© २०२३
रोट्रा¥याक क्लव अफ तिनाउ सिटीको आयोजनामा रूपन्देहीमा पहिलो पटक हिले फुटवल प्रतियोगीता भएको छ । पहिलो पटक भएको फुटवल प्रतियोगिताको उपाधि रोट्रा¥याक क्लव अफ क्षितिज ईन्टरनेशनलले हात पारेको छ । तिलोत्तमा नगरपालिका स्थित जानकीनगरमा आयोजक रोट्राक्याक क्लव अफ तिनाउ सिटीलाई टाईबेकरमा १–० ले हराउँदै रोट्रा¥याक क्लव अफ क्षितिज ईन्टरनेशनलले उपाधि हात पारेको हो । निर्धारित २० मिनेटको समयमा कुनै पनि गोल नभएपछि खेल टाईकेबरमा धकेलिएको थियो ।उपाधि विजेता टिम रोट्रा¥याक क्लव अफ क्षितिज ईन्टरनेशनललाई रोटरी क्लव अफ बुटवल साउथका पूर्व अध्यक्ष ईन्द्र सुनार, क्लवका अध्यक्ष प्रकाश पराजुलीले संयुक्त रूपमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
त्यस्तै उपविजेता बनेको आयोजक रोट्रा¥याक क्लब अफ तिनाउ सिटीले पनि शिल्ड, मेडल र प्रमाण पत्र हात पा¥यो । रोटरी क्लव अफ बुटवल साउथका पूर्व अध्यक्ष ईन्द्र सुनारले यस्तो प्रतियोगिता नौलो भएकाले क्लव बीचको सम्बन्धलाई अझ बिस्तार गर्न मद्दत मिल्ने बताए ।कार्यक्रममा रोट्रा¥याक क्लब अफ तिनाउ सिटीका संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरी, निवर्तमान अध्यक्ष उमेश अधिकारी, रोट्रा¥याक क्लव अफ बुटवलका निरज पाण्डे, कार्यक्रम संयोजक कमल सापकोटा लगायतले बोलेका थिए । जोन ११ र १२ का १६ टिमको प्रतियोगितामा सहभागिता रहेको थियो । à