ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

स्थानीय तहको आफ्नै लगानीमा साक्षरता

३० बैशाख २०८१, आइतबार
३० बैशाख २०८१, आइतबार

सल्यान, ३० बैशाख । प्रारम्भिक कक्षाका बालबालिकामा पठनसीप र पढ्ने बानीको विकासका लागि प्रभावकारी मानिएको साक्षरता कार्यक्रमलाई सल्यानका स्थानीय तहले आफ्नै लगानीमा संचालन सुरु गरेका छन् । जिल्लामा उदाहरणीय बनेको साक्षरता कार्यक्रम दुई स्थानीय तहले बिस्तार गर्ने भएका हुन् । यस अघि रुम टु रिड संगको साझेदारीमा संचालित कार्यक्रमलाई जिल्लाको शारदा नगरपालिका र बागचौर नगरपालिकाले बिस्तार गर्ने भएका हुन ।

कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षाका बालबालिका हरूमा बालमैत्री बसाइ ब्यबस्थापन, बालमैत्री पुस्तकालय, शिक्षक तालिम, पढाइ बिकास सामाग्री सहयोग जस्ता क्रियाकलाप र कार्यक्रम बिद्यालयमा संचालन हुनेछन् । शान्त वातावरण तथा कक्षा कोठा व्यवस्थापन संगै बालबालिकाले खेल्दै, गाउंदै पढ्ने गर्दा राम्रो प्रभाव देखिने भएकाले आफ्नो नगरपालिकाको थप बिद्यालयमा साक्षरता कार्यक्रम विस्तार गर्न लागिएको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले जानकारी दिए । श्रीनगरमा शनिबार प्रशिक्षक प्रशिक्षण तालिमको समापन कार्यक्रममा बोल्दै उनले सिक्नका लागि विद्यार्थीलाई उपयुक्त वातावरण र शिक्षकका लागि क्षमता विकास आवश्यक रहेको बताए ।
शारदा नगरपालिका र बागचौर नगरपालिका का १३ जना प्रशिक्षक लाई रुम टु रिडको प्राविधिक सहयोग तथा मानव संसाधन बिकास केन्द्र, सुर्खेतको सहकार्यमा प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरिएको हो । गत मंगलबारदेखि शनिबार सम्म एकीकृत पाठ्यक्रममा आधारित प्रारम्भिक कक्षामा पठन सीप विकास सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरिएको हो ।

तालिमसँगै अब दुबै स्थानीय तहमा प्रारम्भिक कक्षा १ र २ मा पढाउने शिक्षकहरूलाई सिकाइ सहजीकरणमा सहयोग पु¥याउने अपेक्षा छ । तालिम समापन कार्यक्रममा बागगचौर नगरपालिकाका शिक्षा प्रमुख चित्रा बस्नेतले नगरपालिकाले अपनत्व लिएर पठन सिपको कार्यक्रम अगाडि बढाउन लागेकोले नगरभित्रका सबै बिद्यालयमा पु¥याउन पहल गर्ने बताइन । रुम टु रिडका कार्यक्रम ब्यबस्थापक खड्ग कुवरले साक्षरता कार्यक्रमलाई आफ्नो पालिकाको योजनामा राखी मुलप्रबाहिकरण गर्न आग्रह गरे । उनके स्थानिय तहको शैक्षिक बिकासमा रुम टु रिडले प्राबिधिक सहयोग गर्न सधै तयार रहेको बताए । आफूले प्रशिक्षण सीप राम्रो संग सिक्न पाएकोले नगरपालिकालाई प्रशिक्षण कार्यमा सहयोग गरेर शैक्षिक बिकासमा योग्दान पुर्याउन तयार रहेको प्रशिक्षणमा सहभागी शिक्षकहरूको भनाइ छ । सो अवसरमा शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटाले सहभागीलाई प्रमाणपत्र बितरण गर्दै सिकेको सिपलाइ विद्यालयमा उपयोग गर्न अनुरोध गरेकी थिइन । साक्षरता कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षामा पढाइ लेखाइ कार्यक्रम र प्राथमिक कक्षा लक्षित पुस्तकालयले गर्दा विद्यार्थीको पठनसीपमा राम्रो बिकास भएको पाइएको छ । शिक्षामा गुणस्तर वृद्धि गर्ने उद्देश्यले संचालन गरिएको यो कार्यक्रम लागु भएपछि विद्यार्थीले कक्षा कोठामा रमाएर पढ्न गरेको र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण पनि बढेको सम्बन्धित बिद्यालयहरूले जनाएका छन् ।
रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले अबका दिनमा स्थानीय तहहरूले आफ्नो प्रणालीमा एकीकृत गरेर सबै बिद्यालयमा कार्यक्रम बिस्तार गर्न सकेमा शैक्षिक गुणस्तर बिकासमा ठूलो उपलब्धि हासिल गर्न सकिने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?