ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार
श्रमिक दिवस :

तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी

१९ बैशाख २०८१, बुधबार
१९ बैशाख २०८१, बुधबार

बुटवल,१९ बैशाख । पाल्पाको तत्कालीन नायर नमतलेस गाउँका तिलप्रसाद भट्टराई भारतमा वर्षौंसम्म पियन काम गरे । पछि नेपाल फर्केर नमूना उद्योगी बने । उनको संघर्ष र जीवन कथा धेरैका लागि प्रेरणादायी छ । नौ वर्षको उमेरमा परिवारको इच्छाविपरीत कक्षा १ मा भर्ना भएका तिलप्रसाद भट्टराई प्रथम भएर कक्षा जम्प गर्दै एकैवर्षमा तीन कक्षामा उक्लिए । कक्षा ३ मा पनि प्रथम भएपछि सिधै कक्षा ७ मा पुगे ।

पढाइमा अब्बल तिलप्रसाद ८ कक्षा पास गरेपछि नर्मल ट्रेनिङ परीक्षा उत्तीर्ण गरेर हेडमास्टर हुन पाइने त्यतिबेलाको चलन अनुसार आवेदनका लागि फोटो खिच्न तानसेन गए तर त्यहाँ फोटो खिच्न नपाएपछि फोटो खिच्नकै लागि बुटवल झरे ।
बुटवलमा फोटो स्टुडियोले क्यामेरामा रिल भर्खर नयाँ राखेकाले रिल सकिएर फोटो तयार हुन एक हप्ता लाग्ने बताएपछि भट्टराईको हेडमास्टर बन्ने सपना अधुरै रहने निश्चित भयो । किनकि आवेदनको म्याद २ दिन मात्रै थियो ।

परिवारले ८ कक्षाभन्दा माथि पढाउन्नन् भन्ने बुझेका तिलप्रसाद फोटो खिच्न मागेको १० रुपैयाँ र आफूसँग भएको १५ रुपैयाँ साथमा राखेर बुटवलतिरै जागिर खोज्ने र बस्ने निधोमा पुगे ।

०२७ साल माघमा जागिर खोज्दै उनी बुटवलको तत्कालीन सीपीडब्लु सडक विभागको कार्यालयमा पुगे । त्यहाँ भेट भएका एकजना व्यक्तिले भारतको बस्तीमा शिक्षकका घरमा खाना पकाउने जागिर मिलाइदिएपछि भट्टराई दङ्ग पर्दै उतै लागे ।

हिन्दी बोल्नै नजानेका तिलप्रसादले शुरुका दिनमा निकै गाली सहनुपर्‍यो । उनी सम्झिन्छन् –हिन्दी भाषा नबुझ्दा नुन माग्दा बेसार अनि पानी माग्दा तेल पनि दिएं ।

विस्तारै भाषा बुझ्दै गएर मेहनतपूर्वक काम गर्दै गएपछि ती भारतीय शिक्षकले भट्टराईलाई असाध्यै माया गर्न थाले । भट्टराईको बाल्यकाल र पढाइको अब्बल पृष्ठभूमि पनि थाहा पाएपछि उनलाई आफूसँगै राखेर पढाउन तयार भए ।

अतीतलाई सम्झिँदै तिलप्रसाद भन्छन् ‘नेपालीहरुलाई बहादुर, गोर्खाली भन्दै हेपेको र अपमान गरेको देखपछि भारतमा बस्ने मन मर्‍यो, अनि नेपाल फर्कें
भारतीय शिक्षकले स्कूल तह उत्तीर्ण गरेको प्रमाणपत्र बनाइदिएर पोलिटेक्निकल कलेजमा इलेक्ट्रिक विषय पढाउन थाले । दुई वर्षसम्म इलेक्ट्रिक विषय पढेपछि तिलप्रसादले भारतको नेसनल रेडियो कम्पनीमा पियनको जागिर खान थाले ।

‘मासिक ४० रुपैयाँ तलब पाउने गरी पियनको काम गरें’ तिलप्रसादले सम्झिँदै थपे ‘६ महिना राम्रोसँग काम गरेर मालिकको मन जितेपछि टाइपराइटर र एकाउन्टेन्टको काम गर्न दिए । तलब पनि ७० रुपैयाँ पुग्यो ।’

तर कडा परिश्रम र फौजी नियममा बाँधिएर बस्न नसक्ने देखेपछि तीनदिनमै आर्मी क्याम्पबाट भागेर पुनः पुरानै जागिरमा फर्के । त्यसपछि नेसनल रेडियो कारखानामै इलोक्ट्रोनिक टेक्निसियनको रुपमा काम शुरु गरे भट्टराईले ।चार वर्षसम्म टाइपराइटरको काम गर्दा उनको तलब बढेर १ सय १४ रुपैयाँ पुगेको थियो । तर, उनी सन्तुष्ट भएनन् र भारतीय सेनामा भर्ती हुन पुगे, मालिकलाई थाहै नदिई ।

त्यहाँ पनि कुशलतापूर्वक आफ्नो क्षमता देखाएर उनी एक हजार कामदारका सिनियर बने । ‘त्यहाँ मेरो तलबबाहेक मासिक इन्सेन्टिभ मात्रै ५०र६० हजार हुन थाल्यो । रेडियो कारखानाको मालिक प्रभावित भएर दिल्लीमा घर नै किनिदिए’ भट्टराईले विगत सम्झिने क्रममा भने ।

दिल्लीमा १४ वर्ष बस्दा कमाइका हिसाबले नसोचेको सफलता हासिल गरे भट्टराईले । उनी त्यहाँ मल्टिमिटर टेक्निसियन बनिसकेका थिए । ‘जति कमाए पनि भारतीयले नेपालीलाई गर्ने व्यवहार र हेर्ने दृष्टिकोण हेपाहारअपमानजनक पाएपछि भारतमा नबस्ने र नेपालमै फर्केर केही गर्ने निश्चय गरेँ,’ अतीतलाई सम्झिँदै तिलप्रसाद भन्छन् ‘नेपालीहरुलाई बहादुर, गोर्खाली भन्दै हेपेको र अपमान गरेको देखपछि भारतमा बस्ने मन मर्‍यो, अनि नेपाल फर्कें ।’

०४८ सालमा नेपाल फर्किंदा उनीसँग ४ छोरा, एक छोरी र श्रीमती थिए । २० वर्ष भारत बसेर फर्केपछि तिलप्रसादले नेपालमा आफूले जानेको क्षेत्रमा के गर्न सकिन्छ भनेर बजार अध्ययन गरे ।

अध्ययनबाट उनले नेपालमा केबुल तार बनाउने उद्योगको राम्रो सम्भावना भेट्टाएपछि बुटवल औद्योगिक क्षेत्रमा साथीहरुसँग मिलेर ७ लाख लगानी गरी लुम्बिनी केबुल उद्योग खोले । यो उद्योगले नेपालमै पहिलोपटक टेलिभिजन, रेडियो, इमर्जेन्सी लाइट आदिमा लाग्ने लिड तार र डिस एन्टिनामा लाग्ने तारहरुको उत्पादन थाल्यो ।

अथक परिश्रमी र सकारात्मक सोचका धनी तिलप्रसादले साझेदारी उद्योगमा ७० लाख लगानी पुर्‍याए । साझेदारी तीनवटा उद्योगमा सयजना भन्दा बढीलाई रोजगारी दिएका छन्
६ महिना राम्रोसँग चलेको उद्योगमा विस्तारै चालु पुँजी कम हुन थाल्यो । पुँजी थप्न बैंकमा ऋणका लागि जाँदा त्यतिबेला तिलप्रसादलाई कसैले पत्याएनन् । ‘नयाँ भएकाले बैंकहरुले कुरा सुनेको नसुने झैं गरे । कतिपय आफ्नै साथीहरुले पनि ऋण लिने कुरामा असहयोग गरेर निराश अनि हतोत्साही बनाए’ तिलप्रसाद सम्झन्छन् ‘उद्योग चलाउनैपर्छ भनेर २ लाख ऋण पास गराउन २० हजार घुस दिएर भए पनि काम गराएँ ।’

त्यसपछि तिलप्रसादले पछाडि फर्केर हेर्नुपरेको छैन । लुम्बिनी केबुल उद्योगले देशव्यापी बजार लिन सफल भयो । उद्योगको सफलता देखेर तत्कालीन नेपाल औद्योगिक विकास निगम एनआईडीसीले ०५१ सालमा उद्योगलाई २० लाख कर्जा दियो ।

सोही साल नै भट्टराईले प्लास्टिक उद्योगलाई चाहिने कच्चा पदार्थ दाना उत्पादन गर्ने गरी लुम्बिनी पोलिमर प्रालि र नेपालमै पहिलोपटक प्लास्टिकका मिटर बक्स बनाउने लुम्बिनी प्लास्टिक फिटिङ प्रालि स्थापना गरे । उद्योगहरु सफल हुन थालेपछि भट्टराईले बैंकबाट पटक पटक गरी लिएको ८२ लाख ऋण पनि चुक्ता गरे ।

०५४ सालसम्म आइपुग्दा तिलप्रसादले सबै साझेदारलाई शेयर रकम बराबर बनाइदिए । सोही वर्ष ७५ लाख कर्जा लिएर ०५८ सालमा चुक्ता गर्न सफल भए । इमान्दारिताका साथ समयमै कर्जा भुक्तानी गर्दै गएकाले आफ्नो उद्योगलाई एनआईडीसीले असल ऋणीको सूचिमा राखेको भट्टराई बताउँछन् ।

अथक परिश्रमी र सकारात्मक सोचका धनी तिलप्रसादले साझेदारी उद्योगमा ७० लाख लगानी पुर्‍याए । साझेदारी तीनवटा उद्योगमा सयजना भन्दा बढीलाई रोजगारी दिएका छन् ।

तिलप्रसाद यत्तिमै सन्तुष्ट भएनन् । साझेदारी उद्योगसँगै उनले आफ्नो एकल लगानीमा छुट्टै दुईवटा उद्योग चलाएका छन् । २ करोड लगानीमा पूजा प्लास्टिक उद्योग र ४० लाख लगानीमा पूजा इलेक्ट्रिक प्रोडक्ट उनले एक्लै चलाएका छन् ।

७५ वर्षको उमेरमा पनि युवाजस्तै जोसिला र जाँगरिला देखिने भट्टराईले आफ्ना दुईवटा उद्योगमा करिब ५० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । उनको उद्योगबाट नेपालमै पहिलोपटक प्लास्टिक हेंगर, पिठो चाल्ने चाल्नी, डोर बेल, पर्दा झुण्डाउने पाइप इत्यादि उत्पादन हुन्छन् ।

भट्टराई अहिले पनि श्रम गर्न पछि पर्दैनन् । अहिले मलाई नपुग्दो केही छैन, तर आवश्यक पर्‍यो भने कमदारसरह काम गर्न म हिच्किचाउन्न– तिलप्रसादले भने–जीवनमा सफलता हासिल गर्न श्रम नगरी हुंदैन, श्रमविनाको सफलता दिगो हँदैन, मेरो अहिलेको सफलताको एउटै सूत्र श्रमप्रतिको मेरो सम्मान र लगाव नै हो ।’

अरुको घरमा मजदुरीबाट जीवनयात्रा शुरु गरेका यिनै भट्टराई अहिले उद्योगीहरुका नेतासमेत बन्न सफल भए । उनी बुटवल औद्योगिक क्षेत्र उद्योग संघको अध्यक्ष र नेपाल औद्योगिक क्षेत्र उद्योग संघको केन्द्रीय अध्यक्षसमेत बने।

देशको समुचित विकास गर्न र युवाको विदेश पलायन रोक्न तराईमा भन्दा पहाडी क्षेत्रमा उद्योग स्थापनामा प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । ‘नेपालमा अरु देशबाट सामान ल्याएर ब्यापार गर्ने परिपाटी मात्रै छ, यसले देश बन्दैन, देश बनाउन उद्योग र आफ्नै देशमा नै श्रम गर्नुपर्छ’ भट्टराई भन्छन् ‘देश विकास र रोजगारीको आधार नै उद्योग हो ।’

सरकारले युवाहरुलाई स्वदेशमै श्रम गर्न उत्प्रेरित गर्ने र उद्यमशील बनाउने नीति बनाउनुपर्ने, कच्चा पदार्थ उपलब्ध गराउनुपर्ने र उद्योगसञ्चालन सम्बन्धी तालिमहरु दिनुपर्ने भट्टराई सुझाउँछन् ।

‘हामी केही मान्छे मात्रै धनी भएर पुग्दैन, देश धनी र आत्मनिर्भर बन्न हामी सबैले श्रम गर्न लाज मान्नुहुँदैन, जति पनि विकासमा फड्को मारेका देश छन्, त्यो त्यहाँका जनताको श्रमकै परिणाम हो, हामी पनि श्रममा रमाउन सक्यौं भने मात्रै विदेशीले हामीलाई हेप्दैनन्, विश्वको जुनसुकै कुनामा नेपालीले अपमान सहनुपर्दैन’ भट्टराई भन्छन्, ‘विशेष गरी युवाहरुले श्रम गर्न र काम सिक्न लाज मान्नुहुँदैन, श्रम र सीपले नै मान्छेलाई परिपक्व बन्न र धन कमाउन सिकाउँछ ।’
उद्योगका अलावा भट्टराई रोटरी क्लब लगायतका संघसंस्थामा आवद्ध भएर सामाजिक र मानवीय सेवामा पनि सक्रिय छन् ।

(यो फिचर बुटवल टुडे दैनिकले २०७५ मा आयोजना गरेको प्रदेशस्तरीय फिचर लेखन प्रतियोगितामा प्रथम भएको हो । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?