ट्रेंडिंग:

>> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भोलि विश्वासको मत लिने, ७ पार्टीले विश्वासको मत दिने

३ भाद्र २०८१, सोमबार
३ भाद्र २०८१, सोमबार

बुटवल, ३ भदौ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वास मत लिने भएका छन्।

मंगलबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वास मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। उक्त प्रस्तावमाथि दलीय आधारमा प्रतिनिधिहरूले पक्ष वा विपक्षमा धारणा व्यक्त गर्नेछन्।

त्यसपछि उक्त प्रस्तावमाथि मत विभाजन गरिनेछ। नेकपा (एमाले) का सांसद आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

गत साउन ७ गते मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलका उपनेता थिए। शनिबार बसेको संसदीय दल बैठकले आचार्यलाई संसदीय दल नेतासमेत चयन गरिसकेको छ।

मुख्यमन्त्री आचार्यलाई कांग्रेस र एमालेसहित अन्य पाँच वटा दलहरूका सांसदले पनि विश्वास मत दिने भएका छन्। ती दलहरूले विश्वास मत दिन ह्विप पनि जारी गरेका छन्।  लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन्। यी दुई दल भए सरकार बनाउन बहुमत पुग्छ।

११ वटा दल क्रियाशील रहेको लुम्बिनीमा ८७ जना सांसद छन्। मुख्यमन्त्री आचार्यलाई सात वटा दलका सांसदले मत दिएका खण्डमा दुई तिहाइ समर्थन प्राप्त हुन सक्छ।

मंगलबार दिउँसो २ बजे प्रदेश सभामा मुख्यमन्त्रीले विश्वास मतसम्बन्धी प्रस्ताव राख्ने तयारी गरेका छन्। एमालेका प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले शनिबारकै संसदीय दलको बैठकबाटै मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्न एमालेका सबै सांसदलाई ह्विप जारी गरिसकेको जानकारी दिए।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पनि मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन्। कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सीनाले मन्त्रिपरिषद् गठनमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा पनि दिएका थिए।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। मन्त्रिपरिषदमा अहिले एमालेबाट मुख्यमन्त्रीसहित ५ र कांग्रेसबाट ४ जना मन्त्री छन्। लुम्बिनीमा मन्त्रिपरिषद १२ सदस्यीय हुन्छ। अब तीन जना मन्त्री नियुक्त गर्न बाँकी छ।

कांग्रेसबाट एक र अन्य दलबाट २ जना मन्त्री बनाउने तयारीमा मुख्यमन्त्री छन्। कांग्रेसभित्र बादशाह कुर्मीलाई मन्त्री बनाएकोमा असन्तुष्टि पनि देखा परेको छ। कुर्मीमाथि बाँकेको जानकी गाउँपालिकाकी निर्मला कुर्मीको अपहरण तथा हत्यामा संलग्न रहेको आरोप छ।

मुख्यमन्त्री आचार्यलाई जनमत, लोसपा, जसपा, जसपा नेपाल र नाउपाका सांसदहरूले पनि विश्वास मत दिने भएका छन्। जनमतका ३, लोसपाका ३ जना सांसद छन्। जसपाका २, जसपा नेपालका १, नाउपाका ४ सांसद छन्।

लुम्बिनीमा माओवादीका १०, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक-एक जना सांसद छन्। १३ जना सा‌ंसदले मुख्यमन्त्रीलाई विश्वास मत नदिने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?