© २०२३
फुटबलमार्फत लागुऔषधबारे युवाहरूमा जनचेतना जगाउने उद्येश्यका साथ रूपन्देहीमा आयोजना गरिएको भेट्रान सेभेन ‘ए’ साईड नकआउट फुटवल प्रतियोगीता–२०१८को उपाधि आयोजक आस्था भेट्रान समुहले हात पारेको छ । तिलोत्तमा नगरपालिकाका डिङ्गरनगरस्थित जनज्योति क्लवको खेल मैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलमा आस्था समुहले पाहुना टिम चितवन भेट्रानलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसंगै आस्थाले नगद ७० हजार, कप, प्रमाणपत्र र मेडल पुरस्कार प्राप्त गरेको छ । उपविजेता चितवन भेट्रान उपविजेतामा चित्त बुझाउर्दै नगद ३५ हजार, कप, प्रमाणपत्र र मेडल पुरस्कार प्राप्त गरेको छ । आस्थाको जितका लागि निर्मल थापा र शेरु गुरुङ्गले गोल गरेका थिए । प्रतियोगितामा आस्थाका शेरु गुरुङ्ग उत्कृष्ट खेलाडी घोषित भएका थिए । यसैगरि निरज गुरुङ्ग उत्कृष्ट गोलकिपर तथा सर्वाधिक गोलकर्ता नवलपरासीका भिमकाजी गुरुङ्गबाट पुरस्कृत भएका थिए ।
जनज्योति क्लव र आस्था समुह बुटवलको आयोजनामा ‘लागू पद्धार्थलाई त्यागौ, खेलकुदलाई रोजौं’ भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको आस्था समुह बुटवलका अध्यक्ष केशव पुनमगरले बताए । प्रतियोगितामा कपिलवस्तु भेट्रान, पोखरा भेट्रान, चितवन भेट्रान, नवलपरासी भेट्रान, सुनवल भेट्रान, रजहर भेट्रान, अभिषेक चर्च भेट्रान, भलुही भेट्रान, आस्था समुह भेट्रान, जन ज्योति भेट्रान, बुटवल भेट्रान र सुनौलो संगम भेट्रान गरि १२ वटा टिम उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
एक समारोहका बिच बडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरिक्षक अमर थापा क्षेत्री, क्लबका अध्यक्ष मित्रलाल न्यौपाने, पुर्वअध्यक्ष विष्णु प्रसाद न्यौपाने, वरिष्ठ सल्लाहकार देवप्रसाद गुरुङ्ग, सल्लाहकार बेलप्रसाद शर्मा, खेल संयोजक जहरसिह कार्की, सुमित कार्कीले पुरस्कार वितरण गरेका थिए ।