ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’

१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार

बुटवल, १४ वैशाख ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. सुदर्शन थापा क्षेत्रीले अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा प्रवाहमा पहिलो प्रथमिकता दिइएको बताएका छन् । उनले नयाँ संरचनाको भवन निर्माण काम सुरुवात भईरहेको अवस्थामा मैजुदा अवस्थामा रहेको अस्पतालमा सेवा प्रवाहको लागि अधिकतम् सचेतना अपनाइएको बताएका हुन् ।

सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको सहयोगमा दृष्टिविहिन उत्थान संघ सैनामैना १० सालझण्डीको आयोजनामा अपाङ्गता भएका व्याक्तिहरुको समुदायमा आधारित पुनस्र्थापनाको सन्दर्भमा आयोजित सिबीआर अन्तर्गत सार्वजनिक सेवा प्रवाह अपाङ्गता भएका व्याक्तिहरुले लिने सेवा सुविधाको विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. थापा क्षेत्रीले सामजिक सुरक्षा एकाई र ओसीएमसीमा अपाङ्गता भएका व्यक्तिहरुको लागि सेवा प्रवाहमा अधिकतम सचेतना अपनाएर सेवा प्रवाह गरिरहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने–‘प्रत्येक विरामीलाई अझ बढी प्रभावकारी सेवा प्रवाह गर्ने छौ, मानवीय संवेदना सेवा प्रवाहमा हामी बढी संवेदनशील रहेका छौ’ उनले भने । सबै बिरामीको पिडालाई सहज रुपमा लिएर सेवा प्रवाहमा विशेष ख्याल गरिएको र अझ सहयोगी भाव रहेका अपाङ्गता भएका समुदायको लागि अझ बढी सचेत रहेको उनको भनाई थियो । कसरी सेवा प्रवाह सहज गराउने बनाउने र प्रभावकारी सेवा प्रवाहमा अझ बढी गृहकार्य गरेर काम गर्दै गरेको उनको भनाई छ ।

छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गता भएका व्याक्तिहरुले पाउने सेवा प्रवाहमा प्रादेशिक अस्पतालले राम्रो सहजीकरण गर्दै आएको जानकारी प्राप्त भएको बताउँदै अझ बढि प्रभावकारी सेवा प्रवाहको लागि सहजीकरण गर्नेमा अपेक्षा व्यक्त गरे । उनले खासगरी अपाङ्गता भएका व्यक्तिहरुको उनीहरुको संवेदनशीलतालाई लिएर सोही अनुसारको सेवा प्रवाहमा जोड दिनुपर्नेमा बताएका थिए ।

छलफल कार्यक्रममा ओसीएमसी संयोजक डा. बिप्लप महर्जनले हाल सम्म ३० जनालाई सेवा प्रवाह गरिएको जानकारी गराएका थिए । उनले लैंगिक हिंसा सम्बन्धी ओसीएमसीले सेवा प्रवाह गर्दै गरेको बताउँदै यसको लागि सबै सहकार्य गरेर लैंगिक हिंसामा परेका व्यक्ति, त्यसमा पनि अझ अपाङ्गता भएका व्यक्तिहरुको लागि अझ बढी संवेदनशील भएर काम गर्दै आएको बताएका थिए ।

कार्यक्रममा सामाजिक सुरक्षा एकाई प्रमुख नेत्र प्रसाद आचार्यले सेवा प्रवाहकोे लागि अपाङ्गता भएका व्यक्ति क वर्गकोले पूर्ण निःशुल्क सेवा र ख वर्गको लागि निर्देशिकामा तोकिए बमोजिम छुट प्रदान गर्दै आएको बताएका थिए । उनले अपाङ्गता भएका व्यक्तिहरुको विपन्नता भएर आएको भए थप वडा कार्यालयबाट विपन्नताको पत्र लिएर आउनेहरुको लागि पनि सेवा प्रवाहमा विशेष छुट प्रदान गरिएको बताएका थिए ।

प्रादेशिक अस्पतालका नर्सिङ्ग ईन्चार्ज ज्योती पौडेलले अस्पतालमा धेरै सुधारका काम गरिएको जानकारी दिदै आगामी दिनमा सुधार गरिनुपर्ने कुरामा अझ बढी प्रभावकारी बनाउने प्रतिवद्धता जनाएकी थिईन् । छलफलमा दिप्ती थापा, नमिना राना मगर, शंकर रेग्मी संस्थाका अध्यक्ष मुक्तिनाथ पाण्डे लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा अपाङ्गता सवालको विषयमा पत्रकार कृष्ण खनालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?