© २०२३
जनज्योति क्लब र आस्था समुह बुटवलको आयोजनामा ‘लागू पदार्थलाई त्यागौं खेलकुदलाई रोजौं’ भन्ने मुल नाराका साथ प्रमुख ‘आस्था जनज्योति भेट्रान सभेन ए साईड नकआउट फुटवल प्रतियोगीता–२०१८’ हुन को तयारी तिब्र पारिएको छ ।
भदौ ९ गते देखि तिलोत्तमा डिङ्गगर नगरमा रहेको जनज्योति क्लवको मैदानमा प्रतियोगीता हुने छ । जसको तयारी पुरा भएको आस्था समुह बुटवलका अध्यक्ष केशव पुन मगरले जानकारी दिए । लागु औषधमा फसेका युवाहरुलाई जनचेतना फैलाउनको लागि उक्त प्रतियोगीता आयोजना गर्न लागिएको उनको भनाइ रहेको छ ।
जसमा १२ वटा टिम सहभागी हुन भएका हुन । कपिलवस्तु भेट्रान, पोखरा भेट्रान, चितवन भेट्रान, नवलपरासी भेट्रान, सुनवल भेट्रान, रजहर भेट्रान, अभिषेक चर्च भेट्रान, भलुही भेट्रान, आस्था समुह भेट्रान, जन ज्योति भेट्रान, बुटवल भेट्रान र सुनौलो संगम भेट्रान मैदानमा उत्रने छन् । बुटवलबा ब्ल्याक फोरेष्ट,थापा ईन्जनिरिङ्ग लगायतका संघ संस्थाहरुको सहयोग रहेको छ ।
आयोजक संस्था नवज्योति क्लवका अध्यक्ष भिललाल न्यौपानेका अनुसार यस्तो खालको प्रतियोगीता पश्चिमाञ्चलमा पहिलो पटक हुन लागेको हो । प्रतियोगीतमा कुल ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसजको लागि विभिन्न सामाजिक क्षेत्रका संघ संस्थाको सहयोग संकलन गरिएको छ । यस्तै प्रतियोगीतामा खेलाडीहरुलाई बस्ने सुविधा स्वयं संस्थाले व्यहोर्ने भएको छ । जसको लागि रजिष्टेशन शुल्क ७ हजार तोकिएको छ । यदि खेलाडी टिम आफै बस्ने र खाने भएमा रजिष्टे«शन शुल्क नलाग्ने समेत जनाइएको छ ।
खेल संयोजक सुमित कार्कीका अनुसार खेल तालिक समेत सार्वजनिक गरिएको छ । जसमा आस्था समूह र सुनौलो संगम भदौ ९ गते विहान ७ बजे, बुटवल भेट्रान र दलदले सोही दिन ८ बजे रहेको छ । यस्तै भदौ ९ बजे नै ९ बजे जनज्योति क्लव र भुमही यस्तै कपिलवस्तु र नवलपरासी भिड्दै छन् । यस्तै भदै १० गते सुनौलो नवलपरासी, अभिषेध चर्च, चितवन, पोखराको टिम भिड्ने भएका हुन ।
प्रतियोगीताको फाईनल भदौ ११ गते हुने छ । प्रतियोगीतामा विजेता टिमले ६० हजार, उप विजेता टिमले ३५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने खेल संयोजक सुुमित कार्कीले जानकारी दिए ।
प्रतियोगीतामा ७ जना खेलाडी गोलकिपर सहित सहभागी हुने छन् भने जसमा ३ जटा अतिरिक्त खेलाडी गरी कुल १० जन खेलाडी रहने छन् । कुल २० मिनेटको खेलमा ५ मिनेट मध्यान्तरको समय राखिएको छ । अन्य समयमा ५ नम्बरको बल प्रयोग गर्ने गरिएकोको यो प्रतियोगीतमा ३ नम्बरको फुटवल प्रयोग गरिने छ । १ सय ४८.५ फुट लम्बाई, ११५ फुट चौडाइको खेल मैदान हुने छ । à