदान गरिरहेका थिए ।
शनिवार सम्पन्न हुने उक्त प्रतियोगिता अन्तर्गत बिहीवार बुद्ध माविर अर्जुन वोर्डिङ्ग हाईस्कुल, उपल्लो तम्घास र गण्डकी वोर्डिङ्ग र रिडर्स पब्लीक हाईस्कुल खानीगाउँ र रेसुंगा मावि उदीनढुंगा वीच प्रतिस्पर्धा हुने छ । बुधवार सम्पन्न खेलमा सिद्धवावा माविकी अस्मिता सुनार र गण्डकी माविकी मनिषा सेन उत्कृष्ट खेलाडी घोषित भएको क्ल्वका अध्यक्ष नविन श्रेष्ठले बताए ।
उक्त महिला फुटबल प्रतियोगिताको उद्घाटन गर्दै रेसुंगा नगरपालीकाकी उपप्रमुख सिता भण्डारीले यस्ता प्रकारका खेलको आयोजनावाट समाजमा महिलाहरूले पनि अवशर पाएमा खेल क्षेत्रमा पनि केही गर्न सक्दछन् भन्ने चेतनाको विकास हुनुका साथै उनीहरूलाई आत्मविश्वास बढ्दै जाने धारणा व्यक्त गरेकि थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?