ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

तिलोत्तमा नगरपालिका ओआईडिपिका लागि अनलाईन भाेटिगमा विश्वमै उत्कृष्ट

१६ चैत्र २०८१, शनिबार
१६ चैत्र २०८१, शनिबार

बुटवल, १६ चैत।  रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारबीचको अवार्ड प्रतियोगितामाअनलाईन भाेटमा सबै भन्दा बढि भाेट पाउनेमा छनौट भएको छ । अर्जेन्टिनाको इन्टरनेशनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआईडिपी) संस्थाले गर्ने अवार्डका लागि तिलोत्तमा प्रारम्भिक सूचीमा परेको थियो। प्रारम्भिक सूचीमा परेपछि मतदानको आधारमा छनौट गरिएको हो ।

संस्थाले जारी गरेको विज्ञप्तीमा तिलोत्तमा अनलाईन भाेटमा छनौटमा परेको उल्लेख छ । ‘हामी यो घोषणा गर्न पाउँदा खुसी छौं कि तिलोत्तमा नगरपालिकाले पेश गरेको ग्रीन क्लीन तिलोत्तमा अभ्यासलाई १९ औं ओआइडिपी पुरस्कार नागरिक सहभागितामा उत्कृष्ट अभ्यासको ओआइडिपी समुदायले सबैभन्दा बढी मतदान गरेको अभ्यासलाई विशेष उल्लेखका साथ मान्यता दिइएको छ। तपाईंको पहलले सहभागितामा १७३६ मत प्राप्त गरेको छ’ विज्ञप्तीमा भनिएको छ–‘ओआइडिपी पुरस्कार तपाईंको समर्थनको लागि सहनिर्मित विश्वव्यापी पहल हो, जुन समुदायहरूबाट लोकतन्त्रको रक्षा गर्न स्थानीय कार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो। हामी तपाईंलाई यो मान्यताको लागि बधाई दिन्छौं र सहभागितामूलक लोकतन्त्रलाई प्रवर्द्धन गर्ने तपाईंको प्रयासको प्रशंसा गर्छौं ।’ १९ औं ओआइडिपी पुरस्कारको लागि पुरस्कार समारोह मे २१ देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा आयोजना हुने २४ औं ओआइडिपी सम्मेलनको समयमा हुने जनाइएको छ ।

तिलोत्तमाका मेयर रामकृष्ण खाणका अनुसार अवार्डका लागि विश्वका ३७ देशका १३७ वटा स्थानीय र प्रदेश सरकारले आवेदन दिएकामा पहिलो चरणमा तिलोत्तमा उत्कृष्ट ४० भित्रमा छनोट भएको र शुत्रवार त्यसको टुंगो लागेको हो । ओआइडिपीले आफ्नो वेबसाइटमार्फत विभिन्न पाँचवटा विषयमा आवेदन माग गरेकोमा तिलोत्तमा जनसहभागीतामा सञ्चालित सरसफाई तथा हरियाली प्रवद्र्धन अभियान अन्तर्गत प्रारम्भिक सूचीमा परेर आज त्यसको नतिजा आएको उनले जानकारी दिए । तिलोत्तमा नगरपालिकाले २०७४ सालदेखि हरेक १५ दिनमा जनसहभागीतामा सरसफाई तथा हरियाली प्रवद्र्धन अभियान गर्दै आएको छ । आठौं वर्षमा निरन्तर चल्दै आएको अभियानको १ सय ४१औं श्रृंखला सम्पन्न भएको मेयर खाणले जानकारी दिए ।

तिलोत्तमा नगरपालिकाका निर्वतमान मेयर रहेका प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले सबै पालिकाहरुले यसैगरी लगावका साथ काम गर्ने हो भने सफा र सुन्दर नेपाल सम्भव रहेको बताएका छन् । ‘अभियान प्रारम्भ गरेर तिलोत्तमालाई पूर्णसरसफाई उन्मुख नगरपालिका र शून्य खुला पोलोथिनमुक्त नगर घोषणा गर्दाको तत्कालीन नगर प्रमुखको रुपमा सम्पूर्ण नगरबासीसँग साट्न चाहन्छु । साथैं यो अभियानलाई नयाँ उचाईंमा पुर्याउन योगदान पुर्याउनु हुने वर्तमान जनप्रतिनिधिहरुका साथैं कर्मचारी, विध्यालय,विभिन्न संघ संस्था, क्लव, आमा समूह, वन, खानेपानी तथा सरसफाई संस्था, सिंचाई संस्था, टोल विकास संस्था, सञ्चारकर्मी, सिम नेपाल संस्था लगायत सम्पूर्ण नगरबासीमा आभार व्यक्त गर्दछु’ उनले छनौट चरणमा पुगेपछि भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?