© २०२३
बुटवल, ४ कात्तिक । अर्घाखाँचीमा ७४ वर्षका बृद्धले भीरबाट धकेलेर आफ्नै भाइको हत्या गरेका छन् । भुमिकास्थान नगरपालिका १ खलाधारा भीरमा धकेलेर सोही ठाउंको साम्नेगाँउका ७० वर्षका बिर बहादुर गमालको मृत्यु भएको हो । बिर बहादुरलाई उनकै सहोदर दाजु बर्ष ७४ को हिम बहादुर गमालले कात्तिक २ गते बेलुकी अन्दाजी ७ बजे बाटोमा हिंड्दै गर्दा लेनदेको विवादपछि भीरबाट धकेलेका थिए । उनीहरु वडा नं ४ धापानीस्थित एक बैंकबाट बृद्ध भत्ता बुझेर फर्कंदै गर्दा भाजु भाइको लेनदेनको विषयमा विवाद गरेका अनुसन्धानका क्रममा खुलेको र हिम बहादुर दोषी पाइएपछि उनलाई पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमती लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरक्षिक कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।