ट्रेंडिंग:

>> नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन >> आइतबार स्थिर रहेको सुनको भाउमा सोमबार फेरि नयाँ रेकर्ड >> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’

नीति निर्माण र बजेटमा भौगोलिक विकटतालाई प्राथमिकता दिन सुझाव

१८ बैशाख २०८१, मंगलवार
१८ बैशाख २०८१, मंगलवार

दाङ, १८ वैशाख ।

नीति निर्माण गर्दा र बजेट ल्याउँदा भौगोलिक विकटतालाई प्राथमिकता दिनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयको आयोजना, द एसिया फाउन्डेशनको सहकार्य र अपिल मिडिया प्रालिको समन्वयमा नीति, योजना र विकासमा जनसंख्या तथ्याङ्कको प्रयोग सम्बन्धी अन्तत्र्रिmया कार्यक्रम दाङको भालुवाङमा भएको कार्यक्रमका सभासदले यस्तो धाराणा राखेका हुन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशमा बसाईसराई तीब्र रुपमा भएको बताए । पहाडका जिल्लाबाट तराईमा बसाईसराई भइरहेको छ । यसको कारण विषय विज्ञले अध्ययन गर्नुपर्ने बताए । सुबिधा र सेवा गाउँमा पुगिरहेको छ तर मानिस बसाइँसराइ गरेर शहरमा जाने क्रम बढेकोमा दुख व्यक्त गरे । गाउँमा जनसंख्या पातलो भएको छ । गाउँमा भएका मानिस सुबिधा खोज्नका लागि बसाइँसराइ धेरै भएकाले यसलाई कसरी रोक्न सकिन्छ यसमा सबैले चासो दिनुपर्ने बताए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका तथ्याङ्क उपप्रमुख डा.हेमराज रेग्मीले नीति, योजना र विकासमा जनसंख्या तथ्याङ्कको प्रयोग विषयमा प्रस्तुति राखेका थिए । उनले तथ्याङ्कका आधारमा देशका नागरिकको अवस्थाको बारेमा जानकारी हुने र त्यसका आधारमा नीति प्रकृया, योजना बनाउन, तथ्य थाहा पाउन, तुलनात्मक अध्ययन, प्रक्षेपण तथा लक्ष्य निर्धारण, अन्तर्राष्ट्रिय तुलना र अध्ययन÷अनुसन्धानका लागि तथ्याङ्क आवश्यक रहेको बताए । उनले राष्ट्रिय जनगणना २०७८ का नतिजा र लुम्बिनी प्रदेशका १२ जिल्लाको जनगणना २०७८का बारेमा जानकारी दिएका थिए ।

राष्ट्रिय तथ्याङ्क कार्यालय जनसंख्या विज्ञ पूर्व महानिर्देशक नेविनलाल श्रेष्ठले तथ्याङ्कले देशको अवस्थाको बारेमा जानकारी हुने बताए । यसले नेपालीको जीवनमा पक्षहरु जनसंख्याको आकार, प्रकार, संरचना, वितरण तथा विश्लेषण, आर्थिक अवस्था आदिका बारेमा चित्रण हुने बताए ।

लुम्बिनी प्रदेशका सभासद रामजीप्रसाद घिमिरेले जनसंख्या जहाँ धेरै छ त्यहाँ विकासका योजना धेरै लगिने गरिन्छ यसो नगरी विकास नपुगेका स्थान वा भुगोललाई पनि समेट्न जोड दिए । शहरमा जनसंख्या केन्द्रित गर्ने नीति राख्न नहुने बताए । शहरमा जनसंख्या थुप्रिने र गाउँघरका जमिन बाँझो रहने अवस्था आएको बताए ।

नेपाली काङ्ग्रेसका सचेतक निमा गिरीले डाटा सही आउन नसकेर देशमा विकास हुन नसेको बताइन् । उनले सही डाटा आएमा विकास र योजना अगाडि बढाउन सजिलो हुने बताइन् ।

अर्का सभासद बिष्णु पन्थीले गाउँगाउँमा बाटो, शिक्षा र स्वास्थ्यको सुविधा पुगेको छ तर मानिस रोजगारी वा अन्य सुबिधाका लागि बसाइ सर्ने गरेको बताए ।

अर्का सभासद वीरबहादुर राणाले योजना बनाउँदा पूर्व तयारी गरेर बनाउनपर्ने बताए । बसाँईसराइलाई रोक्नका लागि एकिकृत कार्यक्रम ल्याउनुपर्ने बताए ।

लुम्बिनी प्रदेश नीति तथा योजना आयोगका सचिव खिमबहादुर कुँवर लगायतले आफ्नो धाराणा राखेका थिए । कार्यक्रममा द एसिया फाउन्डेसनका निर्देशक प्रनय स्थापित, अपिल मिडिया प्रालिका अध्यक्ष चेतन अधिकारी, वरिष्ठ पत्रकार शेखर अधिकारीलगायतले पनि बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?