ट्रेंडिंग:

>> पूर्व राजा ज्ञानेन्द्र मुलुकमा उत्पात मच्याएर सत्ता हत्याउन चाहन्छन्ः गगन थापा >> मिश्र र राणासहित ६६ जनालाई थप ६ दिन हिरासतमा राख्न अनुमति >> नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड >> दैनिक बिहान कागती पानी पिउनुहुन्छ भने नगर्नुहोस् यस्तो गल्ती >> शिक्षकहरूको काठमाण्डौमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन >> आज भने शेयर बजारमा हरियाली >> प्रदेशसभाको पाँचौ अधिवेशन: सात वटा विधेयक पारित >> ऊर्जामन्त्री खड्का र रसियाका राजदूत एलेक्सी नोभिकभबीच शिष्टाचार भेटवार्ता >> ताइवानको सिमा नजिक चीनले गर्यो युद्द अभ्यास >> मोबाइल बैंकिङ र वालेटमार्फत ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने >> राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ (फोटोफिचर) >> स्कलर्समा विद्यार्थी बिदाई तथा सम्मान >> नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री ओली >> फुलबारी खानेपानीमा पदस्थापन >> प्रधानमन्त्रीको भ्रमणको क्रममा थाइल्याण्डमा आधा दर्जन सम्झौता सम्पन्न >> नेपालगञ्ज पुगे प्रचण्ड, तराइ मधेस अभियानमा पुनः सुरू हुदैँ >> लोरेन्स बिस्नोईको नाम लिएर फिरौती रकम माग्ने पक्राउ >> शंकरनगर वनबाटिकामा चुनावी माहौलः अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा >> संवैधानिक अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैनः राष्ट्रपति >> अमेरिकाले इरानको परमाणु कार्यक्रममा बमबारी गरे रक्षामा रूस उभिने >> ओली र मोदी बीच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटवार्ता हुने >> हेटौँडाबाट मिनी ट्रकसहित १५ गाई र ३ जना नियन्त्रणमा >> नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता (फोटोफिचर) >> कुलमान र हितेन्द्रदेवकाे सुनवाइ जारी >> अल्लु अर्जुन पहिलो पटक अबकाे नयाँ फिल्ममा दोहोरो भुमिकामा देखिने >> अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य >> ऊर्जा मन्त्रालयको हटलाइनमा उजुरी दिनेको सङ्ख्या उल्लेख्य >> युएईका मुस्लिम गोरो देखिन लगाइरहेका छन् खोप, जसकाे ब्यापार नै २२.९ मिलियन >> मानव किन स्वार्थी र घमण्डी बन्दै छ ?  >> बन्द उद्योग पुनः सञ्चालन गर्ने प्रदेश सरकारको तयार छः मन्त्री न्यौपाने >> उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै >> असल अभिभावकको दायित्व र जिम्मेवारी >> प्रदुषित सहरको सूचीमा कहिलेसम्म ? >> ‘देव,दह’ को विकास जोड्दै धार्मिक महोत्सव >> वन डढेर सकिदै गर्दा प्रदेश सरकार बैठकमा व्यस्त >> खानेपानीको आयोजनाः सरकारले करोडौं दियो, समुदायबाट जुटेन >> प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै >> पहिलोपटक सहकारी कन्क्लेभ, आर्थिक उन्नतिको सशक्त माध्यम सहकारी >> चोरीको सुन खरिद गर्ने व्यवसायी र चोरीमा संलग्न तीन जना पक्राउ >> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री

‘निःशुल्क ब्लड अभियान’ मा पालिकाको साथ

लुम्बिनी प्रदेशका १ सय ९ पालिकामध्ये २६ पालिकाले मात्रै सम्झौता गरेका छन् । रूपन्देहीमा १५ पालिकाले सम्झौता गर्दा सैनामैना नगरपालिकाले भने यो अभियानमा साथ दिएको छैन ।
१६ श्रावण २०८१, बुधबार
१६ श्रावण २०८१, बुधबार

बुटवल, १६ साउन ।
मानिसको ज्यान बचाउनको लागि महत्वपूर्ण मानिएकोरगतररक्त तत्वको केहीबर्ष पहिलारक्तसञ्चार सेवा केन्द्रबाट लिँदा ९५० रूपैयाँ तिर्नुपर्ने अवस्था थियो ।रक्तदाताहरूले निःशुल्क रूपमा प्रदान गरेकोरगतको समेतरकम तिर्नुपर्ने अवस्थारहेको थियो । तर अहिले लुम्बिनी प्रदेशका केही स्थानीय तहहरूले निःशुल्करगतको लागि बजेट विनियोजन गरिरहेका छन् ।

लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालमा सेवा लिन आउने जो कोहीको लागिरगतररक्ततत्व परिक्षणको लागि लाग्ने शुल्क २०७९ साल देखि निःशुल्क गरेको छ । यो अभियान विगत लामो समय देखि चल्दै आएपनि पूर्ण कार्यान्वयनमा हुन सकेको थिएन । प्रदेश सरकारलेरगतर तत्व आवश्यक पर्ने विरामीको लागि जुनसुकै स्थानीय तहको विरामी यदि सरकारी अस्पतालमा भर्ना भएर उपचार गर्दा लाग्नेरगत बापतकोरकम नेपालरेडक्रस सोसाईटीरक्त सञ्चार सेवा केन्द्रलाई सोध भर्ना दिँदै आएको हो ।

सरकारी अस्पतालमा मात्रै उपचार गर्ने विरामीहरूको लागि प्रदेश सरकारले व्यवस्था गरेपनि निजी, सामुदायिक अस्पतालमा उपचार गर्दै आएका स्थानीयहरूले भने यो सुविधा पाउँदैन ।
यसरी बिरामी भएको व्याक्ति निजी वा अन्य जो सुकै अस्पतालमा उपचाररत भएकोरगत बापत तिर्नुपर्ने ९५० रूपैयाँ प्रदान गरी प्रदेशका २६ वटा स्थानीय तहले भने निःशुल्करक्तप्रदान अभियान सुरुवात गरेका छन् ।
रूपन्देहीको बुटवल, भैरहवा लगायतका जो सुकै अस्पतालमा भर्ना भएर सेवा लिने ती २६ वटा पालिकाका स्थानीयहरूलेरक्तदानबाट प्राप्त भएकोरक्ततत्वको लागि नेपालरेडक्रस सोसाईटीरक्तसञ्चार सेवा केन्द्रलाईरकम तिर्नुपर्दैन । यसको लागि पालिकालेरक्तसञ्चार सेवा केन्द्रको विचमा सम्झौता गरेको छ । नेपालरेडक्रस सासाइटी रूपन्देही बुटवलरक्तसञ्चार सेवा केन्द्र बुटवलका ईन्चार्जराधा ज्ञवालीका अनुसार हालसम्म यसरी सम्झौता गरिएका पालिका २६ वटारहेका छन् ।

रूपन्देहीका १६ वटा पालिकाले यसरी जो सुकै अस्पतालमा सेवा लिनेरक्ततत्व चाहिने विरामीको लागिरक्तत्व प्रयोग बापत कोरकम सोधभर्ना दिँदै आएको छन् । तर यसमा रूपन्देहीको सैनामैना नगरपालिकाले भने सम्झौता गरेको छैन । सैनामैनाका स्थानीयहरूले रूपन्देहीका सरकारी बाहेकका अस्पतालमारक्ततत्व आवश्यक परेर प्रयोग गरेमा यसकोरकम तिर्नुपर्ने हुन्छ । अन्य सबै पालिकाहरूले भने सम्झौता गरेका छन् ।

२०८० साल असारदेखि २०८१ साउन महिना सम्ममा २२ वटा थप ५ वटा पालिकाले सम्झौता गरेका हुन । जसमा सियारी गाउँपालिका रूपन्देही, शुद्धोधन गाउँपालिका रूपन्देही, विजयनगर गाउँपालिका, ओमसतिया गाउँपालिका, तिलोत्तमा नरपालिका, बुटवल उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका वडा नम्बर १०, सम्मरी माई गाउँपालिका, मर्चवारी,रोहीणी गाउँपालिकारहेका छन् ।
यस्तै गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका, कञ्चन गाउँपालिका, कोटहीमाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, बुद्धभूमि नगरपालिका, देवदह नगरपालिका, सिद्धार्थनगर नगरपालिका, कृष्णनगर नगरपालिका, शिवराज नगरपालिकारहेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका, गुल्मी दरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिकार रुरुक्षेत्र गाउँपालिका पनि सम्झौता गरेका छन् ।

यस्तै अर्घाखाँचीको सन्धीखर्क नगरपालिका पनिरक्तसञ्चार सेवा केन्द्र बुटवलर भैरहवा संग सम्झौता गरेको छ । यी २६ वटा पालिकाका स्थानीयहरूले रूपन्देहीका जो सुकै अस्पतालमारक्ततत्व चाहिएमा निःशुल्क रूपमा प्राप्त गर्न पाउने छन् । जुन प्रयोग बापतको तथ्यांकरेडक्रस सोसाईटीलेराखेर एकमुष्ट पालिकामा भुक्तानीको लागि पठाउँछर पालिकाले सोधभर्ना गर्दै आएको हो । लुम्बिनी प्रदेशका १ सय ९ वटा पालिकाहरू मध्ये २६ बाहेका अन्य ७३ पालिकाले भने यस्तो प्रकृतिको सम्झौता गरेका छैनन । ती पालिकाबाट आएका बिरामीले सरकारी अस्पतालमा सेवा लिएभने निःशुल्करगत पाउँछ भने अन्य नीजी तथा सामुदायिक अस्पतालमा उपचार गरेमारक्तसञ्चार सेवा केन्द्र बाटरगत व्यवस्थापन तथा बर्गिकरण, स्टोरेज बापतको ९ सय ५० रूपैयाँ तिर्नुपर्ने हुन्छ ।

वि.सं. २०७९ साउन महिना देखि २०८० असार मसान्त सम्ममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १० हजार ४ सय ११र भिम अस्पताल भैरहवामा १ हजार १ सय ३९ युनिटरगत खपत भएको छ । जसको सट्टा भर्ना प्रदेश सरकारले गरेको हो । यो अभियानमा रूपन्देहीका १४, कपिलवस्तुका ६, गुल्मीका ४ वटा, अर्घाखाँचीको १ वटा गरी २६ वटा पालिका जोडीएका हुन । अघिल्लो आर्थिक बर्ष २०८०÷०१ मारक्तसञ्चार सेवा केन्द्र बुटवल, भैरहवा सेवा एकाई समेत गरी ४ सय ५६ वटा संघ संस्थाले ३सय ३५ वटा कार्यक्रम आयोजन गरी २६ हजार १ सय २८ युनिटर सोधभर्ना मापत ४५६ युनिटर अन्य जन्मदिन, पुन्य तिथि, व्यक्तिबाट ५ हजार ५ सय ५१ युनिट गरी कुल ३१ ह्जार ६ सय ७९ युनिटरगत संकलन गरिएको नेपालरेडक्रस सोसाईटी बुटवलरक्तसञ्चार सेवा केन्द्रका ईन्चार्जराधा ज्ञवालीले जानकारी दिईन ।

बुटवलमा वि.सं. २०४५ साल असोज ६ गते लियो क्लव अफ बुटवलले पहिलो पटक १५ जना पुरुषर ३ जना महिला गरी १८ जना बाटरक्तदान अभियानको सुरुवात भएको यसको ईतिहासमा पाईन्छ । नेपाल स्वयंसेवीरक्तदाता समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीलेरगत पूर्ण रूपमा निःशुल्क हुनुपर्ने अभियान चलाईरहेको बताउँछन् । कुनै पालिकाका बिरामीले निजी तथा समुदायिकमा उपचार गर्दा निःशुल्करगत पाउनेर अर्को पालिकाका विरामीले उपचार गर्दारकम लिने गरी गरिएको विभेद अन्त्य गरीरगत पूर्ण रूपमा निःशुल्क हुुनुपर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?