© २०२३
दाङ, दाङका दुई स्थानीय तह सहति देशका विभिन्न ९ स्थानीय तहले केन्द्र र नाम परिवर्तन गर्न नपाउने भएका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैशाख २३ मा गरेको परिपत्रमा स्थानीय तहले म्याद गुजारेर केन्द्र र नाम परिवर्तन गर्ने निर्णय गरेकाले कानुनी रुपमा परीवर्तन गर्न नमिल्ने भएको छ ।
स्थानीय तहको निर्वाचन भएको मितिले ६ महिना भित्र केन्द्र वा नाम परिवर्तन गर्न सक्ने कानुनी व्यवस्था छ । दाङको शान्तिनगर गाउँपालिकाको दोस्रो गाउँ सभाले छ महिना पुगेको एक दिनपछि २०७४ पौष १४ मा शान्ति सामुदायिक वनको पाँच विगाह वन क्षेत्रमा गाउँपालिका सार्ने निर्णय गरेको थियो । शान्तिनगर गाउँपालिकाको केन्द्र सार्ने निर्णयका विरुद्ध उच्च अदालत तुलसीपुरमा गत पौष २६ गते रिट समेत परेको थियो । स्थानीय मीनबहादुर केसी लगाएतकाले दायर गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालतले पहिलो पटक २०७४ पौष ३० गते र दोस्रो पटक २०७४ माघ ८ मा गाउँपालिकाको केन्द्र सार्ने निर्णय हाल कार्यान्वयन नगर्न नगराउन भनि अन्तरिम आदेश जारी गरेको थियो । हालको शान्तिनगर गाउँपालिकाको कार्यालय रहेको स्थान, भौतिक संरचना प्रयाप्त र शान्तिसुरक्षाको दृष्टिकोणले पनि उपयुक्त रहेकाले अन्यत्र नसार्न स्थानीयले चर्कोरुपमा विरोध गर्दै आइरहेका छन् ।
त्यसैगरी दाङकै राजपुर गाउँपालिकाले पनि केन्द्र सार्ने निर्णय गरेको थियो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैशाख २३ मा गरेको परिपत्र अनुसार अव पालिकाहरुको केन्द्र तथा नाम परीवर्तन नहुने भएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी