ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

कुष्ठरोगीलाई समाजमा अझै पनि लान्छना र विभेदको डर

१७ फाल्गुन २०८०, बिहीबार
१७ फाल्गुन २०८०, बिहीबार

नेपालगञ्ज, १७ फागुन ।

दाङकी सुकमाया क्षेत्रीलाई कलकलाउँदो उमेरमै कुष्ठरोगको संक्रमण भयो । अहिले उनी करिव ६ दशक पार गरिसकेकी छिन् । समयमा उपचार नपाउँदा उनले दुबै खुट्टाको पैतला र हातका औंला गुमाईन् । बाँकेको जानकी गाउँपालिका –३ मानपुर स्थित साईनिङ अस्पतालमा उपचार गराईरहेकी सुकमायाले पहिले उपचारको ब्यवस्था नहुँदा आफ्नो शरीर अंगभंग भएको बताउँछिन् । उनी भन्छिन्, ‘पहिले यो रोगको उपचार गर्ने अस्पताल थिएन त्यसैले मैले टेक्ने दुबै पैताला गुमाएँ ।’ बिगत १२ बर्षदेखि मात्र अस्पतालबाट उपचार सेवा लिईरहेकी क्षेत्रीले कृत्रिम खुट्टा लगाएर बैशाखीको सहाराले मात्र हिँड्न सक्छिन् ।

कुष्ठरोग संक्रमणको सुरुवाती चरणमा दुवै खुट्टाको पैताला नराम्ररी फुटेर घाउ भएको उनी सम्झिन्छिन् । लामो समयसम्म खुट्टाको घाउ निको नभएपछि समाजले घृणा गर्न थालेपछि र परिवारले समेत घरमा बस्न नदिई घरदेखि टाढा छुट्टै छाप्रोमा बसालेको उनी बताउँछिन् । विवाह गर्ने उमेरमै कुष्ठरोगको शिकार भएपछि समाज र परिवारबाट अपहेलीत भएर छाप्रोमा एक्लो जिन्दगी काटेको सुकमायाले सुनाईन् । ‘अहिले त परिवारमा पनि कोही छैन’, उनी भन्छिन् –‘आमा, दाजु, भाउजु थिए सबै बिति सके एउटा भदै थियो त्यो पनि कता छ थाहा छैन ।’

अहिले हात र खुट्टाको घाउ निको भएपनि सुकमाले त्यसबाट हुने जटिलताको सामना गर्दै आएकी छिन् । परिवारका सदस्य कोही पनि नभएपछि लामो समय सम्म अस्पतालमै बस्दै आएको बताउँदै भन्छिन् ‘मेरो आफ्नो भन्ने कोही छैन, अस्पतालले जति दिन पाल्छ त्यति नै दिन बाँच्ने त होला ।’

कञ्चनपुरका ६६ बर्षीय हरिलाल चौधरीले उपचारको लागि कैयौं बर्ष बिभिन्न अस्पताल धाए । कुष्ठरोग पहिचान भएपछि करिब तीन बर्षदेखि साईनिङ अस्पताल बाँकेमा उपचार गराईरहेका छन् । हल्का सन्चो भएको महसुस भएपछि घर जान्छन् अनि घाउ बल्झिएपछि फेरि अस्पताल आईपुग्छन् । घरमा छोरा बुहारी भएपनि उपचारको लागि सुरुदेखि नै एक्लै आउने गरेको चौधरीले बताए । ‘यस्तो रोगीको साथमा अस्पताल सम्म को नै आउन मान्छ उनले भने, ‘एकपटक अस्पताल आउँदा महिनौं दिन सम्म पनि बस्नुपर्ने हुन्छ ।’

राप्ती सोनारीका ७० बर्षीय जालुराम थारुको अनुहार र शरीरभरि रातो दाग आयो । उनको यो समस्या करिव पाँचबर्ष अघिदेखिको हो । अनुहारको छाला बाक्लो भएर सुन्निएको जस्तो पुरै अनुहार रातो भएपछि नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालका चिकित्सकसँग जाँच गराए । कुष्ठरोगको शंका लागेपछि चिकित्सकको सल्लाह अनुसार जालुरामका छोराहरुले उपचारको लागि सिधै साईनिङ अस्पताल मानपुर लगे । करिब ११ महिनादेखि उनले उपचार सेवा लिईरहेका छन् । स्वस्थ्यमा केही सुधार आएपनि शरीर दुख्ने र ज्वरो आउने समस्या नहटेको जालुराम बताउँछन् ।

सुकमाया, हरिलाल र जालुराम बर्षौं पूराना बिरामी भएकाले आफ्नो ब्यथा लुकाउन समस्या छैन तर अझै पनि समाजमा कुष्ठ रोगीलाई गरिने ब्यवहार, लान्छना र विभेद हट्न नसक्दा कतिपय नयाँ बिरामीहरु गोप्य रुपमा औषधि उपचार चाहन्छन् ।

हातखुट्टा झमझम गर्ने हल्का ज्वरो आउने र शरीरमा गिर्खा जस्तो देखिएपछि पश्चिम रुकुमका ‘नाम परिवर्तित’ नरु जैशी स्वास्थ्य जाँच गराउन नेपालगञ्ज आए । चिकित्सकले कुष्ठरोगको शंका लागेर साईनिङ अस्पताल मानपुरमा पठाएपछि कुष्ठरोग नै पुष्टि भयो । दुई हप्ता बढी समय अस्पताल बस्दा उनलाई रोग भन्दा पनि समाजले गर्ने ब्यवहार प्रति चिन्ता छ । उनले भने, ‘छिमेकीहरुले घर परिवारसँग कस्तो खालको रोग लागेको हो ? भनेर सोधिराख्न्हुन्छ, अब म आफूलाई लागेको रोगबारे कसरी भन्ने हो, बडो चिन्तामा छु ।’ उनले डराएको स्वरमा भने –‘फोनमा कुरा गर्दा परिवार र छोराछोरीलाई त थाहा भैसक्यो अब समाजको डर छ ।’

बर्दियाकी (नाम परिवर्तित) शिवादेवी आचार्य पनि करिव ११ बर्षदेखि कुष्ठरोगको उपचार सेवा लिँदै आएकी छिन् । परिवारमा थाहा भएपनि समाजमा खुलेर आफ्नो समस्या भन्न नसकेको उनी बताउँछिन् । ‘खुट्टाको घाउ समय समयमा बल्झिराख्छ, उनले भनिन् ‘आफैलाई अप्ठेरो लागेर समाजमा खुलेर भन्नै सक्दिन ।’ गाह्रो हुने बित्तिकै एक्लै सुटुक्क आएर अस्पतालमा दुई चार दिन बसेर उपचार पश्चात घर पर्किने गरेको उनले बताईन् । ‘छरछिमेकले कस्तो खालको घाउ रैछ उपचार गर्न गईराख्नु पर्ने भनेको सुन्छु तर मलाई यो रोग लागेको हो भन्न सक्दिन,’ आचार्यले भनिन् ।

भेरी अस्पताल नेपालगञ्जमा कार्यरत छाला रोग बिशेषज्ञ डाक्टर आरके झाले रोग पत्ता लागेका विरामीहरु उपचारका क्रममा पनि अन्धविश्वासकै कारण आफन्तको माया र सहयोग पाउन नसकेको बताउँछन् । उनी भन्छन्, ‘अस्पतालमा उपचारत बिरामीलाई भेट्न उनीहरुका आफन्त र नातेदारहरु कोही पनि आउँदैन्, त्यो पीडा त रोगीलाई मात्र थाहा होला ।’ कुष्ठरोग अपहेलित रोग हो नै तर सरकारले पनि यसलाई उपेक्षा गरेको छ, उनले भने ।

खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले समाज र आफन्तबाट अपहेलित हुने डरले कुष्ठरोगीहरु खुलेर उपचारमा आउन नसकेको बताए । स्थानीय स्तरमा कुष्ठ रोग शिविर सञ्चालन गर्दा एक जना पनि चेकजाँच गराउन नआउने भएकाले पछिल्लो समय छाला रोग शिविर भनेर सञ्चालन गर्न थालेको बताए । छाला रोग शिविरमा पत्ता लागेका बिरामीहरु पनि गोप्य रुपमा औषधि सेवन गर्न चाहेको उनले जानकारी दिए ।

रोकथाम र उपचार सम्भव रहेपनि सबैमा जनचेतना पुग्न नसक्दा समाजमा अझै धेरै रोगीहरु लुकेर रहेको साईनिङ अस्पताल बाँकेका इन्चार्ज मंगल चौधरीको भनाई छ । साईनिङ अस्पताल बाँकेमा चालु अर्थिक बर्षको साउनदेखि पुस मसान्त सम्म पत्ता लागेका ६० जना नयाँ विरामीहरुको विवरण अनुसार गतबर्षकै हाराहारीमा कुष्ठरोगी फेला पर्ने उनको आँकलन छ । ६ महिनाको अवधिमा फेला परेका ६० जना नयाँ बिरामीमध्ये २९ जना बाँकेका छन् । प्रकोप दर घटेको छैन, उनले भने –‘गतबर्ष पनि ६ महिनाको तथ्यांकमा ५१ जना नयाँ बिरामी फेला परेकोमा २५ जना बाँकेकै थिए ।’ शरीरमा कुष्ठरोगको लक्षण देखा पर्ने बित्तिकै उपचार गर्न सके पूर्णरुपमा निको हुने बताउँदै ईन्चार्ज चौधरीले अंगभंग हुने अवस्थामा आउँदा उपचार भएपनि शरीरमा विभिन्न जटिलता आईरहने बताउँछन् ।

कुष्ठरोगको शंका लागेर अस्पतालमा जाँच गराउन आउने महिलाहरुको संख्या न्युन रहेकाले अहिले सम्म पत्ता लागेका विरामी मध्ये पुरुषको संख्या धेरै रहेको उनले जानकारी दिए । सबैभन्दा पहिले कुष्ठरोग अत्यन्त कम सर्ने र अन्य रोगहरू जस्तै सजिलै उपचार हुन सक्ने रोग हो भन्ने कुरा सबैले बुझ्नु र सोहीअनुसार उपचारको खोजी गर्न आवश्यक रहेको ईन्चार्ज चौधरीले बताए । लुम्विनी प्रदेशमै बाँके दोस्रो उच्च जोखिममा रहेको जानकारी दिँदै प्रमुख चौधरीले खुला सिमानाका कारण बाँकेबाट भारत बढी आवतजावत हुने भएकोले कुष्ठ रोगको प्रकोप घट्न नसकेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?