ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

छोराछोरीको पढाईमा अभिभावकललाई जागरुक बनाउंदै मणिमुकुन्द

८ असार २०८१, शनिबार
८ असार २०८१, शनिबार

बुटवल, असार ८ । बुटवल–११ योगिकुटीस्थित मणिमुकुन्द सेकेण्डेरी स्कुल/ कलेजमा अभिभावक, शिक्षक तथा कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यार्थीको पढाईलाई कसरी राम्रो र उनीहरुलाई संस्कारयुक्त, अनुशासित बनाउन सकिन्छ भन्नेबारे अभिमुखिकरण गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख रमाकान्त तिवारीले विद्यार्थीको भविष्य सफल बनाउने कुरा विद्यार्थी, शिक्षक र अभिभावक गरी तिन पक्षसँगै सम्बन्धित हुने बताए । बालबालिकाको सर्वाङ्गीण विकासमा जति विद्यालयको हात रहन्छ, त्यति नै दायित्व अभिभावकको पनि हुने बताउँदै उनले बालवालिकाको भविष्य प्रति अभिभावकहरु संवेदनशिल बन्नुपर्नेमा जोड दिएका थिए ।

बालवालिकाको पहिलो गुरु अभिभावक र पहिलो पाठशाला घर भएकाले व्यवहारिक ज्ञान, संस्कार सकरात्मक सोँचको विकासमा अभिभावकको भुमिका प्रमुख हुने धारणा राखे । व्यस्त जीवनशैलीका कारण बालबाललिका र अभिभावकबीचको दुरी बढ्दै गएको अबस्थामा बालबाललिकाले मोबाइल फोनको प्रयोग बढी गर्ने, आफूलाई बुवा–आमाले माया नगरेको जस्तो अनुभव गर्ने, आफू एक्लिएजस्तो महसुस गर्ने भएकोले आफ्ना बच्चालाई सकेसम्म बाबुआमा दुवैले पर्याप्त समय दिन उनले आग्रह गरे ।

प्रमुख तिवारीले सक्षम जनशक्ति उत्पादन गर्ने खालको शिक्षा र सिकाई प्रणाली आजको आवश्यकता रहेको भन्दै शिक्षा क्षेत्रमा मणिमुकुन्दको योगदान पनि महत्वपूर्ण रहेको भन्दै भन्दै यो गुणस्तरलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा मुख्य प्रशिक्षक बिके शर्माले असल अभिभावक, शिक्षकको जिम्मेवारी र कर्तव्यबारे परामर्श तथा प्रशिक्षणमुलक अभिमुखिकरण प्रदान गरेका थिए । उनले बालबालिकालाई अभिभावकले परीक्षामा उत्कृष्ट हुनुपर्छ भनेर अनुचित दबाव दिन नहुने बरु उसको क्षमता र रुचि पहिचान गरेर सोही अनुसारको क्षेत्रमा अघि बढ्न प्रेरित गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य टुकबहादुर क्षेत्रीले अनुशासित, संस्कारयुक्त शिक्षा दिएर विद्यार्थी र अभिभावकको विश्वास जित्ने गरी विद्यालय अघि बढेको बताए । विद्यार्थीको सिकाइ प्रक्रियामा घरको वातावरण अनुकुल हुनुपर्ने भएकोले विद्यालयले अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम गरेको उनले बताए । बालबालिकाहरुलाई एउटा सफल ब्यक्ति बनाउनको लागि हरेक ब्यक्तिले सकारात्मक सोंचाइमा विकास गर्नु पर्ने र बालबालिकाहरुको इच्छालाई भन्दा पनि उसको आवश्यकतालाई ध्यान दिनुपर्ने प्राचार्य क्षेत्रीको धारणा थियो । हिजो र आजको पढाइको पद्धतिमा फरक रहेको भन्दै स्कुल÷कलेज मात्रै नभई अभिभावकले समेत बालबालिकाको स्वास्थ्य, खानपिन, संगत र बालबालिकाले प्रयोग गर्ने डिभाइसहरु चलाउने कुरामा विशेष ध्यान दिनुपर्ने प्राचार्य क्षेत्रीले बताए । अभिभावक आफूले पनि मोबाइल लगायतका डिभाइसहरु चलाउन कम गर्ने र बच्चालाई समेत कन्ट्रोल गर्न सक्नुपर्ने उनले बताए ।

विद्यालयका सञ्चालक उमापति न्यौपानेले अनुशासन र संस्कारले नै विद्यार्थी जीवनका हरेक मोडमा सफल हुने भएकाले अभिभावकले यी कुरामा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा सहभागी अभिभावकहरुले बालबालिकाप्रति अभिभावकहरुले बहन गर्नुपर्ने दायित्वका बारेमा स्पष्ट भएको बताउँदै अभिभावक लक्षित यस्ता प्रेरणादायी कार्यक्रम आयोजना गरिएकोमा विद्यालयप्रति आभार व्यक्त गरे । कार्यक्रममा विद्यालयका अध्यक्ष गमप्रसाद रेश्मी, विद्यालयका सहप्राचार्य दिवाकर खनाल, व्यवस्थापन संकाय संयोजक दिनेश पाण्डे, विज्ञान संकाय संयोजक लक्ष्मण गैरे, संयोजक पशुपति चौधरी, विद्यालय संयोजक हरि पौडेल, प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरि पाण्डे लगायतले अभिभावक,शिक्षक र कर्मचारी अभिमुखिकरणले विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार आउने धारणा राखे । २०५६ सालमा स्थापना भएको संस्थाले स्थापना कालदेखि नै पढाई सँगै अतिरिक्त क्रियाकलाप र खेलकुदमा अब्बल नतिजा हासिल गर्दै दक्ष डाक्टर, इन्जीनियर, सिए, राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?