ट्रेंडिंग:

>> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन

कार्यालयमा नारा, वनमा डढेलो

वन कार्यालयले जनहितको लागि सूचनामूलक नारा सहितको सूचना जारी गरेको बर्षौं बर्ष बितिसक्यो । तर वन डढेलोे बिनाश झन बढ्दो छ । केही दिनयता देउखुरीका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ ।
२९ चैत्र २०८०, बिहीबार
२९ चैत्र २०८०, बिहीबार

लमही, २९ चैत । ‘बस्ती तथा वन जंगलको छेउ खुला ठाउँमा आगो नबालौं ’ ‘चुरोट, बिँडी खाएर आगो सहितको ठुटा जहाँ तहीँ नफालौं । निभाएर मात्र फालौं’ ‘बालबालिकाहरूको पहुँचबाट सलाई लाईटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू टाढा र सुरक्षित राखौं । जंगल जाँदा उक्त सामग्रीहरू सकेसम्म नलैजाऔं ।’ माथि उल्लेखित बुँदाहरू नेपाल सरकार र वन कार्यालयका वर्षेनी नियमित प्रयोग गरिने नाराहरू हुन् ।
यस्ता नाराहरू वन कार्यालयले जनहितको लागि जारी गरेको सन्देशमुलक सूचना बर्षौं बर्ष बितिसक्यो तर वन डढेलोे बिनाश झन बढ्दो छ । चैत लागेर केही दिनयता देउखुरीका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ । डढेलोले वायुमण्डललाई प्रदूषित बनाएसँगै कतिपय मानवबस्ती नै जोखिममा परेका छन् भने वनको डडेलो गाउँमा पस्दा केही घरहरूमा आगलागी भएको छ । तर यसको नियन्त्रणका लागि वन कार्यालय, प्रदेश, संघ र स्थानीय सरकारसँग न त योजना र समन्वय छ, न बजेट नै । डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, पर्याप्त बजेट नभएको भन्दै डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको छैन ।

प्रदेश सरकार, स्थानीय सरकार र डिभिजन वन कार्यालय दाङ (देउखुरी) डढेलो नियन्त्रणमा बढी जिम्मेवार हुनुपर्ने हो तर स्थानीय सरकारको पहिलो कार्यकाल सकिएर दोस्रो कार्याकालको दोस्रो बर्ष पुग्दा समेत वनडढेलो सम्बन्धी कुनै नीतिगत योजना नै बनाएका छैनन् ।
वनडढेलो रोकथाम सम्बन्धी स्थानीय सरकार र वन कार्यालय अझै अन्यौलमा देखिन्छ । वैज्ञानिक विधि र प्रविधिको प्रयोगमा कुनै पक्षले जोड नदिएको र डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय बासिन्दालाई जिम्मेवार बनाउन पनि डिभिजन वन कार्यालय दाङ (देउखुरी) ले पहल नगरेकाले समस्या कायमै रहेको जानकारहरू बताउँछन् ।

बस्ती नजिकै डढेलो आईपुगेपनि न त समुदाय तात्छन् न प्रहरी प्रशासन तथा स्थानीय सरकारलाई नै खवर गर्छन् । दायित्व कस्को भन्ने कुरा अझै अन्यौलता नै देखिन्छ । नेपालमा फागुन मध्यदेखि जेठ मध्यसम्म वनमा डढेलो लाग्ने विज्ञहरू बताउँछन् । सुख्खा यामका कारण वनक्षेत्र यस समयमा डढेलोको उच्च जोखिम हुन्छ । जानेर वा नजानेर वनमा डढेलो लगाउने गरिन्छ । उता नेपाल सरकार वन मन्त्रालयबाट प्रत्येक वर्ष डडेलो नियन्त्रणका लागि लाखौ लाखको बजेट खर्चिदै आएता भएता पनि गोष्ठी र सेमिनारमा सिमित भएको स्थानीयले आक्रोश पोखेका छन । यदपी सबै यस समयमा चनाखो हुन सके वन संरक्षण गर्न सकिने विज्ञहरू बताउँछन् । दाङ जिल्लाका केही सामुदायिक तथा राष्ट्रिय वन तथा चुरेमाका थुप्रै ठाउँमा डढेलो लाग्ने गरेको इतिहास छ । अघिल्ला वर्षहरूमा भएका डढेलोबाट थुप्रै वनपैदावरको नष्ट भए । तर, वन संरक्षणको जिम्मा पाएको डिभिजन वन कार्यालय दाङ (देउखुरी)ले डढेलोबाट वन जोगाउनका लागि खासै चासो दिएको पाइँदैन । ९९ प्रतिशत डढेलो मानवीय त्रुटीका कारण हुने गरेको विज्ञहरू बताउँछन् ।

विगतका वर्षहरूमा देउखुरीमा कुन ठाउँमा के कति डढेलो लाग्यो र त्यसबाट के कति क्षति भयो भन्नेबारे कार्यालयसँगै कुनै जानकारी नै छैन । कार्यालयले देउखुरीमा हुने डढेलोबारे कुनै जानकारी अध्यावधिक नराखेकाले पनि यसबाट भविष्यमा हुनसक्ने क्षतिबारे कार्यालय मौन छ । डढेलोबारे कार्यालयसँग कुनै जानकारी नभएको सव–डिभिजन वन कार्यालय लमहीका वन अधिकृत विश्वजंग विकले बताए । ‘अघिल्लो वर्ष पनि जिल्लाका विभिन्न वन क्षेत्रमा डढेलो लागेको मौखिक जानकारी भयो, विकले भने–। ‘कहाँ, के कसरी आगलागी भयो भन्नेबारे हामीले कुनै थप जानकारी राखेनौं । क्षतीको सम्पूर्ण विवरण ल्याउन सामुदायिक वनलाई परिपत्र गरेका छाँै ।

वन क्षेत्रमा डढेलो लाग्दा लाखौं, करोडौंको वन पैदावर नष्ट हुन्छ । साइकलमा वनबाट लिएर आएको एउटा मुढा समाएर बहादुरी देखाउने वन कार्यालयले डढेलोका कारण ठूलो मात्रामा वन पैदावारको नाश हुँदा कुनै चासो नदिने गरेको पाइन्छ । डढेलोबारे स्थानीयलाई जनचेतना दिन केही आधारभूत कार्यक्रम भए पनि वन कार्यालयसँग ठोस कार्यक्रम भने छैन । यता डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका सूचना अधिकारी छोटेलाल चौधरी र डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका सहायक वन अधिकृत दिनेश डाँगीले यस विषयमा आफूलाई केही जानकारी नभएको बताउँछन ।अघिल्ला वर्षमा भएका डढेलो क्षेत्रमा गएर डढेलो नियन्त्रणबारे जनचेतना दिनुपर्नेमा वन कार्यालयसँगै यससम्बन्धी कुनै तथ्यांक नहुँदा उसले सञ्चालन गरेको राष्ट्रिय कार्यक्रमहरू पनि प्रभावहीन बन्ने गरेका छन् । उता लुम्बिनी प्रदेश सरकार गृहमन्त्रालयका सहसचिव खिमानन्द ज्ञावलीले डडेलो नियन्त्रणका लागि सरोकारवालाहरू बीच समन्वय भैरहेको बताए ।उनले प्रत्येक बर्ष प्राकृतिक सम्पदासँगै मानबिय क्षति हुँदै आएको बताउँदै यसलाई कन गर्न सबै जिम्मेवार निकाय सहज हुन जरुरी रहेको बताए । ज्ञवालीलका अनुसार गत आर्थिक बर्षमा लुम्बिनी प्रदेशमा ६१ जना मानिस आगलागीबाट घाइते तथा २१ जनाको मृत्यु भएको बताए ।

जिल्लाका विभिन्न सामुदायिक वनहरूमा पनि समूहकै सक्रियतामा सावधानीका साथ डढेलो लगाउने गरेको पाइन्छ । यसका लागि अग्नि रेखा बनाउने गरिएको छ । तर, जिल्लाका पहाडी क्षेत्रमा भने जानीजानी वा अन्जानमा वन क्षेत्रमा डढेलो लगाउने गरेको वन प्राविधिकहरूको भनाइ छ । निजी स्वार्थका लागि पनि वन क्षेत्रमा डढेलो लगाउने गरिएको डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका प्रमुख राजु क्षेत्रीले बताउँछन । वनमा डढेलो लाग्दा वन पैदावर नष्टका साथै जीवजन्तु पनि मारिने र विस्थापित हुने गरेका छन गरिएको छ । त्यस्तै, जिल्लाका विभिन्न सामुदायिक वनहरूमा पनि समूहकै सक्रियतामा सावधानीका साथ डढेलो लगाउने गरेको पाइन्छ । यसका लागि अग्नि रेखा बनाउने गरिएको छ । तर, जिल्लाका पहाडी क्षेत्रमा भने जानीजानी वा अन्जानमा वन क्षेत्रमा डढेलो लगाउने गरेको वन प्राविधिकहरूको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?