© २०२३
कपिलवस्तु नगरपालिका–६ सिद्धिपुर स्थित लक्ष्मी महिला कृषक समुह आबद्ध दलित महिलालाई हरितालिका तीजका अवसरमा डिजे र भाडाकुँडा लगायतका सामग्री बितरण गरिएको छ । कपिलवस्तु नगरपालिकाको समन्वयमा भैरहवाका समाजसेवी सन्तोष रायमाझीले दलित महिला समुहको आयआर्जनमा सहयोग पु¥याउन सो सामग्री बितरण गरेका हुन । समुहकी अध्यक्ष सुकमाया बिश्वकर्मालाई नगर प्रमुख किरण सिंह र समाजसेवी सन्तोष रायमाझिले डिजे, डेक्ची, डेग सहितका भाँडाकुँडा बितरण गरेका हुन । सो अवसरमा समुहकी सदस्य मिना बिकले नगरपालिकाको समन्वयमा आफुहरूलाई दिइएका सामग्री सामाजिक कार्यमा प्रयोग गरिने बताइन् ।