© २०२३
प्रदेश नम्बर ५ की भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश नम्बर ५ लागि देशकै नमुना प्रदेशको रुपमा विकास गर्ने गरी प्रदेश सरकारले बजेट ल्याएको बताएकी छिन् । अहिले संसदमा छलफलको रुपमा रहेको प्रदेश बजेटमा कृषि क्षेत्रा नेपालकै नमुना कार्यको रुपमा विभिन्न कार्यको सुरुवात प्रदेश सरकारले गर्ने गरी योजना ल्याए मन्त्री पौडेलको भनाई रहेको छ ।
नेपालमै पहिलो पटक एनिमल एम्बुलेन्स, एक निर्वाचन क्षेत्र एक कृषि नमुना गाउँ, ४ वटा कृषि होम स्टे सञ्चालनका साथै आफ्नो जमिन नभएका किसानहरुलाई करार खेती लगायतका केही नमुनायोग्य कार्य अगाडी सारेको मन्त्री पौडेलको भनाई रहेको छ ।
कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यम नारायण देवकोटाले प्रदेश ५ मा धान उत्पादनको अवस्था ३.८५६ मेट्रिक टन रहेको जानकारी गराएका थिए । प्रदेशमा धान उत्पादनको अवस्था, संभावना र चुनौतिको विषयमा कार्य पत्र प्रस्तु गर्दै सचिव देवकोटाले प्रदेश ५ को कपिलवस्तु, बाँके, बर्दियाँ दाङ्ग जिल्ला धान उत्पादनको हिसाबले नेपालकै नमुना जिल्लाको रुपमा रहे पनि सिंचाईको अभावको करण सुमुचित रुपमा विकास हुन नसेको बताएका थिए ।
कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले रुपन्देहीमा ७० प्रतिशत सिंचाईको सुविधा भएको भुमि भएपनि समया नै किसानहरुले धान रोप्ने पाउने अवस्था करिव २० प्रतिशत मात्रै भएको बताएका थिए । आकासे पानीको भरमा पर्दा किसानहरुले यथोचित रुपमा धान उत्पादनमा ठोस योगदान पु¥याउन नसकेको उनको भनाई थियो ।
कार्यक्रममा नेपला पत्रकार महासंघ प्रदेश ५ उपाध्यक्ष भरत केसीले बोल्दै किसानहरुको पक्षमा विट पत्रकारिता सुरु हुनु आफैमा गौरवको विषय भएको भन्दै निरन्तर कृषि क्षेत्रमा कलम चलाउनको लागि आग्रह समेत गरे । कार्यक्रममा बुटवल उपमहानरपालिकाका कृषि विकास महाशाखा प्रमुख भिमनाथ शर्मा, कृषि पत्रकार समाज रुपन्देहीका अध्यक्ष कृष्ण खनाल, उपाध्यक्ष रेनुका गिरी, सचिव विकास पराजुली लगायतले बोलेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी