ट्रेंडिंग:

>> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन

प्रविधिले बढायो पेनाल्टी, पेनाल्टीमा रोनाल्डो र मेस्सीकै चर्चा

११ असार २०७५, सोमबार
११ असार २०७५, सोमबार

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलमा समुह चरणका खेल भइरहेका छन् । समुह चरणका खेल भइरहँदा विभिन्न टिमले पाएको पेनाल्टीको चर्चा भइरहेको छ । हुनपनि रसिया विश्वकपमा पेनाल्टीको सदुपयोग गर्न सक्ने खेलाडी क्रिष्टियानो रोनाल्डो र पेनाल्टी मिस गर्ने खेलाडीमा लियोनल मेस्सीको नाम चर्चामा रह्यो ।

क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी गएको हप्ता मेस्सी पेनाल्टी गोलमा चुकेपछि उनीहरुबीच को महान रु भन्ने सम्मका चर्चा चले । रोनाल्डोले स्पेनविरुद्ध खेल शुरु भएको ४ औं मिनेट पाएको पेनाल्टीलाई गोलमा परिणत गरे । रोनाल्डो यस विश्वकपमा धेरै गोल गर्ने खेलाडीका रुपमा पर्छन् ।

तर, यता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको हकमा पेनाल्टी भारी भयो । उनले अर्जेन्टिना र आइसल्याण्डबीचको खेलमा पाएको पेनाल्टीमा चुके । आइसल्याण्डसँगको खेलमा १—१ गोल बराबरी खेले । मेस्सीले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्न सकेको भए अर्जेन्टिनाले पहिलो खेल जितेको हुन्थ्यो र नकआउट चरणमा पुग्ने सम्भावना अहिलेको जस्तो कठिन हुँदैनथ्यो ।

बम
त्यस्तै, अर्को पेनाल्टी पेरु र डेनमार्कबीचको खेलमा पेरुका खेलाडी क्रिष्टियन क्युभाले त्यसैगरी चुके । उक्त पेनाल्टी चुकेपछि डेनमार्कसँग पेरुले पराजय भोग्नुपर्यो । रसिया विश्वकपमा अर्को पेनाल्टी चुकाउने खेलाडी आइसल्याण्डका गेलिफी सिर्डसन हुन् । आइसल्याण्ड र नाइजेरियाविरुद्धको खेलमा सिर्डसनले पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा २—० गोल अन्तरले पराजित भयो । अहिले आइसल्यान्डको नकआउट चरण चुनौतिपूर्ण भएको छ ।

रसिया विश्वकपमा भएका अहिलेसम्मका खेलमा कतिपेनाल्टी दिइयोरु कति पेनाल्टीमा गोल भए वा गोल हुन सकेनन् रु र यसअघिका विश्वकपमा सबैभन्दा धेरै पेनाल्टी कति भए रु
रसिया विश्वकपमा अहिलेसम्म भएका ३२ खेलमा १६ पेनाल्टी दिएको छ । जसमध्ये भिडियो असिस्टेन्ट रेफ्रि ९भीएआर० बाट ६ पेनाल्टी दिइएको छ । १६ पेनाल्टीमध्ये १३ वटा पेनाल्टी गोलमा परिणत भएका छन् भने ३ वटा पेनाल्टी असफल भएका थिए ।

विश्वकपमा १८ पेनाल्टीको रेकर्ड

यसअघिका विश्वकपमा सबैभन्दा धेरै १८ पेनाल्टी पाएको रेकर्ड छ । सन् १९९०, १९९८ र २००२ को तीनै संस्करणको विश्वकपमा समान १८–१८ पेनाल्टी पाएका थिए ।

विश्वकप इतिहासमा पहिलो पटक पेनाल्टी सन् १९८२ मा दिइएको थियो । यसअघिको विश्वकपमा पेनाल्टी दिने प्रचलन खासै नभएपनि अन्य प्रतियोगिताहरूमा भने पेनाल्टी दिने गरिन्थ्यो । सन् १९८२ को विश्वकपको सेमिफाइनलमा जर्मनी र फ्रान्सबीचको खेलमा पहिलो पटक पेनाल्टी दिइएको थियो ।

यो खेलमा जर्मनी र फ्रान्सले निर्धारित समय र थप गरिएको समयमा पनि ३—३ गोलको बराबरी खेलेपछि पहिलो पटक विश्वकपमा पेनाल्टीबाट खेलको टुंगो लगाइएको थियो । पेनाल्टी सुटआउटमा जर्मनीले फ्रान्सलाई ५–४ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको इतिहास छ ।

प्रविधिले बढायो पेनाल्टी
रसिया विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्री ९भीएआर० प्रविधिको प्रयोग व्यापक रुपमा भएको छ । भने यसको आलोचना पनि उतिकै रुपमा भएको छ ।
भीएआर प्रविधि स्वच्छ खेलको रुपमा मानिएपनि फुटबलकै हस्ती तथा राष्ट्रले हटाउनुपर्ने तर्क पनि राखेका छन् । हुन त यो भीएआर प्रविधि यसै विश्वकपदेखि सुरुवात गरिएको हो । यसअघि फिफा कन्फिडेरेसन कपमा पनि यो प्रविधि प्रयोग गरिएको थियो ।
रेफ्रीले नदेखेको अवस्थामा अथवा रेफ्रि चुकेको अवस्थामा भीएआरले म्याच रेफ्रिलाई फलको संकेत गर्छन् । म्याच रेफ्रिले भीएआरले उपलब्ध गराएको भिडियो हेरेर निर्णय गर्छन् ।
समूह इ मा रहेको ब्राजिल र कोष्टारिकाबीचको खेलमा नेयमारलाई लडाएको भन्दै रेफ्रिले पेनाल्टी दिइसकेका थिए । तर, भीएआरको रिभ्युपछि रेफ्रिले त्यो गल्तीलाई सच्याउँदै पेनाल्टी नभएको इसारा गरे ।
विश्वकपमा अझै आधाभन्दा बढि खेल बाँकी छ । यहि अनुपातमा पेनाल्टी हुँदै जाने हो भने विश्वकपको इतिहासमा यो विश्वकप सबैभन्दा बढि पेनाल्टी भएको विश्वकप हुने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?