© २०२३
राष्ट्रिय खेलकुँद परिषदको ५५ औँ वार्षिकोत्सव नवलपरासीमा मनाइएको छ । वार्षिकोत्सवको अवसरमा जिल्ला खेलकुद विकास समिति बर्दघाट सुस्ता पश्चिम नवलपरासीको आयोजनामा रामग्राम नगरपालिका परिषरको सरसफाई पनि गरिएको छ । वार्षिकोत्सव कार्यक्रम अन्तर्गत कार्यालय परिसर सरसफाई, खेलाडी एवं सरोकारवालाहरूसँग अन्तक्रिया र दिपावली गरिएको जिल्ला खेलकुँद विकास समिति नवलपरासीका अध्यक्ष कुमार आलेले जानकारी दिए ।
राष्ट्र चिनाउने खेलाडीहरू उत्पादन गर्ने र खेलकुदको विकास गर्ने उद्देश्यले स्थापित सँस्थाले स्थापनाकाल देखी नै स्थानियस्तरका खेलाडीहरूलाई केन्द्रसम्म पुग्ने वातावरण बनाउँदै आएको अध्यक्ष आलेले बताए ।
कार्यक्रममा विभिन्न खेलसँग सम्बन्धित जिल्लाका खेलाडी, प्रशिक्षक, पत्रकार एवं स्थानियहरूको सहभागिता रहेको थियो ।