© २०२३
बुटवल, २९ साउन ।
बुटवलको कान्ति माविमा खुल्ला विद्यालय पनि छ । यो विषयमा धेरैजसो अनविज्ञ छन् । औपचारिक शिक्षा प्राप्तीको लागि दैनिक विद्यालय नै जना नपाउनेहरूको लागि जम्मा १ महिना ५ दिनको सम्पर्क कक्षा चल्छ । त्यसरी भर्ना भएका विद्यार्थी अन्तीम परिक्षामा सहभागी भई कक्षा बढोत्तरी हुने अवसर पाउँछन् ।
वि.सं. २०७५ सालदेखि बुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको कान्ति मा.वि खुल्ला विद्यालयको अवधारणा अनुसार अध्यापन गर्दै आएको हो । खासगरी नियमित विद्यालय जान नपाउने विद्यार्थीहरूको लागि विशेष कक्षा सञ्चालन गरी नियमित शिक्षा जस्तै शिक्षा प्रदान गर्दैै आएको हो ।
बुटवल उपमहानगरपालिका वडा नं. ४ मा रहेको छ । कान्ति मा.वि. रूपन्देही जिल्लाको एक मात्र खुला विद्यालय हो । यसले विद्यालयको औपचारिक शिक्षा पूरा गर्न नसकेका विद्यार्थीलाई पढ्ने अवसर प्रदान गरेको छ ।
विद्यालयको पहुँचदेखि टाढा रहेका मानिसलाई ठूलो गुन लगाएको छ । यस विद्यालयबाट गृहणी, मजदुर, सेना, प्रहरी, दलित जनजाति र सीमान्तकृत समुदायका व्यक्तिले अधुरो पढाइलाई पूरा गर्न पाएका छन् । यसले शिक्षाको पहुँचमा नभएका व्यक्तिलाई शैक्षिक अवसर दिएको छ ।
खासगरी कुनै तह वृद्धि गरेर जागिर बढुवा हुन चाहनेहरूको लागि समेत यो विद्यलायले ठूलो भूमिका निवाह गर्दै आएको हो ।
विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीका अनुसार खुल्ला विद्यालय अवधारणा अनुसार कक्षा ६ देखि १० सम्मको अनुमती विद्यालयले पाएको भएयता पनि अहिले भने कक्षा ८ र १० मा मात्रै विद्यार्थी भर्ना गरेर कार्यक्रम चलाउँदै आएको हो ।
प्रधानाध्यापक ज्ञवालीका अनुसार वि.सं. २०६५ सालबाट सुरुवात भएको खुल्ला विद्यालय अवधारणा अनुसार कुनै बर्ष ६ सय ६० जना विद्यार्थीले भर्ना भएर एसएलसी दिएका थिए ।
गत बर्ष सोही अवधरणा अनुसार ८५ जना विद्यार्थीले एसईई दिएकोमा ३० जना पास भएका थिए । अहिले कक्षा ८ मा १० जना बढि र कक्षा १० मा २५ जना भन्दा बढि विद्यार्थी भर्ना भैसकेका छन् ।
एसईईको परिक्षा फारम भर्ने समय सम्मा विद्यार्थी भर्ना हुन पाउने समेत व्यवस्था भएको कारण भर्ना कार्यक्रम खुल्ला राखिने गरिएको प्रधानाध्यापक ज्ञवालीको भनाई रहेको छ ।
खासगरी गृहणी वा नियमित विद्यालय आउन नसक्ने कुनै पेसा वा व्यवसायमा लागेका व्यक्तिहरूले खुल्ला विद्यालय अवधारणा अनुसार भर्ना भएर परिक्षा दिने र उत्तीर्ण हुन पाउने व्यवस्था गरिएको छ । कान्ति मा.वि.ले २०६५ सालबाट खुला विद्यालयतर्फ कक्षा १० सञ्चालन गर्ने अनुमति प्राप्त गरेको थियो ।
कान्ति खुला विद्यालयमा वर्षमा ३५ दिन (१७५ घण्टा) सम्पर्क कक्षा सञ्चालन गरिन्छ । जसमा विद्यालयले एक पुष्ठ रूपमा विद्यालयको पाठ्क्रम अनुसार शिक्षण गरिन्छ । यसरी शिक्षण कार्यक्रममा सहभागी भएका विद्यार्थीहरू अन्य नियमित विद्यार्थीहरूले जस्तै परिक्षामा सहभागी हुन पाउँछन् । विद्यार्थीको लागि स्वअध्ययन सामग्री उपलब्ध गराइन्छ र सम्पर्क कक्षामा छलफल गरिन्छ । उपस्थिति, गृहकार्य, परियोजना कार्य, आन्तरिक परीक्षा आदिका आधारमा आन्तरिक मूल्याङ्कन गरिन्छ ।
यस विद्यालयमा चौध वर्ष पूरा भएका कक्षा ६ मा, पन्ध्र वर्ष पूरा भएका कक्षा ८ मा र सोह्र वर्ष पूरा भएका कक्षा १० मा भर्ना हुन पाउँछन् ।
नेपाल सरकारले एक जिल्ला एक खुल्ला विद्यालय अवधारणा अनुसार साविक नियमित विद्यालय सञ्चालन हुँदै आएका विद्यालयलाई छनौट गरी खुल्ला विद्यालयको लागि स्वीकृत प्रदान गरेको थियो । सोही अनुसार कान्ती मावि रूपन्देहीमा एक मात्रै विद्यालयको रूपमा छनौट भएको थियो । यो बाहेक हरेक जिल्लामा एक वटा खुल्ला विद्यालय रहने व्यवस्था गरिएको भएपनि अधिकांस जिल्लामा यो कार्यक्रम बन्द भएका छन् । २०६४ सालबाट उच्च मावि सञ्चालन गरेको कान्ति उच्च माविमा पनि राम्रा प्रगति गर्न सफल देखिएको छ । विज्ञान, मानविकी, शिक्षा, व्यवस्थान समूहमा अध्ययापन गराइरहेको कान्तिले उत्कृष्ट नतिजा ल्याउदै आएको छ । २ विघा १५ कठ्ठा ३ धुर क्षेत्रफलमा फैलिएको विद्यालयमा अहिले ५ हजार ५५५ विद्यार्थीहरू रहेका छन् । कान्तिमा अध्यापन गराउने शिक्षकहरू पनि दक्ष रहेकाले शैक्षिक गुणस्तर बढ्दै गएको विद्यालयका प्राचार्य गोविन्द ज्ञवाली बताउँछन् ।
विद्यालयमा कुल २२४ शिक्षक कर्मचारी छन् । त्यसमध्ये २४ जना मात्र स्थायी दरबन्दी हुन भने बाँकी २ सय जना नीजि स्रोतबाट राखिएको हो । विद्यालयले ३ वर्षदेखि कक्षा तीनसम्म भर्ना हुन चाहने विद्यार्थीहरूलाई सजिलै भर्ना लिने गरेको छ । त्यसपछिका कक्षाहरूमा भने स्थानीयस्तरलाई प्राथमिकता दिँदै स्तर मापन परीक्षा मार्फत भर्ना गर्दै आएको छ ।