ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

भलिबल क्रेज !

८ भाद्र २०७५, शुक्रबार
८ भाद्र २०७५, शुक्रबार

बर्षातको पानी रोकिएको छैन । चउरहरू दुबो फैलिएर घाँसे मैदानमा परिणत भएका छन् । यस्तो प्रतिकूल मौसममा समेत रोल्पाली युवाहरूमा खेलकूद मोह घटेको छैन । वर्षात होस या हिउँद कुनै पनि मौसमको प्रवाह छैन उनीहरूलाई । भदौ ९–१२ लाई लक्षित गरि पूर्वि रोल्पाको गाउँमा त्यहाँको एक युवा क्लबले खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । रोल्पाली युवाहरूमा भलिबल खेलप्रति कति मोह छ भन्ने यो एउटा उदाहरण मात्रै हो । यस्ता खेलकुद प्रतियोगिताहरू वर्षमा जिल्लामा १ सय ५० वढी स्थानमा हुने गर्दछन । विद्यालय, युवा क्लब, युवा समूह तथा अन्य समूहहरूले आफ्नो वार्षिक उत्सवहरूमा भलिबल प्रतियोगिता समावेश गरेका हुन्छन । तिहारमा भैलो खेलेर दक्षिणा बापत संकलन गरेको र चन्दा उठाएर संकलन गरेको पैसाबाट खेलकुद प्रतियोगिता संचालन हुने गर्दछ । पछिल्ला दिनमा वैदेशिक रोजगारीमा गएका युवाहरूले समेत खेलकुद प्रतियोगितामा मोटै रकम सहयोग गर्ने गरेका छन । स्थानीय तहको निर्वाचन पछि बनेका स्थानीय सरकारहरूको समेत खेल क्षेत्र आकर्षणको केन्द्र बन्दै गएको छ ।
प्रतियोगिता संचालन गर्दा हरेक क्लबले न्यूनतम १ लाख देखि ३ लाख सम्म खर्च गर्ने गर्दछन् । यसरी युवा क्लब, युवा समूह र विद्यालयहरूले संचालन गर्ने खेलकुदमा मात्रै जिल्लामा वार्षिक १ करोड ५० लाख देखि ४ करोड ५० लाख सम्म खर्च हुने देखिएको छ । जिल्लाको खेलकुद विकासका लागि सरकारी निकाय मौन प्रायः भए पनि नीजि क्षेत्रबाट ठूलो लगानी भइरहेको छ । जिल्ला खेलकुद विकास समितिले हरेक वर्ष आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्ड बाहेक अन्य खेलकुद प्रतियोगिताहरू खासै संचालन गरेको देखिँदैन । विद्यालय स्तरमा संचालन गरिने राष्ट्रपति रनिङ शिल्डमा समेत जिल्लाका सबै विद्यालयको सहभागिता देखिँदैन करिब ६ दर्जन मावि रहेको रोल्पामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भने एक तिहाई भन्दा वढी विद्यालयको सहभागिता देखिँदैन ।
युवा क्लव मात्र हैन, स्थानीय सरकारहरूले समेत भलिवल प्रतियोगिता आयोजना गर्न थालेका छन । जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाले गएको वर्ष मेयर कप प्रतियोगिता संचालन ग¥यो । ठूलै धनरासी खर्चिएको उक्त प्रतियोगितामा जिल्लाका दश वटै स्थानीय तहका खेलाडीहरूले भाग लिएका थिए । जिल्लामै पहिलो पटक आयोजना गरिएको सो खेलकुद प्रतियोगिता उद्घाटन गर्न सभामुख कृष्णबहादुर महरा रोल्पा आएका थिए । सवै स्थानीय तहले पदक जित्न भए भरको कोशिस गरे र सोही अनुसार खर्च पनि गरेको बताइएको छ । यसैगरि जिल्लाको परिवर्तन गाउँपालिका, रुन्टीगढी गाउँपालिका र गंगादेव गाउँपालिकाले समेत खेलकुद प्रतियोगिता सम्पन्न गरेका थिए । केही गाउँपालिका आफै आयोजक भएर खेलकुद प्रतियोगिता गरेका छन भने केहीले गाउँपालिका भित्रका क्लव तथा युवा समूहहरूलाई आर्थिक सहयोग गरेर खेल क्षेत्रको प्रर्वद्धन गरिरहेका छन एक खेलाडीले भने । जिल्लामा भलिवल खेलका लागी स्थानीय सरकारको सहयोग सकारात्मक छ नेपाली सेनाका पूर्व विभागीय खेलाडी वीरवहादुर कुँवरले भने । भलिबललाई विकास र प्रवद्र्धन गर्न नीजी क्षेत्रवाट युवाहरूको उत्साह पनि प्रशंसनिय छ कँुवरले भने ।
देशमै पहिलो पटक सुरु गरिएको सभामुख कप प्रतियोगिता पनि गएको वर्ष रोल्पावाट आरम्भ गरियो । संघीय संसदका सभामुख कृष्णबहादुर महराको पैत्रिक घर रहेको रोल्पाबाटै सो कपको आयोजना गर्न जिल्ला खेलकुद विकास समिति रोल्पा र सभामुख महराका ज्वाइँ रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले ठूलै मेहनत गरेको बताइएको छ । सभामुख महराले दाङबाट निर्वाचन जितेकाले मेयर कप पनि दाङमा हुनु पर्ने दंगालीहरूको अडान थियो जिल्ला खेलकुद विकास समिति रोल्पाका एक पूर्व अध्यक्षले भने । स्वयम सभामुखको रुची पनि रोल्पावाटै कपको सुरुवात गर्न पाए हुने आसय देखिएकाले दंगाली पछि हटेका हुन ती अध्यक्षले भने । प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलको पुरुष र महिलाको विभागिय टिमका साथै ७ वटै प्रदेशका पुरुष महिला खेलाडीको सहभागिता रहेको थियो । आकर्षक रासीको पुरुस्कार सहित जिल्लामै पहिलो पटक राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
आगामी वर्ष यो प्रवृत्ति अझै बढेर जाने बताइन्छ । चालु आर्थिक वर्षका लागि जिल्लाका प्रायः सबै स्थानीय तहहरूले मेयर कप तथा अध्यक्ष कप प्रतियोगिताका लागि भन्दै ठूलै बजेट विनियोजन गरेका छन् । कतिपय वडाहरूले पनि खेल क्षेत्रको विकासमा चासोका साथ वजेट विनियोजन गरेको बताइएको छ ।
खेल क्षेत्रमा गरेको लगानी बमोजिम प्रतिफल भने नदेखिएको खेल क्षेत्रका जानकारहरू बताउँछन । भलिबल प्रतियोगितामा २०६८ सालअघि राष्ट्रिय स्तरमा जुन अवस्थीति थियो त्यो पछिल्ला दिनमा घटेको बताइन्छ । खेलका लागि गरिएको आर्थिक लगानी अनुसार प्रतिफल लिनका लागि सम्बन्धित क्षेत्रले चासो दिनुपर्ने जिल्लाबासीको भनाइ छ ।
खेलका अन्य विधाको तुलनामा भलिबलमा यहाँका युवाहरूको आकर्षण बढी देखिन्छ । जिल्लामा समथर भू–भागको अभावमा फुटबल प्रतियोगिताका लागि अनुकूल खेल मैदान नभएकाले थोरै भूभागमा पनि खेल्न सकिने भएकाले भलिबल जिल्लाको मुख्य खेलको रूपमा रहेको जिल्ला खेलकुद विकास समिति रोल्पाका प्रशिक्षक हरिश वलीले वताए । खेलप्रेमीहरू सानै देखि भलिबलमा आकर्षित हुने गरेकोले पनि यसको यसको व्यापकता भएको हुन सक्छ वलीले भने । अग्रजहरूले यही विधा समातेकाले पछिल्लो पिँढी पनि भलिबल तर्फ आकर्षित भयो प्रशिक्षक वलीले भने । जिल्लामा पछिल्लो पटक मार्सल आर्ट र क्रिकेटको पनि आकर्षण बढ्दै गएको वलीको भनाइ छ ।
जिल्लाबाट राष्ट्रिय तथा सार्क स्तरको भलिबल प्रतियोगितामा सफलता हासिल गरेका खेलाडी समेत रहेका छन् । उनीहरूबाट पछिल्लो पुस्ताका खेलाडीहरू प्रभावित भएकाले पनि जिल्लामा अन्य खेलको तुलनामा भलिबल खेल फस्टाएको बताइन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?