© २०२३
महिलाहरूको पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज मिलन तथा दर खाने कार्यक्रमले तीव्रता पाएको छ ।क्षेत्री समाज नेपाल बुटवल उपमहानगरपालिका वडा नं ११ प्रारम्भिक समितिले तीजको अवसरमा विहिवार वुटवल देविनगरमा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । बुटवल ११ भूपू सैनिकमा सम्पन्न भएको कार्यक्रममा क्षेत्रि महिलाहरूको उल्लेखनिय उपस्थिति रहेको सचिव दुर्गाबहादुर खत्रीले जानकारी दिए ।उनिहरूले समूहमा मौलिक परम्परागत झल्कीने गरी तीज गीत गायर मनोरञ्जन लिएका थिए । क्षेत्री समाज नेपाल बुटवल उपमहानगरपालिका वडा नं ११ प्रारम्भिक समितिका अध्यक्ष रामवहादुर खनाल क्षेत्रीले विगतको वर्षहरूमा जस्तै तीजको अवसरमा कार्यक्रम गरिएको र यसले महिला दिदीबहिनीहरूलाई एक ठाउँमा भलाकुसारी तथा रमाईलो गर्ने वातावरण श्रृजना भएको बताए ।
कार्यक्रममा क्षेत्री समाज नेपालका केन्द्रिय सदस्य नुमा थापाले मौलिक गित सरक्षणमा तीजको महत्व रहेको बताईन ।
कार्यक्रममा समाजका रूपन्देही जिल्ला अध्यक्ष गुप्त वहादुर केसी, क्षेत्री प्रतिष्ठानका अध्यक्ष लेख बहादुर कार्की, समाजका जिल्ला सह सचिव अर्जुन कुँवर, बुटवल नगर अध्यक्ष कुल बहादुर केसी, जिल्ला सदस्य मञ्जु भूसाल, जिल्ला सल्लाहकार पृथ्वी फौजदार, जिल्ला भातृ संगठनका अध्यक्ष कृष्ण बस्नेत, रन्जना थापा लगायतले मन्तव्य व्यक्त गर्दे हरितालिका तीजलाई मौलिक पर्वको रूपमा मनाउनु पर्नेमा जोड दिए ।à