ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

१० वर्ष इजरायल बसेर फर्केका सन्तोष फुल खेतीमा रमाउंदै

७ कार्तिक २०७९, सोमबार
७ कार्तिक २०७९, सोमबार

 

चन्द्रौटा (कपिलवस्तु), ७ कात्तिक । कपिलवस्तु शिवराज नगरपालिका –३ खरेन्द्रपुरका ३६ वर्षिय सन्तोष पन्थले एक दशक इजरायलमा कृषि क्षेत्रमा रोजगारी गरे । २०६३ सालमा इजरायल पुगेका उनी दश बर्ष त्यहां काम गरे । इजरायलमा उनको कमाई राम्रो थियो । उनले चाहेको भए अझै केही वर्ष त्यहां बस्न सक्थे । तर उनले त्यहां कृषिमा भएको प्रगति देखेर प्रभावित भए अनि स्वदेश फर्केर कृषिमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर घर फर्के ।

त्यसपछि शिवराज नगरपालिका ५, नौडिहवामा ३ बिगहा जग्गा लिजमा लिए । उनले ऋगदेव कृषि फर्म नामक फर्म दर्ता गराए । बाँझो जमिनलाई चिर्दै करिब २० हजार रुपैया लगानीको जोहो गरि काठमाडौं र चितवन शहरबाट फूलको बीउ ल्याइ तरकारी र फूल खेतीपातीको सुरुवात गरे । अहिले उनको फर्ममा एक यादवको १ बच्चासहित तीन जना परिवार बस्ने गर्छन् । अहिले सयपत्री फूलले पन्थको बारी ढकमक्क रंगीचंगी भएको देखिन्छ ।

दश बर्षे विदेशको बसाइले उनलाई कृषि खेतीपातीप्रति उत्साह थपिएको उनी बताउँछन् । परिवारको सकारात्मक साथ र सहयोगले प्रोत्साहित हुँदै केही महिनादेखि अहिले कृषि फर्म पुनः सञ्चालनमा ल्याएको पन्थले बताए । यसअघि उनले पार्टनरसिपमा लगानी गरेका थिए । केहि समयपछि आपसी तालमेल नमिल्दा फर्म प्रभावित भएको हुन् । घरपरिवारसँग बसेर स्वदेशमै केही गर्नुपर्छ भन्ने योजनाका साथ फेरि पनि पन्थ अगाडि बढेका छन् ।

अनुभव सुनाउँदै कोरोना प्रभावले बीचमा केही समय निष्क्रिय भएको बताए । विदेशी आयात कम गर्नुपर्ने स्वादेशी वस्तु बिक्रीवितरण गर्ने वातावरण सरकारले सहज गर्नुपर्नेमा उनले जोड दिए । लगानी गरेको कुनै सरकारी पक्षबाट ग्यारेन्टी नहुने भएको कारणले गर्दा पछिल्लो समय कसैले लगानी गर्न नखोजेको उनको भनाइ छ ।

उनले भने स् ूफूल उत्पादन गर्न सके बिक्री वितरणमा समस्या छैन । सरकारले विदेशी आयत कम गरि स्वदेशी उत्पादनलाई प्राथमिकता दिने वातावरण मिलाउनुपर्छ ।ू फूलखेती आफ्नो पहिलो अनुभव रहेको बताउँदै बजारमा राम्रो माग रहेको समेत पन्थले उल्लेख गरे । वर्षिक करिब एक लाख जग्गा भाडा तिर्दै आएका उनी कामदार नराखी आफै साझा बिहान माटोसँग खेल्दै आएका छन् ।

नेपाली बजारमा फूलको एकदमै राम्रो माग रहेको बताउँदै फूल उत्पादन गर्न सके स्वादेशमै मनग्ये आम्दानी हुने उनले बताए । अहिले फूलको उपभोग गर्ने विवाह, भाइटिका र पुजा अराधना लगायतको सिजन रहेकोले बढि खपत हुने गरेको सन्तोष बताउँछन् । उनका अनुसार बजारमा माग अत्याधिक बढेको छ ।

आवश्यकता बराबरको फूल आफूले उत्पादन गर्न सक्दा उपभोक्ता मारमा पर्ने गरेका छन् । उनको घरबाटै फूल बिक्री हुने गरेको छ । उपभोक्ता घरमै आउँदा प्रतिकेजी ६ सयका दरले बिक्री गर्ने गरेका छन् । पन्थले वार्षिक ६ क्वीन्टल फुल उत्पादन गर्ने लक्ष्य िलएका छन् । यो हिसाबले उनले वार्षिक करिब ४ लाख आम्दानी गर्नेछन् । स्थानीय र प्रदेश सरकारले कृषि पेशालाई प्रोत्साहन स्वरुप कृषकलाई तालिम लगायत औषधी उपलब्ध गराए आफू अझै सक्रिय भएर थप जग्गामा फुल खेती गर्ने सोंचमा रहेको पन्थको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?