© २०२३
बुटवल – नेपाल प्रहरीको स्थापना भएको ६७ बर्ष पुगेको अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाड्डले कार्यगत सिलसिलामा सहादत भएका अमर प्रहरी परिवार र शान्ति सुरक्षा रोकथाम तथा अपराध अनुसन्धानमा राम्रो काम गरेका प्रहरीहरूलाई सम्मान गरिएको छ ।
बुटवलको प्रहरी तालिम केन्द्रमा आयोजित कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेर बिर अम्मर प्रहरीका परिवार अपराध अनुसन्धानमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई दोसल्ला ओढाएर नगद प्रमाण पत्र सहित सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले मुलुकको शान्ति सुरक्षामा प्रहरीको महŒवपूर्ण भूमिका रहेको बताए । नेपाल प्रहरीले नेपालमा आईपर्ने हरेक समस्यामा मुख्य भूमिकामा रहेको भन्दै शान्ति सुरक्षा बिपद जस्ता कुरामा खटिँदा सहादत भएका प्रहरी प्रती सम्मान गर्दै मुख्य मन्त्री केसीले भने बिभिन्न अभावका बीच सुरक्षामा राम्रो काम गरिरहेको छ । लुम्बिनी प्रदेशमा प्रहरी खटनपटन गर्ने प्रदेश प्रहरी कार्यबिधि बनेर पास भैरहेको छ छिट्टै प्रदेशले प्रदेश प्रहरी बनाउने, कम भएको जनसक्तीलाई बढाएर चुस्त दुस्त प्रदेश प्रहरी बनाएर नेपालकै उत्कृष्ट बनाउने लक्षय रहेको बताए ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला कानुन तथा सन्चार मन्त्री तिलकराम शर्माले नेपाल प्रहरीले प्रदान गर्ने शान्ती सुरक्षा राम्रो रहेको भन्दै बिभिन्न अभावका बीच प्रहरीको काम उत्कृष्ट रहेको बताए । प्रदेशले प्रहरीलाई शान्ति सुरक्षा गर्न सहज होस भनेर सरकारले बिभिन्न समयमा सहयोग समेत गर्दै आएको बताए । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाड्डका प्रमुख प्रहरी नायब महानिरीक्षक नल प्रसाद उपाध्यायले नेपालमा प्रहरी संगठनको स्थापना भएको ६७ बर्ष पुरा भएको भन्दै प्रहरीले जनताको शान्ती सुरक्षा धन जनको सुरक्षालाई आत्मासात गरेर काम गर्दै आएको बताए । यो संगठनको मुख्य उद्देश्य भनेकै जनताको सुरक्षा हो ।
त्यसैले प्रहरीले आफ्नो बल बुताले भ्याएसम्म शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने बताए । संगठन निर्माणमा बिर अमर प्रहरीको ठूलो योगदान रहेको समेत बताए । कार्यक्रममा लुिम्बनी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बिनोद घिमिरे लगायतले बोलेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशमा भौतिक संरचना निर्माण प्रहरी ब्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै दड्डा प्रहरी गण सुनवलका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई सम्मान गरिएको थियो ।